अन्तर वडा फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न
- जेष्ठ ६, २०८३
बुटवल, ९ फागुन । नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घ केन्द्रीय समितिको आयोजना बुटवलमा र्राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो रेफ्री सेमिनार तथा डन बेल्ट टेष्ट कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीमगरले गर्नुभयो ।
कार्यक्रममा सभामुख घर्तीले खेलकूदलाई हेर्ने दृष्टिकोणमा क्रमशः परिवर्तन आएको छ, कुनै बेला खेल तथा खेलाडीलाई तिरस्कार गर्ने समाजको मनोविज्ञान भए पनि वर्तमान समयमा खेलाडीको सम्मान उच्च रहेको बताउनुभयो ।
समुद्घाटन समारोहमा प्रदेश नं. ५ का अध्यक्ष धनबहादुर दमाई, तिलोत्तमा नगर खेलकुद समितिका अध्यक्ष राजेन्द्र गुरुङ, भक्तपुर मार्शल आट्स हाप्किडो सङ्घका अध्यक्ष पद्मा खयरगोली, केन्द्रीय सदस्य सुवर्ण विसीले हाप्किडो खेलको विकासबारे आआफ्नो विचार व्यक्त गरेको थियो ।
दुई दिनसम्म सञ्चालन भएकोे उक्त सेमिनारमा राष्ट्रिय प्रमुख प्रशिक्षक लालम लामा, सुस्मिता गुरुङ र भुवन बुढा मगरले विभिन्न जिल्लाका करिब ६० जना प्रशिक्षक, अफिसियल तथा खेलाडीहरुलाई हाप्किडो तथा आत्मरक्षाबारे विशेष प्रशिक्षण दिइयो ।
तेस्रो राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो रेफ्री सेमिनार तथा डन बेल्ट टेष्ट कार्यक्रमको समापन समारोह नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घ केन्द्रिय अध्यक्ष प्रशिक्षक कालिबहादुर घर्तिमगरको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सार्थकता प्रदान गर्ने उद्देश्य साथसाथै नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घले मार्शल आर्ट्स खेल जगतमा हाप्किडोले अन्तर्राष्ट्रिय पहिचान, आत्मसुरक्षा, अनुशासन र खेलकुदलाई थप टेवा दिन राष्ट्रिय रेफ्री तयार गरेको जानकारी भक्तपुर मार्शल आर्ट्स हाप्किडो सङ्घका अध्यक्ष पद्मा खयरगोलीले दिनुभयो ।
Leave a Reply