तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
– रतन नेपाली
जुम्ला, २५ माघ । अमेरिकी सहयोग परियोजना (एमसीसी) तथा हिन्द प्रशान्त सैन्य गठबन्धनविरुद्ध जुम्लाको तातोपानीमा विरोधसभा भएको छ । नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा भएको विरोधसभामा नेमकिपा जुम्लाका कार्यवाहक अध्यक्ष राजेश्वर देवकोटाले एमसीसीले नेपाललाई संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको क्रिडास्थल बनाउने बताउनुभयो ।
भारतको चलखेलका कारण दक्षिण एसिया जहिले पनि अशान्त भइरहेको चर्चा गर्दै उहाँले देशभक्त नेपाली सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा जुम्लाका सहसचिव पूर्णलाल खत्रीले एमसीसी परियोजनाबारे नेपाली जनतालाई थाहा नदिएको बताउँदै नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा समेटिनु नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताउनुभयो ।
नेमकिपा चन्दननाथ नगरपालिका नगर समितिका अध्यक्ष यज्ञबहादुर बुढ्थापाले जुम्लामा नेमकिपाले बसालेको राजनीतिक जग अझै पनि सकुशल रहेको बताउनुभयो । उहाँले मानिसको भीड घट्यो भन्दैमा नेमकिपाको आदर्श विचार नडगमगाउने बताउनुभयो ।
विरोध सभामा नेपाल क्रान्तिकारी युवा सङ्घ जुम्लाका अध्यक्ष लालबहादुर बुढा, सन्तबहादुर खत्री, मुनिनाथ योगी, नेक्राशिसङ्घ जुम्लाका उपाध्यक्ष नरबहादुर बुढा, सतलसिंह रावत, टेकबहादुर रोकाया र हर्कबहादुर रावत, नेक्रामजदुर सङ्घ जुम्लाका अध्यक्ष हर्क बोहरा, नेक्रायुसङघ जुम्लाका सचिव भीम कसिँगर, क्षेत्रबहादुर महत, मानबहादुर बोहरा र मानबहादुर कार्कीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply