नयाँ दिल्ली, २९ माघ (एएनआई) । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उहाँ दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कुल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले आठ स्थानमा मात्र विजय हासिल गरेको थियो ।