सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
लक्ष्मण जोशी
चित्र १५ – किशोरहरूको जेल रहेको टापु र पर्यटक घुमाउने जहाज
जेलसार गरिएका कैदीहरूमा किशोरहरूको सङ्ख्या ठूलो थियो । त्यसमा ९ वर्षका केटा पनि थिए । ती किशोरहरूलाई राख्न प्वाइन्टप्युर ब्वाइज जेल बनाइएको थियो । सन् १८३४ देखि १८४९ सम्म सञ्चालन गरिएको यो जेल एउटा सानो टापुमा छ । त्यहाँ हजारौँ किशोरहरू राखिएका थिए । बेलायती साम्राज्यमा किशोरहरूको निम्ति बनाइएको यो पहिलो जेल (Juvenile prison) थियो ।
त्यस्तै जहाजले चिहान टापुको पनि अवलोकन गराउँन्थ्यो । सन् १८३३ देखि १८७७ को ४४ वर्षमा त्यहाँ करिब ११०० जना मृतक समाधीस्थ गरिएको थियो । ती मृतकमा कैदी, सुरक्षाकर्मी, तिनका श्रीमती, केटाकेटी र अन्य सर्वसाधारण पनि थिए ।

जहाजले किशोर जेल र चिहान टापुमा ओरालेर घुमाउनुपर्नेमा दुवै ठाउँमा मर्मतको काम भइरहेकोले प्रत्यक्ष अवलोकन गर्न पाइएन । पथप्रदर्शकले जहाज ती टापुको छेउ–छेउसम्म लगेर केवल वर्णन गरिन् । उनको वर्णन जहाजकै रेष्टुराँबाट चिया ल्याएर खाँदै सुन्यौँ ।
पोर्ट आर्थरमा थप ३० डलर शुल्क तिरे मोटरबाट सबै क्षेत्र घुमाउने, थप १५ डलर तिरे जेलबाट भाग्ने नाटकीय भ्रमण, थप ५० डलर तिरे रातको अँध्यारोमा लाल्टिनको प्रकाशमा पथप्रदर्शकसँग भ्रमण गराउने व्यवस्था छ । ‘न्जयकत त्यगच’ भनिने त्यस भ्रमणको क्रममा पथप्रदर्शकले विगतको कथा, घटना बताउने गर्छ । त्यस्तो भ्रमणमा कसैकसैले कैदीहरू पीडाले कराएको र चिच्याएको पनि सुनिन्छ भन्ने गर्छन् ।
ठूलो अक्षरमा ‘विश्व सम्पदा स्थल’ लेखिएको पोर्ट आर्थरको पर्यटक केन्द्रमा टिकटसँगै प्रतिटिकट एउटा तासको पट्टी पनि दिन्छ । केन्द्रको रिसेप्सनभन्दा अलि परको कोठामा स–साना घर्रा भएका ¥याकहरू थुप्रै राखिएका छन् । पुस्तकालयहरूमा क्याटलग कार्डराख्नेजस्ता स–साना घर्राहरूको अगाडि तासका विभिन्न पट्टीहरू छापिएका छन् । आफूसँग भएको तासको पट्टीसँग ¥याकको घर्राका कुन पट्टीसँग मिल्छ खोज्दै भेट्टाउनुपर्ने रहेछ । भेट्टाएपछि त्यो घर्रा तानेर हेर्ने, त्यसभित्र कुनै कैदीको नाम, ठेगाना, उमेर, सजाय अवधि…… आदि अभिलेख हुन्छ अर्थात् कैदीबारे विविध जानकारी प्राप्त गर्न सकिन्छ । त्यो कैदी पर्यटकको आप्mनो या परिचितका पुर्खा हो कि भनी सोच्न–बुझ्न सूचना पाटीमा लेखिएको छ ।
केही कैदीको सङ्क्षिप्त चिनारी
कान्छो कैदी – जोन हडसन
चित्र १६ – कान्छो कैदी जोन हडसन
बेलायतबाट अस्ट्रेलियामा जेलसार गरिएकामध्ये सबभन्दा कान्छो जोन हडसन (John Huudson) थिए । एक घरमा प्रवेश गरी २०–२२ शिलिङ मूल्यको केही सामान चोरेको आरोपमा उनलाई सन् १७८३ मा पक्राउ गरेको थियो । उनलाई अदालतमा लगियो र अदालतले ‘तिमी कति वर्षका भयौ ?’ भनी सोध्यो ।
जोन – ९ वर्ष लाग्दै छु ।
– तिमी के काम गर्छौ ?
– काम छैन, कहिलेकाहीँ चिम्नी सफा गर्ने काम गर्छु ।
– तिम्रा आमा–बुबा ?
– मरिसके ।
– कहिले ?
– थाहा छैन ।
जोनको बचाउ गर्ने कोही थिएन । सोधेका प्रश्नको उत्तरमा उनले १३ शब्द बोले । अदालतले उनलाई चोरेको अपराधमा होइन अर्काको घरभित्र छिरेको अपराधमा सात वर्षको जेल सजाय तोक्यो ।
जोनलाई अमेरिकामा जेलसार गर्न लागेको थियो । तर, जहाजमा विद्रोह भएकोले पछि उनलाई अस्ट्रेलिया पठाइयो । बेलायतबाट अस्टे«लिया पठाइएको पहिलो खेपको जहाजका उनी सबभन्दा कान्छो कैदी थिए । उनीसहित त्यस जहाजमा ३४ जना अन्य केटाकेटी थिए ।
जोनलाई पहिले अस्टे«लियाको न्यु साउथ वेल्सको जेलमा पु¥याइएको थियो । पछि १७९० मा नरफोक टापूमा सारियो । अभिलेखमा उनलाई १७९१ फेब्रुवरी ५ मा राती नौ बजेपछि कोठाबाट बाहिर निस्केको कसुरमा ५० कोर्रा लगाइएको भेटिएको छ । त्यसपछि जोनको बारेमा कतै केही जानकारी उपलब्ध छैन ।
कान्छी कैदी – मेरी वेड
चित्र १७ – कान्छी कैदी मेरी वेड
मेरी वेड(Mary Wade) को जन्म सन् १७७७ मा बेलायतमा भएको थियो । सन् १७८९ मा तिनी पक्राउ पर्दा ११ वर्षकी थिइन् । तिनी माग्नको निम्ति सडक बढार्ने काम गर्थिन् । मेरी र अर्की १४ वर्षकी केटीले ८ वर्षकी एक बालिकालाई कुटपिट गरी लगाइराखेको फ्रक, गलबन्दी र टोपी लुटिन् । ती सामान १८ शिलिङमा धितो राखे । त्यो रकम त्यसबेला एक दिनको ज्याला बराबर थियो । पछि लुटपिटको मुद्दा चल्यो, अपराध सावित भयो र झुन्ड्याएर मार्ने सजाय सुनायो ।

सन् १७८९ मा तत्कालीन राजा जर्ज तृतीय एउटा पागलपनको रोगबाट निको भएको खुसीयालीमा मृत्युदण्डको सजाय सुनाइएका सबै महिलाहरूलाई अस्ट्रेलियामा जेलसार गर्नेमा परिवर्तन भयो । त्यसमा मेरी वेड पनि परिन् ।
बेलायतबाट ‘लेडी जुलियाना’ नामको जहाज सन् १७८९ जुनमा अस्ट्रेलियाको लागि प्रस्थान ग¥यो । जेलसार गरिएका कैदीहरूको यो दोस्रो खेप (Second Fleet) थियो । त्यो जहाजमा २४६ जना महिला र केटाकेटी कैदीमात्र थिए । ११ महिनाको समुद्री यात्रापछि जहाज अस्ट्रेलियाको न्युसाउथ वेल्स पुग्यो । मेरीलाई नरफोक टापु जेलमा सारियो । त्यहाँ १५ वर्ष नपुग्दै सन् १७९३ मा मेरीले एक बच्चा जन्माइन्, सन् १७९५ मा अर्को ।
जन्मकैदको सजाय पाएकी मेरी सन् १८१२ मा २३ वर्ष सजाय भुक्तान गरेपछि रिहा भइन् । त्यसपछि मेरी परिवारसहित न्यू साउथ वेल्समा आएर बसिन् । पति जोनाथन ब्रुकरसँग मिलेर जग्गा जमिन जोडिन् र केटाकेटी पालिन् । मेरीको जीवनमा एकभन्दा बढी पुरुषहरू आएको लेखिएको छ । मेरीले २१ जना शिशु जन्माएको र सातजना बाँचेको तथा उनको जीवनकालमै ३०० शाखा सन्तान भएको बताइन्छ । त्यो सङ्ख्या बढेर सन् २०१७ तिर लाखौँ पुगेको तथा तीमध्ये अस्ट्रेलियाका २६ औँ प्रधानमन्त्री केभीन रुड (Kevin Rudd) (सन् २००७ देखि २०१० सम्म र २०१३ जून–सेप्टेम्बरसम्म) एक वंशज रहेका छन् ।
मेरीको मृत्यु ८२ वर्षको उमेरमा जन्म तारिखकै दिन १७ डिसेम्बर सन् १८५९ मा अस्ट्रेलियामा भयो ।
ज्येष्ठ महिला कैदी – डोरोथी
चित्र १८ – पहिलो खेपको जहाजका सर्जन आर्थर बोवेस स्मीथले कोरेको ज्येष्ठ कैदी ‘मदर ग्रे’ डोरोथीको चित्र
बेलायतबाट जेलसार गरी अस्ट्रेलिया लगिएको पहिलो खेपको जहाजमा डोरोथी नाम गरेकी एक महिला पनि थिई । तिनलाई जेलसार गरिएका महिलाहरूमा सबभन्दा ज्येष्ठ भएको बताइन्छ । यद्यपि तिनको उमेर फरक–फरक लेखिएका छन् । त्यसमध्ये ६२ वर्ष मिल्ने बताइन्छ । डोरोथीको विवाह सन् १७६६ मा जुत्ता बनाउने रबर्ट ग्रेसँग भएको थियो । तिनीहरूको एउटा पुरानो कपडा पसल थियो । सन् १७७७ मा उनीहरूको पसल सराह टङ्ग नामकी महिलाले चोरी गरेको उजुरी दिएपछि सराहलाई तीन वर्षको सजाय भएको थियो । सन् १७८६ मा पनि डोराथी अदालतमा पुगेकी थिइन् हान्डल्यान्ड थर लिएर । त्यहाँ तिनले एक विधुर जोन हान्डल्यान्डसँग १७८१ मा विवाह गरेको, छुट्टिएर बसेको र आफू पुरानो कपडाको थोक व्यापारी भएको बताएकी थिइन् ।
सन् १७८५ मा डोरोथी विलियम टीलले मेरो गाउन, रुमाल, पञ्जा आदि चोरे भन्दै उजुरी हाल्न अदालत पुगिन् । मुद्दामा साछी बकायो, चोरिएको प्रमाण पुगेन । अदालतले तिनलाई झुटा कुरामा मुद्दा हालेको आरोपमा सात वर्ष अस्ट्रेलियामा जेलसारको सजाय दियो । सन् १७८७ मा तिनलाई पहिलो खेपको जहाजबाट अस्ट्रेलिया पठाइयो । त्यस जहाजकी तिनी ज्येष्ठ महिला कैदी भएको ठहर गरियो ।
सजाय भुक्तानपछि सन् १७९३ मा तिनलाई बेलायत फर्कन अनुमति दिइएको थियो ।
कवि – फ्रान्सिस म्याकनमारा
चित्र १९ – ‘फ्रान्क कवि’
आयरल्यान्डमा सन् १८११ (कतै १८१०) मा जन्मेका फ्रान्सिस म्याकनमारा (Francis MacNamara) पछि ‘फ्रान्क कवि’ (Frank the Poet) को नामले परिचित भए । सन् १८३२ मा एउटा पसलको झ्याल तोडफोड गरी एक टुक्रा कपडा चोरेको आरोपमा उनी पक्राउ परे । अदालतले उनलाई सात वर्षको जेलसार गरी अस्ट्रेलिया पठाउने सजाय दियो । आफूलाई ‘बोटनी खाडी’ मा पठाइने सजायबाट खुसी व्यक्त गर्दै उनले अदालतमै कविता वाचन गरेका थिए ।

अदालतमा मुद्दा चलिरहँदा उनको अभिव्यक्तिमा शुद्ध आइरिश भाषा थियो । लेखाइबाट उनी अङ्ग्रेजी साहित्यमा राम्रो शिक्षा पाएको, आइरिश बार्दिक परम्पराका काव्य शैलीबाट परिचित भएको देखिन्थ्यो ।
सन् १८३२ मा सीडनीको बोटनी खाडी पु¥याइएका फ्रान्सिसलाई १८४२ मा भान डीमेन्स ल्यान्ड (तास्मेनिया) को पोर्ट आर्थर जेलमा लगियो । जेलमा बस्दाको क्रियाकलापले उनी विद्रोही स्वभावका देखिन्छन् । उनलाई विभिन्न कसुरमा पटक–पटक गरी ६५० कोर्रा हानिएको, साढे ३ वर्ष सडक बनाउने काममा पठाइएको, १३ दिन गोलघरमा राखिएको, कोइला खानीमा काम गर्न अस्वीकार गरेकाले फलामे कारखानामा पठाइएको, भाग्ने प्रयास गरेको र गार्डको हतियार चोरेकोमा सजाय थपिएको अभिलेख छन् । त्यस्तै उनले जेलमा ढीलो काम गर्ने विरोध (go-slow protest) को सफल नेतृत्व पनि गरेका थिए ।
फ्रान्सिसले थुप्रै कविताहरू लेखेका छन् । कविताहरूमा जेल, बन्दी, बन्दीपाल आदि विषयका साथै उनले चिने जानेका सशस्त्र लुटपाटी (bushranger) हरूबारे पनि लेखेका छन् र प्रशंसा गरेका छन् । तीमध्ये एक जोन जेन्किन्स (John Jenkins) हुन् । जोनले डा. वार्डेलको हत्या गरेका थिए । सन् १८३४ मा जोनलाई सार्वजनिकरूपमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सीडनी हेराल्ड पत्रिकाले १३ नोभेम्बर १८३४ मा दिएको समाचारअनुसार त्यसदिन अभूतपूर्वरूपमा भीड जम्मा भएको थियो । जोनको भनाइलाई पत्रिकामा यसरी लेखेको छ– साथीहरू, धेरै कुरा गर्ने समय छैन । मैले डाक्टरलाई गोली हानेँ तर मेरो फाइदाको लागि होइन बन्दी साथीहरूको निम्ति हो किनभने डाक्टर क्रुर शासक थिए । त्यसैले साथीहरू, तिमीहरूले पनि क्रुर शासकहरू भेटेजतिलाई गोली हान्नु र त्यस्तो गर्नु पर्नेहरू जेलमा थुप्रै छन् ।
कविले ‘यदि जोन स्वर्गमा भए उनले मारेका डा. वार्डेल नर्कमा हुने’ कविता लेखे ।
फ्रान्सिसका कविताहरूमा अस्ट्रेलियाबारे लेखेका छन् –
– ‘स्वतन्त्र मानिसको स्वर्ग, कैदीहरूको नर्क’
– ‘तिनीहरूले हामीलाई घोडाझैँ जोते भान डीमेन्स ल्यान्डमा खेती गर्न’
फ्रान्सिसले थुप्रै कविता लेखे पनि उनको जीवन कालमा दुइटामात्र प्रकाशित भए । एउटा आयरल्यान्डमा मुद्दा चलिरहँदा सन् १८३२ मा जेलसारको सजायबारे खुसी व्यक्त गर्दाको जुन किल्केन्नी जर्नल (१८ जनवरी १८३२) मा प्रकाशित छ । अर्काे‘A Dialogue between two Hibernians in Botany Bay’ जुन सीडनी गजेट (फेब्रुअरी १८४०) मा प्रकाशित छ ।
उनका कतिपय कविता पछि सङ्कलन गरिएको बताइन्छ । जेलमा छँदा बन्दीहरूको जमघट हुँदा मौखिक सुनाएका कतिपय कविता पछि लिपिबद्ध गरेका थिए । उनले सुनाएका कवितामा बन्दीहरूलाई ‘व्यवस्था’ (System) को विरुद्ध उत्साहित पार्थे, विनातयारी कविता÷गीत सुनाउँथे । यद्यपि सङ्कलित ती सबै कविता फ्रान्सिसको मौलिकताबारे विश्वस्त नहुने पनि छन् यद्यपि ती ‘कवि फ्रान्क’ को नाममा सङ्कलित छन् ।
फ्रान्सिसका केही कविताका शीर्षक–
– The Day I will Be Free (1835)
– A Convict’s Tour To Hell (1835)
– Labouring with the Hoe
– The Seizure of the Cypress Brig
– The Ballad of Martin cabsh
– The Convict’s Lament (Moreton Bay)
– Man was Made to Mourn आदि
विभिन्न कसुरमा थपिंदै गएको सजाय काटेपछि फ्रान्सिसलाई सन् १८४७ जनवरीमा सशर्त पोर्ट आर्थरबाट रिहा गरियो । सन् १८४९ मा पूर्ण रिहाइपछि उनी मेलबर्न गए । सन् १८६१ अगस्त २९ मा न्यु साउथ वेल्सको मुडगीमा उनको मृत्यु भयो । उनको मृत्युपछि उनका जीवनी र कविताहरू प्रकाशित भए र १८९२ मा भिक्टोरिया म्युजियममा कवि फ्रान्कबारे प्रदर्शनी (Frank the Poet Exhibit) गरिएको थियो ।
जोन ‘रेड’ केली–‘नेड’ केलीका पिता
जोन ‘रेड’ केलीको जन्म सन् १८२० मा आयरल्यान्डमा भएको थियो । उनीमाथि सन् १८४० मा करिब ६ पाउन्ड मूल्यका दुईवटा सुंगुर चोरेको आरोप लाग्यो । अदालतले उनलाई ७ वर्ष जेलसारको सजाय दियो ।
सन् १८४० तिर आयरल्यान्डका बहुमत किसानहरू अति गरिबीको अवस्थामा थिए । खेती मजदुरी गरी जीविका चलाउने जोन अपवाद थिएन । सन् १८४५–४९ मा आयरल्यान्डमा ठूलो भोकमरी भएको थियो । ८० लाख जनसङ्ख्यामा १५ लाखभन्दा बढी भोकमरीले मरेका थिए ।
यो भोकमरी आइरिशहरूको बाहुल्य भएको दक्षिणी आएरलान्डमा भयावह थियो । उक्त भोकमरी बेलायतले आइरिशहरूको जाति हत्याको निम्ति सिर्जना गरेको बताइन्छ ।
Leave a Reply