जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
पेइचिङ, १६ फेबु्रअरी । पाकिस्तानका अहमद जाहिर चीनको वानचाओ पानहेल्थ मेडिकल सेन्टरमा अर्थोपेडिक विभागमा कार्यरत छन् । उनीसँगै अस्पतालमा काम गरिरहेकी छिन्– मौरिटानियाकी होसानी सुमाह । सुमाह सर्जिकल विभागमा काम गर्छिन् ।
कोभिड–१९ को सङ्क्रमणबाट प्रभावित चिनियाँ सहरमध्ये वानचाओ सहर पनि पर्छ । सुरुमा भाइरस सङ्क्रमितको सङ्ख्या त्यहाँ अत्याधिक थियो । महामारीविरुद्ध लड्न अस्पतालले स्वयम्सेवकको लागि सूचना जारी गर्दा उनीहरू दुवैले आफ्नो नाम दर्ता गराए । चीनलाई आवश्यक परेको अहिलेको कठिन समयमा आफूले चिनियाँ जनतालाई सक्दो सहयोग गर्ने विचारले अभिप्रेरित भएर उनीहरू महामारीविरुद्धको लडाइँमा सामेल हुने निक्र्योल गरे । त्यसलाई उनीहरूले आफ्नो जिम्मेवारी ठाने ।
“पहिलो कुरा त, हामी चिकित्सक भएकोले समुदायको स्वास्थ्यको लागि काम गर्नु हाम्रो दायित्व हो”, जाहिरले भने ।
चेनचौ विश्वविद्यालयमा अध्ययन गरेका उनले चीनमा आफूले बितेका दस वर्ष बिताएको र चीन आफ्नो दोस्रो घर भएको बताए । सुमाहले वानचाओ मेडिकल विश्वविद्यालयबाट चिकित्सा विज्ञान अध्ययन गरेकी हुन् ।
महामारीविरुद्धको अभियानमा उनीहरू दुवै अहोरात्र खटिएका छन् । विभिन्न ठाउँबाट विभिन्न ठाउँमा जान लागेका मानिसको तापक्रम नाप्ने र स्वास्थ्य जानकारी लिने नै उनीहरूको जिम्मेवारी हो । यात्रीहरूलाई उनीहरू बितेका पन्ध्र दिनमा हुपेई वा उहान गएका थिए कि भनी सोधपुछ गर्छन् ।
कसैको तापक्रम तोकिएकोभन्दा बढी भए तिनको विस्तृत स्वास्थ्य परीक्षण गर्ने गर्छन् । त्यसमा पनि केही असामान्य अवस्था देखिए त्यस्ता मान्छेलाई अस्पतालमा पठाउने गरेका छन् ।
उनीहरू भन्छन्, “उहान चीनको सबभन्दा बढी जनसङ्ख्या भएको सहर हो । त्यहाँ १ करोड दस लाख जनसङ्ख्या छ । उहानसँगै अरू दर्जनौं सहरलाई यसरी बन्द गर्नु अरू देशमा भए त्यहाँको सरकारलाई सहज हुने थिएन ।”
कोभिड–१९ भाइरसले वर्षकै अत्यन्त महत्वपूर्ण समयमा आक्रमण गरेको उनीहरूको भनाइ छ । “यो समयमा १ अर्ब ४० करोड मानिस एउटा सहरबाट अर्को सहरमा जाने गर्छन् । यो संसारकै सबभन्दा ठूलो मानव आवतजावत हुने समय हो । यो समयमा चिनियाँहरू आफ्नो परिवारसँग बसेर नयाँ वर्ष धुमधामसँग मनाउँछन् ।
कोही घुम्न संसारका विभिन्न देशमा जान्छन् । चीन सरकारले यो भाइरस सङ्क्रमण रोक्न जति तीव्र गतिमा पाइला चाल्यो, त्यत्ति सघन पाइला नचाल्दा सङ्क्रमितको सङ्ख्या अझ बढ्ने थियो ।
Leave a Reply