जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
उहान, १७ फेब्रुअरी (टलिसुर) । कोरोना भाइरस सङ्क्रमितको उपचारमा क्युवाली एन्टीभाइरल्स औषधि प्रभावकारी देखिएपछि चिनियाँ चिकित्सकहरूले त्यसको प्रयोगलाई व्यापकता दिएका छन् ।
क्युवाली बायोटेक उद्योगले उत्पादन गर्ने एन्टीभाइरलहरूमध्ये एक रिकोबिनान्ट इन्टरफेरोन अल्फा टुबी (आईफ्न्रेक) कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएको चिनियाँ चिकित्सकहरूले बताएका छन् ।
जनवरी २५ देखि चीनको चाङचुन सहरस्थित चीन–क्युवा संयुक्त कम्पनी चाङहेबेर कम्पनीले चीनको राष्ट्रिय स्वास्थ्य आयोगले माग गरेका मध्ये एक उक्त प्रख्यात क्युवाली एन्टीभाइरल उत्पादन गर्दै आएको छ ।
अहिलेसम्म आईफ्न्रेक एन्टीभाइरल एचआईभी सङ्क्रमितहरू, स्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरू तथा हेपाटाइटिस बी र सी सङ्क्रमितहरूको उपचारमा मात्र प्रयोग हुँदै आएको थियो । त्यस्तै विभिन्न प्रकारको क्यान्सर तथा यौन रोगका उपचारमा पनि उक्त एन्टीभाइरलको प्रयोग हुँदै आएको बताइन्छ ।
क्युवाली एन्टीभाइरलहरू पहिले अफ्रिकामा इबोला भाइरसको सङ्क्रमण नियन्त्रण गर्नमा पनि प्रभावकारीसिद्ध भएको थियो ।
यसैबीच चिनियाँ स्वास्थ्य विशेषज्ञहरूले उपचारमा प्रयोगबाट पुष्टि भएअनुसार मलेरियाको उपचारमा प्रयोग हुँदै आएको क्लोरोक्वीन फोस्फेट पनि नोवेल कोरोना भाइरसको उपचारमा प्रभावकारीसिद्ध भएको बताएका छन् । सिन्ह्वा समाचार समितिले जनाएअनुसार ती विशेषज्ञहरूले कोरोना भाइरस सङ्क्रमितको उपचारमा अहिले अनिवार्यरूपमा उक्त क्लोरोक्वीन फोस्फेट समावेश गर्न सिफारिस गरेका छन् ।
क्लिनिकल परीक्षणमा सफलसिद्ध भएपछि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय बायोटेक्नोलोजी विकास केन्द्रले उक्त औषधिको सुनिश्चित गुणस्तरको उत्पादन थालेको उक्त केन्द्रका उपनिर्देशक सुन यानरोङले बताउनुभयो ।
Leave a Reply