सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
काठमाडौँ, २२ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसर मा नेमकिपा कीर्तिपुर नगर समितिले देश र जनताप्रति समर्पित ‘श्रमिक’ साप्ताहिक बारे मङ्गलबार अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले ‘श्रमिक’ ले पार्टीको विचार र कार्यक्रमबारे जनतालाई सुसूचित गरिरहेको बताउनुभयो । “माक्र्सवादी विचार र साम्राज्यवादविरोधी गतिविधिलाई पार्टीले ‘श्रमिक’ पत्रिकामार्फत नियमितरूपमा सूचना प्रवाह गरी विश्व राजनीतिबारे जनतालाई सही दृष्टिकोण दिने काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य महर्जनले कार्यकर्ताहरूले ‘श्रमिक’ पत्रिकालाई नियमित अध्ययन गरी अन्तरिक्रया कार्यक्रममार्फत आफूलाई परिष्कृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले ‘श्रमिक’ ले बौद्धिक स्तर वृद्धि गर्न सहयोग पु¥याएको छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले कार्यकर्ताहरूले अध्ययनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै ‘एक कार्यकर्ता एक श्रमिक’ मा जोड दिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा राजकुमार महर्जन, विश्वअमर महर्जन, हरिकुमार महर्जन, कान्छाबाबु महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply