इरानी विश्वकप टोलीमाथिको व्यवहारले पश्चिमा र फिफाको दोहोरो चरित्र पर्दाफास भएको छ !
- असार १९, २०८३
लक्ष्मण जोशी
चित्र २० – जोन ‘रेड’ केली
जोनलाई केही महिना आएरल्यान्डकै जेलमा राखे । सन् १८४१ अगस्तमा अन्य १८२ कैदीसहित पानीजहाजबाट अस्ट्रेलिया पठाइयो ।
सन् १८४२ जनवरीमा भान डीमेन्स् ल्यान्ड (तास्मेनिया) पु¥याइयो । त्यहाँ सश्रम कैद भुक्तान गरेपछि सन् १८४८ मा पूर्ण रिहा भयो । जोन फेरि स्वतन्त्र मानिस भए तर विश्वको अर्को गोलाद्र्धको देशमा ।
चित्र २१ – बेलायतले जाति हत्याको लागि १९४५–१९४९ मा सिर्जना गरेको महाभोकमरीमा आएरल्यान्डका १ लाख ५० हजारभन्दा बढीको मृत्यु लेखिएको एउटा भित्तिचित्र
रिहा भएपछि पोर्ट फिलिप उपनिवेश (मेलबर्न) गए र सिकर्मीको काम गर्नथाले । सन् १८५० मा एलेन उनले क्विनसँग विवाह गरे । क्विन प्रवासीहरूको सहयोगीको रूपमा सन् १८४१ मा आयरल्यान्डबाट पोर्ट फिलिप आएकी थिइन् । जोनले घोडा, डेरीको कारोबार गरे, सुनखानीमा काम गरे । तिनीहरूका ८ सन्तान भए जसमा एक छोरा एडवार्ड केली थिए जो ‘नेड’ केलीको नामबाट प्रख्यात छन् । जोन आप्mनै नामबाट भन्दा ‘नेड’ का पिताको रूपमा बढी चिनिए ।
सन् १८६६ मा ४६ वर्षको उमेरमा रोगले जोनको मृत्यु भयो ।
‘नेड’ केली – कुख्यात र विख्यात
एडवार्ड ‘नेड’ केलीको जन्म सन् १८५४ डिसेम्बरमा बेलायती उपनिवेश भिक्टोरियाको बेभरिज सहरमा भएको थियो । जोन ‘रेड’ केली (सन् १८२०–१८६६) र एलेन क्विन (सन् १८३२–१९२३) का उनी आठमध्येका तेस्रो सन्तान थिए । पिता जोनको मृत्यु हँुदा उनी १२ वर्षका थिए र घरका जेठो पुरुष थिए ।
चित्र २२ – एडवार्ड ‘नेड’ केली
उनी ११ वर्षको छँदा ज्यानको बाजी राखेर एक केटालाई नदीमा डुब्नबाट बचाएका थिए । उनको बहादुरीको निम्ति केटाको परिवारले एउटा हरियो स्यास उपहार दिएको थियो जुन प्रहरीसँगको अन्तिम भिडन्तमा पहिरीराखेका थिए । रगतको टाटा लागेको त्यो स्यास भिक्टोरिया राज्य पुस्तकालयमा प्रदर्शनीमा राखिएको छ ।

त्यस्तै केलीले सन् १८७४ मा बक्सिङ जिल्ला च्याम्पियनको अनौपचारिक उपाधि पनि पाएका थिए ।
‘नेड’ को परिवार गरिबीमा बाँचिरहेका थिए उनी प्रहरीको निरन्तर निगरानीबाट पनि पीडित थिए । उनी पटक–पटक पक्राउ पर्ने र रिहा हुने क्रम चलिरहेको थियो । प्रहरीहरू उनको घरमा सोधपुछ गर्न, खानतलासी गर्न आउने जाने गरिरहन्थ्यो । पछि उनी ह्यारी पावर नामको एक सशस्त्र लुटपाटी (bushranger) लाई सहयोग गरेको आरोपमा झन्डै ३ वर्ष जेलमा थुनिए ।
सन् १८७८ मा केलीको घरमा आएको प्रहरीले ‘नेड’ की बहिनी एन्नीप्रति दुव्र्यवहार गरे । केली परिवार र प्रहरीबीच घम्साघम्सी भयो, ‘नेड’ माथि प्रहरीलाई हत्या गर्ने प्रयास गरेको आरोप लाग्यो, उनी भागे । उनका आमालाई घटनामा संलग्नता रहेको आरोपमा थुनिइन् । पछि आमालाई थुनेको बदला लिन ‘नेड’, भाइ दान र अन्य दुई साथी मिलेर तीन प्रहरीको हत्या गरे ।
भिक्टोरिया सरकारले उनलाई अपराधी (Outlaws) घोषणा ग¥यो । उता ‘नेड’ ले सशस्त्र लुटपाटी समूह बनाएर बैङ्क लुट्ने, तमसुक जलाउने, प्रहरी चौकीबाट हतियार लुट्ने, अदालत, प्रहरी चौकी जलाउने, जेलमा हमला गरी बन्दीहरूलाई भगाउने गर्नथाले । ‘नेड’ को लुटपाटी समूहले सरकारलाई निकै हायलकायल पा¥यो । सरकारले ‘नेड’ लगायत त्यस समूह अर्थात् ‘केली ग्याङ’ का सदस्यलाई जिउँदो या मुर्दा पक्रनेलाई सुरुमा ५०० पाउन्ड पुरस्कार घोषणा गरेकोमा पछि बढाउँदै ८००० पाउन्डसम्म पु¥यायो । यति ठूलो धनराशीको पुरस्कार यसअघि कहिल्यै घोषणा गरिएको थिएन । भनिन्छ, बेलायती उपनिवेशकालमा अस्ट्रेलियामा २००० लुटपाटी समूह थिए । ‘नेड’ को समूह अन्तिम लुटपाटी समूह बताइन्छ ।
उपनिवेशी शासकहरूको अन्याय र प्रहरीको क्रुरताले ‘नेड’ प्रति सहानुभूति राख्नेहरू पनि धेरै देखिए । भिक्टोरियाका प्रहरी कुनै व्यक्ति पक्राउ पर्नु नै कसुरको प्रमाण ठान्थे । प्रहरीले ‘नेड’ लाई सहानुभूति राख्नेहरूलाई पक्राउ र थुन्न थालेपछि प्रहरीका विरोधीहरू बढे ।
‘नेड’ ले प्रहरी, भिक्टोरिया सरकार र बेलायती साम्राज्यको निन्दा गर्थे, आप्mनो परिवार र गाउँका गरिबहरूका लागि न्याय खोज्थे । उपनिवेशी शासकहरू उनलाई हत्यारा, अपराधी भन्थे भने अरूले अस्ट्रेलियाको ‘रबिन हूड’ (धनुष र तरवार चलाउन निपुण रबिन हूड १३ औं शताब्दीका एक वीर नायक थिए जसले धनीको लुटेर गरिबलाई बाँड्थे) ठान्थे, ‘वीर’ ‘सज्जन’ भनी प्रशंसा गर्छन् । मृत्युको एक शताब्दीपछि ‘नेड’ लाई फरार अपराधीबाट मानिसहरूले राष्ट्रिय वीरको मान दिए । त्यस्तै कसैले अस्ट्रेलियाको राष्ट्रिय प्रतीक, अस्ट्रेलियाका प्रख्यात ऐतिहासिक व्यक्तित्व आदि मानेका छन् । उनीबारे थुप्रै चलचित्र, गीत, उपन्यास आदि रचिएका छन् । अपराध साहित्यका उत्कृष्ट रचनालाई ‘नेड केली पुरस्कार’ दिइन्छ । जीवनीकारहरूले उनको जति जीवनी कुनै अस्ट्रेलियालीको लेखेका छैनन् । ‘केली पर्यटन’, ‘केली देश’, केलीको हेल्मेट र कवच अझै चर्चित छन् । सन् २००० मा सीडनीमा भएको गृष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा केलीको जस्तो पोशाक लगाएर प्रदर्शन (perform) गरेर आकर्षण थपेका थिए ।
चित्र २३ – ‘नेड’ माथि अदालतमा मुद्दा चलाइँदै
‘नेड’ ले ५६ पृष्ठको एउटा चिट्ठी लेखाएका थिए जुन भिक्टोरियाको राज्य पुस्तकालयमा प्रदर्शनीमा राखिएको छ । त्यसबाहेक त्यहाँ उनीबारे थुप्रै सामग्री प्रदर्शनीमा राखिएका छन् ।
‘जेरिलडेरीको चिट्ठी’ (The Jerilderie Letter) भनिएको त्यस चिट्ठीमा उनले आप्mनो कार्यको औचित्य पुष्टि गरेका छन्, प्रहरीको अत्याचार, भिक्टोरियाका वस्तुपालक र जमिनदारहरूबाट गरिब परिवारले पाएको दुःख–पीडा आदिका साथै ‘अङ्ग्रेज शासकहरूको तानाशाही’ विरुद्ध आइरिश विद्रोहको परम्परामा बदला लिएको लेखेका छन् । त्यस चिट्ठीलाई उनले ‘मेरो जीवनको सानो अंश’ भनेका छन् ।
सन् १८८० जून २८ मा ग्लेनरोवानमा ‘नेड’ समूह र प्रहरीबीच गोली हानाहान भयो । ‘नेड’ घाइते भए । त्यसबेला उनले आँखाबाहेक टाउको र घाँटीसम्म छोपिने हेल्मेट र फलामे ज्याकेट लगाएका थिए । तर, हात, खुट्टा, कम्मरमा गोलीहरू लाग्यो, ती घाउबाट धेरै रक्तस्राव भएकोले उनी शिथिल भए । १८ गोली लागेका ‘नेड’ झन्डै अचेतन अवस्थामा समातिए । सन् १८८० अक्टोबरमा मुद्दा चलाइयो, झुन्ड्याएर मार्ने सजाय दिइयो र ११ नोभेम्बरमा कार्यान्वयन गरियो । त्यसबेला ‘नेड’ २५ वर्षका थिए ।
‘नेड’ लाई मृत्युदण्ड नदिन मेलबर्नका सडकमा हजारौँले प्रदर्शन गरे र ३२,००० को हस्ताक्षरसहित निवेदन दिएका थिए । त्यसबेला उनकी आमा क्विन जेलमा थिइन् ।
‘नेड’ को मृत्युपछि जनआक्रोशलाई मत्थर पार्न गरिएको जाँचबुझबाट भिक्टोरिया प्रहरीमा व्यापक भ्रष्टाचार भएको पत्ता लाग्यो र थुप्रै प्रहरी अधिकारीहरू कारबाहीमा परे ।
‘नेड’ को शवलाई पुरानो मेलबर्न जेलमा समाधिस्थ गरिएको थियो । पछि एउटा पत्रिकाले मेडिकलका विद्यार्थीहरूले अध्ययनका लागि ‘नेड’ को शवबाट टाउको र अन्य अङ्ग विच्छेद गरेको समाचार दियो । यस समाचारले जनतामा असन्तोष फैलने डरले छानबिन गरायो । बन्दीपालले समाचारको खण्डन गरे पनि सन् २०११ मा भेटिएको दुई खप्परमध्ये एक ‘नेड’ को भएको पुष्टि वैज्ञानिकहरूले सार्वजनिकरूपमा गरे ।
पछि डीएनए परीक्षणबाट प्रमाणित भएका हाडखोर ‘नेड’ का परिवारलाई दिइयो र सन् २०१३ मा अन्तिम समाधिस्थ गरियो ।
अस्ट्रेलियामा जेलसार गरिएका बन्दीहरूमा यस्ता थुप्रै छन् ।
यसरी अस्ट्रेलियाको विश्व सम्पदा सूचीमा सूचिकृत दुईवटा जेलको भ्रमण गरिसकेपछि विगतको जेलसारको इतिहास, सानोतिनो चोरी गर्नेलाई पनि कालापानीको सजाय, गोलघरको यातना, ९ र ११ वर्षको केटा–केटीलाई कठोर सजाय, किशोरहरूको जेल आदिको जानकारी प्राप्त भयो । तर नेपालको विश्व सम्पदा हेरिरहेकाहरूलाई अस्ट्रेलियाको भग्नावशेष पनि ‘विश्व सम्पदा’ मा सूचिकृत भएको देख्दा भने केही आश्चर्य लाग्यो । यदि ती जेल हेर्न नपाएको भए आश्चर्य लाग्ने थिएन कि ¤ यद्यपि विश्व सम्पदा सूचीमा सूचिकृत अस्ट्रेलियाको सम्पदाको तुलनामा हाम्रा सम्पदा उत्कृष्ट र अद्वितीय रहेकोमा रत्तिभर शङ्का नभएको सगौरव दाबी गर्न सकिन्छ । यसको अर्थ विदेशका सम्पदा नै होइनन्, हाम्रैमात्र सम्पदा भन्न खोजेको निश्चय पनि होइन ।

पानी नआएको बेला मिलको पाङ्ग्रा घुमाउँदै कैदीहरू
Leave a Reply