सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
काठमाडौ, २८ माघ । जनताको व्यापक विरोधको बेवास्ता गर्दै सरकारले उहानबाट नेपाल फर्काइने नेपाली नागरिकलाई काठमाडौं उपत्यकामा नै राख्ने तयारीलाई तीब्रता दिएको छ । सरकारी अखबार गोरखापत्रले ‘केही दिनभित्रै’ नेपालीलाई उहानबाट फर्काइने बताएको छ ।
सरकारले उताबाट आएका नागरिकलाई कम्तीमा चौध दिन क्वारेन्टाइनमा राख्न काठमाडौं उपत्यकाभित्रकै चार स्थानमा तयारी गरिरहेको छ । तर, ८० लाख जनता बस्ने काठमाडौं उपत्यकाभित्रै क्वारेन्टाइन स्थल बनाउँदा त्यसले संक्रमणको सम्भावना बढाउन सक्ने र कदाचित कुनै अप्रिय स्थिति आए ठूलो क्षति भोग्नुपर्ने हुनसक्छ । त्यसकारण काठमाडौं उपत्यकाबाहिर मानवबस्तीबाट पर तातो मौसम भएको ठाउँमा क्वारेन्टाइन स्थल राख्नु उपयुक्त हुनसक्छ । नेपाल फर्काइएका कोही नेपालीमा कदाचित रोगको लक्षण देखा परे त्यसको क्षति कम गर्न यसो गर्नु जायज हुन्छ ।
यसैबीच मङ्गलबार बिहान भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा सरकारका उच्चपदस्थ अधिकारीहरूले अनुगमन गरेका छन् । प्राप्त खबरअनुसार हेलिकप्टरमा आएका विभिन्न मन्त्रालयका पदाधिकारीहरूले खरिपाटीमा अनुगमन गरेका थिए । टोलीमा प्रधानमन्त्री कार्यालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, गृह सचिव, भक्तपुरका प्रमुख जिल्ला अधिकारीलगायत सामेल रहेको बताइएको छ ।
खरिपाटीको विद्युत प्राधिकरण तालिम केन्द्र वरपर धेरै सङ्ख्यामा बस्ती बिस्तार भइसकेको छ । नजिकै नयाँ र पुराना बस्ती बसिसकेका छन् । त्यसकारण तालिम केन्द्र मानवबस्तीभन्दा पर छैन । दैनिक सयौं सङ्ख्यामा नगरकोट जाने पर्यटक यही बाटो भएर जाने गर्छन् । यस्तो स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्न सरकारले जिद्दी गर्नु उपयुक्त हुनेछैन ।
तालिम केन्द्रमा यसअघि एमालेले ‘मदन भण्डारी माक्र्सवादी विद्यालय’ को नाममा तालिमहरू सञ्चालन गर्दै आएको थियो । काठमाडौं उपत्यकाभित्र यो स्तरको सुविधासम्पन्न खुला स्थलको नभए पछि सत्तासीन भए यता सत्तारुढ दलले यो ठाउँमा आँखा गाड्दै आएको छ ।
क्वारेन्टाइनको लागि सो ठाउँ उपयुक्त होइन भनी स्थानीय जनताले विरोध गरिरहेका छन् । उनीहरू ‘मानवबस्तीकै बीचमा रहेको तालिम केन्द्रमा क्वारेन्टाइन राख्न नहुने’ बताउँदै आएका छन् ।
Leave a Reply