भर्खरै :

तीन शिक्षासेवी सम्मानित

भक्तपुर, ८ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोम्बस स्कूलको छैटौँ वार्षिकोत्सव, अभिभावक दिवस, सांस्कृतिक कार्यक्रम एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन बुधबार गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले विद्यार्थीलाई सभ्य, सुसंस्कृत र असल नागरिक बन्न अभिप्रेरित गर्दै व्यक्ति समृद्धि बन्ने होइन देशलाई समृद्धितर्पm दोहो¥याउनुपर्छ भन्नुभयो ।
शिक्षाले व्यक्ति, समाज र देशलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न भनपाले सस्तोमा गुणस्तरीय शिक्षा दिने कलेजहरू सञ्चालन गरी भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउन लागिरहेको बताउनुभयो ।
भक्तपुर नपाले विभिन्न भाषाको कक्षा निरन्तर सञ्चालन गरी बताउँदै असल संस्कार पाएका व्यक्तिले आपूmभन्दा ठूला–सानासँग मितव्ययी व्यवहार गर्ने उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले नयाँ पुस्तालाई बाजाको सीप सिकाउन र पुस्तान्तरण गर्नका लागि नगरपालिकाले हरेक वर्ष बाजा प्रतियोगिता गरेअनुसार यस वर्ष धिमेबाजा प्रतियोगिता गरेको बताउनुभयो ।
कार्यक्रममा स्कूलका प्रिन्सिपल राजेन्द्र कोजूले रोम्बस स्कूल चरित्रवान र नैतिकवान विद्यार्थी उत्पादन गर्ने अभियानमा रहेको बताउँदै विद्यालयले पठनपाठनका अतिरिक्त खेलकुद र साहित्यलाई विशेष जोड दिंदै आएको बताउनुभयो ।
ईसीडी विशेषज्ञ सानु अमात्यले स्कूलको गतिविधि बालमैत्री भएको बताउँदै २१ औँ शताब्दीमा विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन विद्यालय अग्रसर हुनुपर्ने र बालबालिकाको शारीरिक र मानसिक विकाससँगै असल संस्कार दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले वागीश्वरी माविका पूर्वप्रअ मोहनप्रसाद प्रजापति, बासु माविका पूर्वप्रअ बालमुकुन्द बासुकला र जोरपाटी माविका पूर्वप्रअ शेरबहादुर ङाखुसीलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान, रोम्बस शुभश्री पदक र वर्ष अभिभावक वितरण तथा रोम्बस स्मारिका विमोचन गर्नुभयो ।
कार्यक्रममा शिक्षिका पुनम रानामगर, विद्यार्थी सृष्टि माखास्यालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *