भर्खरै :

लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम

लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम

भक्तपुर, ६ असार । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथि नखःको अवसर पारेर भक्तपुर नगरको ऐतिहासिक सम्पदाका रूपमा रहेको कालदह (कालिदह) मा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित रही सञ्चालित एक संस्थाले सामाजिक उत्तरदायित्व बहन हुने किसिमका कार्यहरू नियमित रूपमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले लोकेश्वर साकोसले स्थापनाकालदेखि नै वित्तीय कारोबारमा मात्र सीमित नभई वार्षिक रूपमा स्वास्थ्य शिविर, सीपमूलक तालिम, सांस्कृतिक प्रशिक्षण विभिन्न सम्पदास्थलहरूको सरसफाइलगायत समाजको हित हुने किसिमका कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवं भनपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगरपालिकाको ‘एक सहकारी एक सम्पदा’ अन्तर्गत सिथि नखःको अवसर पारेर लोकेश्वर साकोसले सम्पदास्थलको सरसफाइ गरेकोमा आभार व्यक्त गर्नुभयो । सामाजिक सङ्घ, संस्था, विद्यालयहरूले पनि यस प्रकारको सरसफाइ कार्यलाई निरन्तर गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।
संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानीय जनताको उल्लेख्य सहभागी रहेको उक्त सरसफाइ कार्यक्रममा संस्थाका सचिव राजु छुकांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *