भर्खरै :

आपतविपदको साथी नै असल साथी

हाउ याङ्छी
नयाँ कोरोना भाइरसबाट हुने निमोनियाको सङ्क्रमण फैलिएयता चिनियाँ र विश्वभरका जनताप्रति उच्च जिम्मेवारीबोधको कारण चीन सरकारले सङ्क्रमण नियन्त्रणमा विस्तृत र मिहीन तरिकाले काम गरिरहेको छ । वसन्त पर्वको बिदा लम्ब्याउनु, कम्पनी खुल्ने समय पछि सार्नु, अन्तर्राष्ट्रिय भ्रमण दलको यात्रा स्थगित गर्नु, यातायातका साधनको आवातजावतमा नियन्त्रण गर्नु र मानिसहरूलाई घर बाहिर जान तथा एक ठाउँमा भेला हुन निरुत्साहित गर्नु आदि यसैका शिलशिला हुन् । चीन सरकारका यस्ता सङ्क्रमण रोकथाम र नियन्त्रणमुखी कदमले आज क्रमशः सकारात्मक परिणाम दिन थालेको छ । सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि जनतालाई क्वारेन्टाइनमा राख्दा उपभोगमा नकारात्मक प्रभाव पार्ने हो कि भन्ने चिन्ता व्याप्त थियो ।

सङ्क्रमणको कसिलो रोकथाम र नियन्त्रण अर्थतन्त्रको चुस्त विकासको महत्वपूर्ण आधार हो । महामारीविरुद्धको लडाइँ जित्न चीनको बलियो आर्थिक आधार अपरिहार्य पूर्वाधार हो । यतिबेला हुपेई प्रान्तबाहेक चीनका अन्य सबै प्रान्तमा उत्पादन पुनः थालनी गर्ने प्रक्रिया अघि बढिरहेको छ । चीनको राष्ट्रिय विकास र सुधार आयोगको तथ्याङ्कअनुसार देशभरका झन्डै ९४.६ प्रतिशत प्रमुख अन्न उत्पादन र उत्पादित अन्न उपभोग्य बनाउने कलकारखानाहरुले आफ्नो काम पुनःथालनी गरिसकेका छन् । महामारीको अस्थायी प्रभाव रोक्न चीनको केन्द्रीय सरकारले सम्बन्धित उद्योग–कलकारखानालाई टेवा पु¥याउन विशेष वित्तीय र आर्थिक नीति अवलम्बन गरेको छ ।

केही शक्तिले भने यो परिस्थितिलाई चीनको अर्थतन्त्रको सम्भावनालाई होच्याउने र सराप्ने मौकाको रूपमा लिए । निःसन्देह सङ्क्रमण रोकथाम र नियन्त्रणमुखी निर्णयले चिनियाँ उद्योगमा गहिरो प्रभाव पार्ने कुरा सत्य हो । चीनको अर्थतन्त्रमा यसले केही अल्पकालीन नकारात्मक प्रभाव पनि पार्नेछ । क्षेत्रीय र संसारकै जनस्वास्थ्यको लागि चीनले गरेको यो ठूलो त्याग हो ।
तथापि, चीन सरकारको लागि महामारीलाई जित्नु जसरी उच्च प्राथमिकता हो, त्यसरी नै अर्थतन्त्रको विकास पनि हाम्रो लागि समान महत्वको विषय हो । सङ्क्रमणको कसिलो रोकथाम र नियन्त्रण अर्थतन्त्रको चुस्त विकासको महत्वपूर्ण आधार हो । महामारीविरुद्धको लडाइँ जित्न चीनको बलियो आर्थिक आधार अपरिहार्य पूर्वाधार हो । यतिबेला हुपेई प्रान्तबाहेक चीनका अन्य सबै प्रान्तमा उत्पादन पुनः थालनी गर्ने प्रक्रिया अघि बढिरहेको छ । चीनको राष्ट्रिय विकास र सुधार आयोगको तथ्याङ्कअनुसार देशभरका झन्डै ९४.६ प्रतिशत प्रमुख अन्न उत्पादन र उत्पादित अन्न उपभोग्य बनाउने कलकारखानाहरुले आफ्नो काम पुनःथालनी गरिसकेका छन् । महामारीको अस्थायी प्रभाव रोक्न चीनको केन्द्रीय सरकारले सम्बन्धित उद्योग–कलकारखानालाई टेवा पु¥याउन विशेष वित्तीय र आर्थिक नीति अवलम्बन गरेको छ । विशेषतः साना तथा मझौला उद्योग र निजी कम्पनीहरूको सन्दर्भमा चीन सरकारले यस्ता नीति लागू गरेको छ ।
चीनको जनता बैङ्कले प्रतिचक्रिय समायोजन (काउन्टर–साइक्लिक एडजस्टमेन्ट) लाई सघन बनाएको छ । खुला बजार प्रवाहमार्फत बैङ्कले १.७ त्रिलियन युआनको तरलता प्रत्यायोजन गरेको छ । बैङ्कले ३ सय बिलियन युआन बराबरको विशेष ऋण कोष स्थापना गरेको छ । त्यसबाट साना तथा मझौला उद्योग र निजी कम्पनीहरूलाई सस्तो व्याज दरमा ऋण प्रवाह गर्नसक्ने बनाएको छ । यसले ती उद्योग र कम्पनीहरूमाथिको वित्तीय लागत र आर्थिक बोझ कम गर्नेछ । अहिले निम्तिएको कठिनाइ पार लगाउन साना तथा मझौला उद्योग एवं निजी कम्पनीलाई सहयोग गर्न कर र बहाल छुटको नीति चीनका धेरै स्थानीय सरकार र सम्बद्ध निकायले गरेका छन् । अल्पकालीन सुस्ततापछि धित्तो बजार सामान्य दिशामा फर्किसकेको छ । यसले महामारी नियन्त्रणमा चीन सरकारको क्षमता र चीनको भविष्यको आर्थिक वृद्धिमाथि लगानीकर्ताको पूर्ण आत्मविश्वास प्रदर्शन भएको छ ।
चीनको अर्थतन्त्रसँग बलियो सहनशीलता र बृहत् क्षमता छ । त्यसको दीर्घकालीन र उच्च गुणस्तरीय वृद्धिको आधारलाई कुनै महामारीले कमजोर बनाउन सक्दैन । अहिले महामारीको कारण खुम्चिएको माग विलिन वा नष्ट नै भएर जाने होइन, बरू केही समयका लागि ती माग स्थगित भएका हुन् । विगत फर्केर हेर्दा सन् २००३ को दोस्रो त्रैमासिकको आर्थिक वृद्धिलाई सार्सको सङ्क्रमणले प्रभाव पारेको थियो । तर, रोगको महामारी रोकिएपछि तेस्रो त्रैमासिकसम्ममा अर्थतन्त्रले पुरानै लय समातिसकेको थियो । त्यत्तिबेलाको वार्षिक आर्थिक विकास लक्ष्यमा सार्सको प्रभावले कुनै असर गरेन ।
चिनियाँ अर्थतन्त्रको आजको आधार सन् २००३ को तुलनामा अझ बलियो बनिसकेको छ । चीनको अहिलको कुल गार्हस्थ उत्पादन १४ त्रिलियन अमेरिकी डलरभन्दा बढी छ । प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जीडीपी) १० हजार अमेरिकी डलरभन्दा बढी छ । चीनको अहिलेको जनसङ्ख्या १ अर्ब ४० करोड छ । त्यसमध्ये ९० करोडभन्दा बढी मानिस काम गर्न सक्षम छन् । ४० करोडभन्दा बढी मानिस मध्यम आय समूहका छन् ।
१७ करोडभन्दा बढी मानिस राम्रो पढेलेखेका र दक्षता भएका छन् । चीन संसारको एउटैमात्र त्यस्तो देश हो जोसँग संयुक्त राष्ट्र सङ्घको औद्योगिक वर्गीकरण प्रणालीअन्तर्गतका सबै उद्योगहरू छन् । यस्ता पक्षले चीनको आर्थिक वृद्धिलाई कुनै महामारीले पछार्न सक्दैन । चीनका केही परम्परागत औद्योगिक क्षेत्रमा महामारीले केही अस्थायी प्रभाव पारे पनि यसले अनलाइन उद्योग, दूरशिक्षा, अनलाइन मनोरञ्जनजस्ता केही उदयीमान उद्योगको विकासलाई थप टेवा पु¥याउने छ । यसले चीनको अर्थतन्त्रको उच्च गुणस्तरीय विकासमा नयाँ वृद्धिको क्षेत्र विस्तार गर्नेछ । महामारीपछि चाँडै चीनको अर्थतन्त्रले विकासको चुस्त बाटो हिँड्ने र अझ क्षतिपूर्तिसहित अघि बढ्नेमा हामी पूर्णतः विश्वस्त छौँ । विश्व आर्थिक वृद्धिको नेतृत्वदायी इन्जिन र विश्व अर्थतन्त्रकै महत्वपूर्ण हिस्सेदारको रूपमा चीनको भूमिकामा यो महामारीले कुनै भिन्नता ल्याउनेछैन ।
आर्थिक मण्डलीकरणको युगमा सबै देशको भविष्य साझा छ । चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो र विश्वव्यापी औद्योगिक सञ्जालसँग चीनको अटुट सम्बन्ध छ । कदाचित चीनको अर्थतन्त्रमा गम्भीर क्षति पुगे, त्यसको नकारात्मक प्रभाव अरू देशमा पनि पर्नेछ ।
महामारीको राजनीतिकरण र चीनको अर्थतन्त्रलाई सराप्नुले विश्व अर्थतन्त्रमा अनावश्यक दखल र नकारात्मक प्रभावमात्र फैलाउने छ । यसले आफ्नै खुट्टामा बन्चरो हान्नुका साथै अरूलाई पनि चोट पु¥याउनेछ । चीन सरकारले महामारीविरुद्ध लड्न र अर्थतन्त्रको प्रबद्र्धनको लागि चालेका कदम आफ्नै स्वार्थपूर्तिको लागि मात्र होइन, सम्पूर्ण विश्वको हितको लागि हो । यस्ता गतिविधिले एउटा प्रमुख देशको रूपमा चीनले आफ्नो जिम्मेवारी बहन गरेको, केही आत्मकेन्द्रित देशहरूसँग गहिरो अन्तर राखेको प्रस्ट देखिएको छ ।
चीनको यस्तो जिम्मेवारीबोधलाई अन्तर्राष्ट्रिय समुदायले पनि उच्च प्रशंसा गरिरहेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जिर्योगेभले चीनको पछिल्लो आर्थिक, मौद्रिक र वित्तीय कदमप्रति समर्थन व्यक्त गर्दै चिनियाँ अर्थतन्त्रको दिगोपनाप्रति विश्वास व्यक्त गरेकी छिन् । विश्व बैङ्कले चीनको पहलकदमीले संसारको अर्थतन्त्रमा आइपर्नसक्ने सम्भावित खतरालाई प्रभावकारी तरिकाबाट पन्छाउन सफल भएको बताएको छ । धेरै देशका अर्थशास्त्रीहरूले चीनको अर्थतन्त्रले बलियो अन्तरनिहीत वृद्धि दरलाई कायम राख्नेमा विश्वास व्यक्त गरेका छन् ।
चीनको दीर्घकालीन र चुस्त वृद्धिको आधार गतिमा कुनै फरक आउनेछैन । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पनि चीनको अर्थतन्त्रमा पूर्ण विश्वासको मत व्यक्त गरेका छन् । एफटीएसई ग्लोबल इक्विटी इन्डेक्स सिरिजमा समयमै चिनियाँ ए–सेयर समावेश गर्नु र चीनको पुँजी बजारमा खरिद वृद्धि गर्नु यसका केही दृष्टान्त हुन् ।
आपतविपदको पर्दाको साथी नै वास्तवमा असल साथी हो । महामारी फैलिएयता नेपाल सरकार र सबै क्षेत्रका नेपाली मित्रहरूले महामारीविरुद्धको लडाइँमा चीनको पहललाई सद्भावका पत्र पठाएर, अत्यावश्यक सामान सहयोग आदि गरेर समर्थन गरेका छन् । यस्ता सहयोगप्रति चीन कृतज्ञ छ । हिमालय पारिबाट आएको यो प्रेमले धेरै चिनियाँ जनताको मन छोएको छ । दुवै देशका सम्बन्धित निकायले आपसमा निकट संवाद र सहकार्य गरेका छन् । सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि साझा प्रयास बलियो बनाउनुका साथै दुई देशका नागरिकको स्वास्थ्य रक्षाको लागि व्यवहारिक काम भएका छन् । यी सबै सहकार्यले चीन–नेपालबीच सहकार्यको रणनीतिक साझेदारीका बहुआयाम पूर्णरूपमा प्रतिबिम्बित गरेको छ । दुई देशबीचको विकास र समृद्धिको लागि दिगो सहकार्य र दुई देशका जनताबीचको हार्दिक मित्रता यसबाट झल्किएको छ ।
महामारीविरुद्धको लडाइँले चीन र नेपालबीच मानिसको आवतजावतलाई निकै प्रभाव पा¥यो । वसन्त पर्व मनाउन चीन गएका धेरै मानिसलाई समयमै नेपाल फर्किन गा¥हो भयो । त्यसले पनि दुई देशबीच सहकार्यका केही साझा परियोजनामा असर ग¥यो । नेपाल भ्रमणमा आउने तयारीमा रहेका चिनियाँ पर्यटकको भ्रमण रद्द हुँदा नेपाल भ्रमण वर्ष २०२० मा लक्षित चिनियाँ पर्यटकको सङ्ख्या पु¥याउन नेपाललाई थप कठिन हुनसक्छ । तर, यस्ता अस्थायी कदमले नेपाललाई नोबल कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन सहयोग गर्नेछ । अनि नेपाल भ्रमणमा आउने अरू देशका पर्यटकको लागि नेपालमा सुरक्षित वातावरण पनि बनाउने छ ।
महामारीविरुद्धको लडाइँ जब सकारात्मक बिन्दुमा पुग्छ र अन्तिम विजय हासिल हुन्छ, यी सबै परियोजना र उत्पादनले पुनः गति लिनेछ र नेपाल आउने पर्यटकको सङ्ख्या पनि क्रमशः पुनःस्थापित हुने र बढ्नेमा हामी विश्वस्त छौँ । महामारीको कारण चीन–नेपालबीचको मैत्री सहकार्यमा कति पनि सुस्तता आउनेछैन । महामारीविरुद्ध दुई देशबीचको साझा लडाईको अनुभवले हाम्रो मित्रतालाई अझ बलियो बनाउनेछ र चीन–नेपाल सम्बन्धमा नयाँ उर्जा थप्ने छ ।
(यान्छी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत हुनुहुन्छ ।)
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *