भर्खरै :

भक्तपुरका जनताका समस्या र आवश्यकताबारे अवगत छु–सुनिल प्रजापति

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकामा नेमकिपाका मेयर उम्मेदवार सुनिल प्रजापतिले मापदण्डविपरीतका घरहरु भूकम्पले भत्काउ“दा जनताले अकल्पनीय दुःख पाएको विगत स्मरण गर्दै मापदण्डअनुसारको निर्माणलाई जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर एफएममा जीवन ढुंगानास“ग कुराकानी गर्दै उहा“ले कुनै पनि पदलाई व्यक्तिगत इच्छा र महत्वाकांक्षाको विषय भन्दा जनताको आवश्यकतालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहा“ले भक्तपुरका जनताको दुःख र आवश्यकताबारे आफूलाई राम्रो जानकारी भएको र ती समस्या समाधान गर्न आफूले धेरै बोल्नुभन्दा काम गर्नमा जोड दिने बताउनुभयो ।
‘एक जना अनुशासित जनताको कार्यकर्ताको रुपमा जनताले दिएको सल्लाह अनुसार काम गर्ने हाम्रो प्रतिबद्धता हो’, प्रजापतिले भन्नुभयो ।
उहा“ले भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाई, खोला सफाईलाई प्राथमिकताका साथ काम गर्ने आफ्नो प्रतिबद्धता रहेको भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *