भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
– अनिल देशेमरु
आरम्भ नेपालले भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनीको आयोजना ग¥यो । पुस्तक प्रदर्शनी अवलोकन गर्ने व्यक्तिहरूको सङ्ख्या बढाउन र आकर्षण बढाउन आयोजकले गजल वाचन, भक्तपुर महोत्सवबारे अन्तरक्रिया र कविता वाचन कार्यक्रम ग¥यो । कार्यक्रममा भाग लिन र पुस्तक प्रदर्शनी हेर्न स्कूल कलेजका विद्यार्थीमात्र होइन शिक्षक, कवि, लेखक, युवा, महिला, कर्मचारीहरू पनि सरिक भए ।
प्रदर्शनीको पहिलो सफलता या राम्रो पक्ष पुस्तक अवलोकन गर्नेहरूको सङ्ख्या अधिक हुनु हो । यो प्रदर्शनी पुस्तक अध्येताहरूको लागि एक अवसर नै हो । यसले पठन संस्कृतिमा टेवा पु¥याउँछ । अध्ययनले ज्ञान बढाउँछ । कवि, कथाकार, निबन्धकारजस्ता साहित्यकारहरूलाई नयाँ पुस्तक अध्ययन गरेर समीक्षा गर्ने, आफ्नो साहित्य प्रकाशन गर्न प्रदर्शनीले हौसला प्रदान गर्छ ।
प्रदर्शनीमा रत्नपुस्तक भण्डार, परिचय बुक्स, नेपालय प्रकाशन, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, जनप्रकाशन गृह, कथालय, अनुज पब्लिकेसन, पाँचपोखरी बुक स्टोर, बुकहिल पब्लिकेसनका स्टलहरू रहेका छन् । यसबाहेक विभिन्न समयका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी चित्रहरू, बागीश्वरी माविबाट प्रस्तुत चित्रकला र मृत्तिका कलाहरू पनि प्रदर्शनीमा राखिएका छन् । सत्यराम वनमालाको नवदुर्गाको मुकुण्डो प्रदर्शनी पनि पुस्तक प्रदर्शनीको अर्को आकर्षण रह्यो ।
धेरै या थोरै पुस्तक बिक्री पनि यस प्रदर्शनीको अर्को सकारात्मक पक्ष हो । यसअघि काठमाडौँमा मात्र पुस्तक प्रदर्शनी हुन्थ्यो । काठमाडौँमा भइरहने पुस्तक प्रदर्शनीलाई आरम्भ नेपालले भक्तपुरमा पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । भक्तपुरका लेखक, कवि, कथाकार, शिक्षक, विद्यार्थी तथा अध्येताहरूको लागि पुस्तक अध्ययन गर्ने अवसर दिलाउने आयोजक आरम्भ नेपाल र पुस्तक प्रदर्शनीमा सहभागी विभिन्न पब्लिकेसन तथा अन्य सामग्री प्रदर्शन गर्ने स्कूल संस्थाहरूप्रति साधुवाद ¤ यसरी नै पुस्तक प्रदर्शनी प्रत्येक वर्ष या बरोबर भइरहनुपर्छ ।
Leave a Reply