भर्खरै :

देशघातीहरुलाई हराउन जनता प्रतिबद्ध

– प्रेम के निडर
देशमा प्रजातान्त्रिक अधिकार प्राप्त भएको धेरै वर्ष भयो । पटक पटक राजनैतिक परिवर्तनहरु पनि भए । प्रत्येक परिवर्तनपछि जनताले धोका पाएको अनुभूति गर्नुबाहेक केही पाएनन् । रोजीरोटी, गाँसबासको समस्या जहाँतहीँ रह्यो । महँगी, कालोबजारी झन् बढेको छ । बेरोजगार दिनप्रतिदिन बढ्दै छ । यति हुँदा हुँदै पनि देशमा हुने प्रत्येक निर्वाचनमा जनताहरु उत्साहित भएर लाग्ने गरेको छ । अब हुने निर्वाचनमा पनि जनताहरुले आफ्नो गाउँ सहरलाई सुन्दर र समृद्ध बनाउन जनताका सुख, शान्तिको लागि एक जना जिम्मेवार नागरिकको हैसियतले देश र जनताप्रति समर्पित उत्साही र विकासप्रेमी उम्मेदवारहरु जिताउन आवश्यक छ ।
सरकारमा जाने पार्टीहरुको सत्ता स्वार्थको निमित्त जे गर्न पनि पछाडी नपर्ने प्रवृत्ति, भागबन्डाको राजनीति विदेशीहरुले थिचोमिचो र सिमा अतिक्रमण गर्दा पनि चुप लागेर बस्ने गरेको देख्दा जनता अवाक्क छन् ।
भ्रष्टाचारले देश आक्रान्त छ । देशको कुनैपनि क्षेत्रमा सरकारको उपस्थिति भएको महसुस गन गा¥हो छ । यस्तो अवस्थामा दुई दशकपछि हुन लागेको निर्वाचनमा जनताले त्यस्ता गैरजिम्मेवार पार्टीहरु र भ्रष्ट नेता तथा उम्मेदवारहरुलाई निर्वाचनबाट पाखा लगाउनु पर्ने र देशलाई बर्बादीबाट बचाउन पर्ने सोच र प्रतिबद्धताका साथ लागेका छन् । ठूला ठूला पार्टीहरुले अब हुने निर्वाचनमा घोषणा पत्रको रुपमा प्रतिबद्धता जाहेर गर्दै राम्रा राम्रा विकास योजनाहरु ल्याए पनि, मिठा मिठा आस्वासनका पोकाहरु बाँडे पनि जागिर, पद र प्रलोभन देखाएर लोभ्याउन खोजे पनि हिजोको निर्वाचनमा जस्तै भट्टीमा जाँड, रक्सी खुवाएर, डान्सबार र रेष्टुरेन्टमा लगेर मज्जा गराउन लगे पनि अब सजिलै जित्ने कल्पना नगरे हुन्छ । किन की आजका जनता सचेत भइसकेका छन् । इमान्दार वा बेइमानी, देशप्रति बफादार वा देशघाती, स्वच्छ वा भ्रष्ट हुन् जनता छुत्याउन सक्षम छन् ।
अतः अब हुने निर्वाचनमा जनताहरुले स्वच्छ, सही, देश र जनताप्रति बफादार र योग्य उम्मेदवारहरुलाई छानीछानी आफ्नो अमुल्य भोट दिई विजयी गराउने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *