सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
नयाँ दिल्ली, ६ फेब्रुअरी । भारतीय कम्युनिष्ट पार्टीका नेता एवं जेएनयुका पूर्व विद्यार्थी युनियन सभापति कन्हैया कुमारमाथि बिहारमा आयोजित जनसभामा हमला भएको छ । बिहारको सुपावलमा आयोजित नागरिकता संशोधन ऐनविरोधी जन–गण–मन अभियानमा सरिक भएर सहर्षातिर जाने क्रममा कन्हैयामाथि हमला भएको हो । हमलामा परी उनी सामान्य घाइते भएका छन् ।

आफूमाथि भएको हमलाबारे कन्हैयाले ट्वीट गरेका छन्,“यो हमलामा हाम्रो एक जना चालकलाई गम्भीर चोट लागेको छ । केही सवारी साधन क्षतिग्रस्त भएका छन् । बाँकी हामी सबै साथीहरू सुरक्षित छौं । भोलि सहर्षा र मधेपुरामा सभा हुनेछ । हामी भारतका जनता यिनका ईटा र पत्थरको जवाफ आजाद देशमा आजादको नारा लगाएर दिनेछौं ।”

कन्हैयाको नेतृत्वमा हाल भारतका विभिन्न सहरमा नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता पञ्जिकरणको विरोधमा जन–गण–मन अभियानअन्तर्गत जनसभा र प्रदर्शनीहरू भइरहेका छन् ।
Leave a Reply