फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
काठमाडौँ, १० फागुन । चीनको उहानबाट सुरू भएर विश्वभर नै त्रासदी सिर्जना गरेको कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई न्यून गर्न भारत सरकारले काठमाडौँबाट हवाईमार्ग हुँदै आउने यात्रुहरूको पनि ‘स्क्रिनिङ’ गर्ने भएको छ । मन्त्रिपरिषद्का सचिवको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले त्यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य तथा सामाजिक कल्याण सचिव, नागरिक उड्डयन, रक्षा, सूचना तथा प्रसारण मन्त्रालयका सचिवलगायतका अन्य सरोकारवाला निकायका उच्च अधिकारीहरूसमेत उपस्थित रहेको उक्त बैठकले कोरोनाको भाइरस भित्रिन सक्ने सम्भावित मुलुक र सहरहरूको विस्तृत समीक्षा गरेर त्यस्तो निर्णय लिएको यहाँको स्वास्थ्य तथा समाजकल्याण मन्त्रालयले जनाएको छ ।
‘बृहत् समीक्षापछि काठमाडौँ, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत आउने उडानका लागि बृहत् स्वास्थ्य परीक्षण गरिने छ’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । यो निर्णयसँगै अब काठमाडौँ हुँदै हवाई मार्गबाट भारतका विभिन्न गन्तव्यमा आउने यात्रुहरूको विमानस्थलमै कोरोना भाइरसको सङ्क्रमण छ छैन भन्ने परीक्षण गरिने छ । हाल काठमाडौँबाट विभिन्न एयरलाइन्सले भारतका नयाँ दिल्ली, मुम्बई र बैङ्ग्लोर र बनारसलगायतका सहरमा सिधा उडान गर्दै आएका छन् । भारतले एक महिनादेखि नै नेपालसँगका जोडिएका प्रमुख नाकामा थर्मल स्क्यानर राखेर सीमा ओहोरदोहोर गर्नेहरूको स्क्रिनिङ सुरू गरेको थियो । चीनसँग सीमा जोडिएको हुँदा नेपालबाट आउने यात्रुहरूको स्वास्थ्य परीक्षण हुनुपर्ने माग भारत सरकारअन्तर्गतका विभिन्न सरोकारवाला निकायहरूले केही दिन अघिदेखि नै गर्दै आएका थिए । पछिल्लो समय दक्षिण कोरियालगायतका मुलुकमा पनि भाइरसको सङ्क्रमण देखिएको पृष्ठभूमिमा भारत सरकारले पछिल्लो निर्णय लिएको बताइएको छ ।
भारत सरकारले एकसाता अघि विशेष निर्देशन जारी गर्दै चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्यान्ड र सिङ्गापुरबाट आउने यात्रुहरूको पूर्ण स्वास्थ्य परीक्षण सुरू गरेको थियो । त्यसअनुसार भारतका विभिन्न २१ वटा विमानस्थलमा त्यस्तो परीक्षण हुँदै आएको छ ।
त्यसैगरी बैठकले यसअघिको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्थालाई निरन्तरता दिँदै अत्यावश्यक प्रयोजनका लागि बाहेक सिङ्गापुरको भ्रमण नगर्न पनि आग्रह गरेको छ । मन्त्रालयका अनुसार शनिबारसम्ममा ३ लाख ९७ हजार १५२ हवाई यात्रु र समुद्री मार्गबाट भारत प्रवेश गरेका ९ हजार ६९५ यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ ।
साथै २१ हजार ८ सय ५ भन्दा बढीलाई सामूहिक निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ ।
(सीआरआई)
Leave a Reply