तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ५ फागुन । नेपाल भ्रमण वर्ष सफल पार्न भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४–८ गतेसम्म सञ्चालन हुने पाँचदिने ‘भक्तपुर महोत्सव’ को तयारीस्वरूप सोमबार नगरभित्रका होटल व्यवसायीहरूको भेला भयो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको भविष्य पर्यटन क्षेत्रको विकास भएको उल्लेख गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि होटल व्यवसायीहरूले गुणस्तरीय सेवा–सुविधा प्रदान गर्न आग्रह गर्नुभयो ।
चीनमा हाल देखापरेको कोरोना भाइरसका कारण भक्तपुर भ्रमण गर्ने चिनियाँ पर्यटकहरूमा कमी आएको औँल्याउँदै प्रमुख प्रजापतिले होटल–व्यवसायीहरूबीच हुने अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरको पुरानो नगरलाई व्यवस्थित र आकर्षक बनाउन २०७६ फागुन १ गतेदेखि भारी सवारीसाधन प्रवेश निषेध गरिएको जानकार दिंदै उहाँले आन्तरिक र बाह्य पर्यटकको स्वागत–सत्कार व्यवस्थित हुनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नपाले नगरको सरसफाइलाई पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको छ भन्नुभयो ।
कार्यक्रममा होटल व्यवसायीहरू मोनिका कायस्थ, कैलाश धौबन्जार, सत्यराम सुवाल, रञ्जित मारिखु, कृतन अवाललगायतले भक्तपुरमा कल्चर सेन्टरको आवश्यकता भएको, धार्मिक पर्यटकहरूलाई मन्दिरहरू खोल्ने व्यवस्था गर्नुपर्ने, पर्यटकहरूको सुरक्षाको प्रबन्धमा ध्यान दिनुपर्ने, विदेशी पाहुनाहरूको स्वागतको व्यवस्था हुनुपर्ने, सन्ध्याकालीन पर्यटनको लागि सम्पदालाई असर नपर्ने गरी रात्रीकालीन बत्तीको व्यवस्था गर्नुपर्ने, पर्यटकहरूको सामान ढुवानीको लागि सानो इलेक्ट्रिक सवारी वा ह्वीलचेयरको व्यवस्था हुनुपर्ने, भुस्याहा कुकुर नियन्त्रण गर्न पहलकदमी आवश्यक भएको आदि सुझावहरू राख्नुभएको थियो ।
भेलामा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
Leave a Reply