‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
रूकुमपूर्व, १० फागुन । पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यवसायिक, कृषकलाई विभिन्न किसिमका तालिम, कृषि औजारहरू वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ ।
गाउँपालिकाले तीन स्थानमा १७ हजार भन्दा बढी फलफूलका बिरूवा रोपेको छ । अर्गानिक उत्पादनको जिल्ला बनाउने अभियानलाई सफल बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिनुभयोे । उहाँका अनुसार वडा नम्बर ५ को स्याउ पकेट क्षेत्र २५ लाख, वडा नम्बर ८ को चारगाउँमा सुन्तला पकेट क्षेत्रमा २५ लाख तथा वडा नम्बर १० तकसेराको स्याउ पकेट क्षेत्रमा २० लाख बजेट विनियोजन भइ काम अगाडि बढेको छ । त्यसैगरी विभिन्न प्रकारका तरकारीका बीउविजन वितरण, औजार खरिद, कृषकलाई आवश्यक तालिम, रोगको पहिचान तथा नियन्त्रणको लागि १६ लाख बजेट रहेको उहाँले बताउनुभयो । माटो परीक्षण र दक्ष प्राविधिकको अभावले गर्दा गाउँपालिकामा हालसम्म कृषिमा सहज वातावरण पनि नभएको जनाइएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ हुकाममा ५ हजार स्याउ र वडा नम्बर ८ को चारगाउँमा १२ हजार भन्दा बढी सुन्तलाको बिरूवा रोपिएको छ । तकसेरामा ५ हजार स्याउका बिरूवा रोप्ने तयारी रहेको छ । लगाइएका ५ हजार स्याउका बिरूवामध्ये आधा बिरूवा स्थानीय स्तरमै उत्पादन गरिएका र अन्य जुम्लाबाट ल्याइएको गाउँपालिकाले जनाएको छ ।
हुकाम र चारगाउँमा सहकारी र तकसेरामा समूहमार्फत काम भइरहेको छ । गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँका अधिकांश घरमा ५० देखि एक हजार बोटसम्म स्याउका बिरूवा छन् । पहिले खानकै लागि स्याउ किन्न जुम्ला पुग्ने उनीहरू अहिले स्याउ उत्पादन गरेर जिल्ला बाहिर पठाउने अवस्थामा पुगेका छन् । तर सडकको सुविधा नभएकै कारण उत्पादित फलफुल ढुवानीको सस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् ।
Leave a Reply