परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
काठमाडौँ, ८ फागुन । ओली–दाहाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए । मन्त्री बास्कोटा मन्त्रालयले खरिद गर्ने एमआरपी (राहदानी) छाप्ने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग गरेको ७४ करोड रूपैयाँ कमिसनको फोनवार्ता सार्वजनिक भएपछि राजीनामा दिएका हुन् ।
मन्त्री बास्कोटाले एजेन्ट मिश्रसँग उक्त प्रेस २५ देखि २७ अर्ब रूपैयाँमा खरिद गर्ने प्रस्ताव राख्दै २५ अर्ब रूपैयाँमा खरिद भए कति कमिसन आउला भनी सोधेकोमा मिश्रले ७४ करोड आउनेमध्ये ५४ देखि ५५ करोड तपाइँहरूलाई दिने र १५ देखि १६ करोड आफूले राख्ने जवाफ दिएका थिए ।
फोन वार्तामा बास्कोटाले कर्मचारीसँग कुरा गर्न लाग्यो भने हेप्ने प्रसङ्ग जोड्दै स्थानीय एजेन्ट मिश्रलाई नै कर्मचारीसँग कुरा गर्ने जिम्मा दिएका थिए ।
मन्त्री बास्कोटाले मिश्रलाई २७ अर्ब रूपैयाँलाई २८ अर्ब रूपैयाँ बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
एक अर्को समाचारअनुसार मन्त्री बास्कोटाले जर्मनी कम्पनीसँग ४० अर्बमा खरिद गर्ने गरी ४ अर्ब ८० करोड रूपैयाँ कमिसन खान खोजेपछि उक्त अडियो सार्वजनिक गरिएको थियो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा संलग्नहरूले पनि कमिसन खाने सेटिङ्ग गरी बिहीबार लेखा समितिको बैठकमा स्वीस कम्पनीलाई छोडेर जर्मन कम्पनीसँग खरिद गर्न निर्देशन दिने तयारी गरिएको मिश्रको दाबी छ ।
उक्त समाचारअनुसार सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी नेका दुवैको सहमतिमा अर्बौँ रूपैयाँ भ्रष्टाचार हुन लागेको यो पछिल्लो घटना हो । लेखा समितिले अडियो रेकर्ड सार्वजनिक गर्ने मिश्रलाई कारबाही गर्न निर्देशन दिएको समाचार छ । प्रभात किशोर उपाध्यायले पनि आफ्नो फेसबुकमा लेखा समितिका सदस्यहरूको तस्वीर राखी ४ खर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको स्टाटस लेखेका थिए ।
प्रम केपी ओलीले फागुन ३ गते संसद्मा ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भनी सम्बोधन गरेको छैटौँ दिन बास्कोटाको कमिसनको प्रयास सार्वजनिक भएको हो । मन्त्री बास्कोटासँगै सरकारका अन्य शक्तिहरू पनि संलग्न हुने आशङ्का गरिएको छ । मन्त्रीले गरेको भ्रष्टाचारमा प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने विषय पनि जोडकासाथ उठिरहेको छ ।
नेकाभित्रै लेखा समितिका आफ्ना सदस्यहरूलाई शङ्काको घेरामा राख्ने सांसदहरू पनि छन् । प्रतिनिधिसभाको बैठक ११ बजे सुरू हुनुपर्ने तर मन्त्री बास्कोटाको राजीनामा तत्काल हुनुपर्ने विषय उठेपछि बैठक ३ बजेमात्र सुरू भयो । बैठकमा नेका सचेतक पुष्पा भुसालले प्रमसमेतले सोको जिम्मेवारी लिनुपर्ने बताएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले मन्त्री बास्कोटाले राजीनामा गरेको अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।
दुई दिनअघिमात्र प्रम ओलीले काभ्रेमा तुलोको एकातिर गोकुल बास्कोटा र अर्कोतिर अरू सबै राख्नुपर्ने र सरकारको विरोध गर्नेहरू गोकुलतिर हेर्नेबित्तिकै चुप लाग्ने भनी मन्त्री बास्कोटाको प्रशंसा गरेका थिए ।
बहुदलसँगै भ्रष्टाचारीहरूको सरकारी दलमा प्रभाव बढेकोको नतिजा आज जनता भोग्दै छन् । विराटनगर जुट मिल डुबाउने र भक्तपुर इँटा उद्योग समाप्त पार्ने मन्त्रीहरूमाथि पनि कारबाही हुनुपर्ने जनताको माग छ ।
Leave a Reply