पढाइको राजनीति – १
- असार ५, २०८३
डा. अशोकानन्द मिश्र
नोवेल कोरोना भाइरस नयाँ खालको भाइरस हो । नोवेलको अर्थ नयाँ भन्ने लाग्छ । सन् २०१९ को डिसेम्बरमा चीनको हुपेई प्रान्तबाट यो भाइरसको सङ्क्रमण सुरू भएको हो । त्यसकारण यसलाई २०१९–नोवेल कोरोना भाइरस भनिएको हो ।
कोरोना भाइरस सात थरीको हुन्छ । अल्फा कोरोना भाइरस र बिटा कोरोना भाइरस आदि । अरू पनि केहीथरी कोरोना भाइरस छन् । तीमध्ये सबभन्दा खतरनाक कोरोना भाइरस र मेर्स कोरोना भाइरस हुन्छ । मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम (मेर्स) सन् २०१२ मा साउदी अरबबाट सुरू भएको थियो । अर्को भाइरस हुन्छ– सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम (सार्स–सीओभी) । तीमध्ये अहिले देखापरेको भाइरस नयाँ खालको भाइरस भएकोले नोवेल कोरोना भाइरस भनिएको हो ।
ल्याटिन भाषामा कोरोना शब्दको अर्थ मुकुट हो । यो भाइरसको आकृति मुकुटजस्तो भएकोले यसलाई कोरोना भनिएको हो ।
यो भाइरस छोटो समयमा धेरै ठाउँमा फैलिने भएकोले यसलाई प्यान्डेमिक भनिन्छ । सन् १८९० मा स्पेनिस इन्फ्ल्युन्जा यसरी नै फैलिँदा लाखौँ–लाख मानिस मारिएका थिए । प्यान्डेमिक भनेकै एकैचोटि धेरै ठाउँमा फैलिने प्रक्रिया हो । भौगोलिक सिमाना पार गरेर यो रोग फैलिने गर्छ ।
नोवेल कोरोना भाइरसका लक्षण पनि अरू भाइरसजस्तै हुन् । खोकी लाग्नु, हाछ्युँ लाग्नु, रूघा लाग्नु, कमजोर महसुस गर्नु, घाँटी दुख्नु, ज्वरो आउनु र दम बढ्नु यसका प्रमुख लक्षण हुन् । यसबाट भाइरल निमोनिया हुन्छ । त्यसमा ब्याक्टेरियल पनि मिसिने हुँदा ब्याक्टेरियल निमोनिया हुन्छ ।
यो रोग उड्ने चरा, चमेरो र अरू पशुमा पनि हुन्छ । पशुमा यो रोग पहिलेदेखि नै थियो । अहिले यो मानिसमा सरेको छ । यो रोग धेरैजसो पशुमा हुने गर्छ । कुकुर, बिरालो आदि जनावरमा पनि यो रोग हुन्छ । भाइरल भएकोले यसको औषधि पत्ता लागेको छैन ।
नोवेल कोरोना भाइरसको प्रतिरोध गर्न चीनले निकै मेहनत गरिरहेको देखियो । संरा अमेरिकाले पनि यसको प्रशंसा गरेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको उहानको एउटा समुद्री खाना बेच्ने बजारबाट यो रोग फैलिएको बताइन्छ । आजसम्म यो रोगबाट दुई हजार मानिसको निधन भइसकेको छ । ६५ हजारभन्दा बढी मानिसमा सङ्क्रमण फैलिएको छ । ६ जना चिकित्सकको निधन भएको छ ।
यो पशुसँग सम्बन्धित रोग हो । यसको सुरूवात नै पशुबाट हुन्छ । पशुलाई लागेको ब्रोङकाइटिसबाट यो रोग पत्ता लागेको थियो । यो रोग सुरूमा सन् १९६० मा पत्ता लागेको थियो । यो रोगले श्वासनलीमा प्रभाव पर्छ । कोरोना भाइरसले सबभन्दा पहिलो श्वासप्रश्वासमा असर गर्छ । यो भाइरल ब्रोङकाइटिस हुन्छ । त्यो सङ्क्रामक खालको ब्रोङकाइटिस हुन्छ । यसले नसामा पनि असर गरेको हुन्छ । युरोपतिर फुरेट भन्ने बिरालोजस्तो एउटा जनावर हुन्छ । त्यो बिरालोमा पनि यो रोग लाग्छ ।
पशुसम्बन्धी रोगको प्रयोगशालामा काम गर्ने मानिसबाट यो रोग सङ्क्रमण हुनसक्छ । मुसा, खरायो, टर्की चराबाट पनि यो रोग सर्ने सम्भावना छ । अहिले भने मानिसबाट मानिसमा यो रोग सङ्क्रमण भइरहेको छ ।
यो भाइरस सङ्क्रमण भएको मानिसबाट फैलिने सम्भावना हुन्छ । सम्भावित सङ्क्रमणबाट जोगिन मानिसले आपसमा दुई मिटर दूरी राख्नुपर्छ । मास्क लगाउनुपर्छ । नाकबाट निस्केको सबै पदार्थलाई नष्ट गर्नुपर्छ ।
चीनले कोरोना भाइरस फैलिन नदिन १० दिनभित्र अस्पताल बनायो । नेपाल सरकारले उताबाट ल्याइएका नेपालीलाई त्यस्तै उचित बन्दोबस्त गर्नुपर्छ । यो भाइरस २ देखि १४ दिनसम्म फैलिनसक्ने भएकोले १४ दिनसम्म क्वारेन्टाइनमा राखी रोग लागेको हो÷होइन भनी जाँच गरिन्छ ।
यो रोगले श्वास प्रश्वासमा धेरै समस्या पारे अक्सिडेसन (कृत्रिम अक्सिजन दिने) गर्नुपर्छ । ज्वरो आए सामान्य सिटामोल नै दिनुपर्छ । डेङ्गुमा ज्वरो आए सिटामोल खुवाउनु हुन्न । तर, यो रोगमा ज्वरो आउँदा सिटामोल खुवाइन्छ । सङ्क्रमितलाई अरूसँग टाढा राखिन्छ । पानीलगायत झोलपदार्थ प्रशस्त खुवाइन्छ ।
मेर्स कोरोना भाइरस सबभन्दा घातक र खतरनाक भाइरस हो । तर, अहिलेको भाइरस भने त्यो जत्तिको प्राणघातक देखिंदैन । मेर्सले जति मानिस मारेको थियो, यसले त्यत्ति मान्छे मारेको देखिँदैन ।
यसबाट संसारको अर्थतन्त्रमा खर्बौैं खर्बको घाटा हुन्छ । विमान सेवा सबै बन्द भएको छ । जम्मा कति घाटा भयो, यो त भविष्यमा नै थाहा हुन्छ ।
(कुराकानीमा आधारित)
Leave a Reply