भर्खरै :

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘टेक टक’

ललितपुर, ७ फागुन । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीको समूह इन्टिच्यूट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियर्स (आईईई) को आयोजनामा बुधबार क्याम्पसमा ‘टेक टक’, प्रविधिसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना भयो ।
कार्यक्रममा इन्टरनेसलन ग्रीन डेभलपर्स नेपाल (गोर्खा इको प्यानल) प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले टेक्नोलोजीभन्दा सस्टेनेबिलिटी महत्वपूर्ण रहेको बताउनुभयो । आफूले पढेका सैद्धान्तिक ज्ञानलाई भरपुर उपयोग गरी व्यवहारिकरूपमा समाजको आवश्यकताअनुसारको दिगो प्रविधिको विकास गर्दै जानु आजको आवश्यकता भएको बताउनुभयो ।
इन्जिनियर दुवालले भन्नुभयो, “कुनै पनि प्रोडक्ट राजनीतिक, वातावरणीय, सामाजिक, प्राविधिक, आर्थिक तथा कानुनीरूपमा मान्य भए मात्रै व्यवसाय सफल हुन सकिन्छ ।”
यात्री मोटरसाइकलका सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले पनि कार्यक्रममा मुख्य वक्ताको रूपमा रहनुभएको थियो ।
कार्यक्रममा आईईईका प्रमुख डा. अर्जुनकुमार तिमल्सिना, पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण पौडेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *