भर्खरै :

‘संस्कृतिलाई जीवनसँग मिलाउनुपर्छ”

(डा.तीर्थबहादुर श्रेष्ठ वैज्ञानिक हुनुहुन्छ । उहाँ विज्ञान, पर्यावरण र वनस्पति आदि विषयमा लेख लेख्नुहुन्छ । साथै संस्कृति र संस्कृतिमा वैज्ञानिकताको विषयमा पनि लेखिरहनुहुन्छ । स्थानीय संस्कृतिको विषयमा पनि उहाँले गहकिला विचार लेख्नुहुन्छ । उहाँसँग फागुन ७ गते उहाँकै निवासमा नीरज, सुनिल र नरेशले गरेको कुराकानी प्रस्तुत छ–सम्पादक)
आजभोलि पर्यावरण र संस्कृतिबारे के सोच्नुहुन्छ ?
प्रकृति र अन्य प्राणीसँग संवाद गर्ने हाम्रो पुरानो परम्परा बिस्तारै हराउँदै गएको देख्छु । नेवारी परम्परामा भ्यागुतोलाई खाना खुवाउने चलन छ । घर बनाउँदा भङ्गेरा र परेवालाई अलग प्वाल बनाइन्थ्यो । बिरालोलाई बस्न छुट्टै स्थान बनाइएको हुन्छ । बिरालो बस्न बनाइएको ठाउँलाई भौचाप्वा भनिन्छ । लाटोकोसेराको लागि बस्न ठाउँ बनाइएको हुन्थ्यो । आजभोलि त्यस्तो परम्परा क्रमशः हराउँदै छ । पहिले मेरो यही घरमा बथानका बथान भँगेरा आउँथ्यो । आजभोलि निकै कम भइसकेको छ । पहिले यहीँ टेकुमा धेरै गिद्ध देख्थ्यौँ । रुखैभरि गिद्ध हुन्थ्यो । अहिले गिद्धको सङ्ख्या लोपोन्मुख छ । त्यसको अर्थ हाम्रो आजको संस्कृतिले यस्ता कुरालाई ठाउँ दिन सकेन । अहिलेको ‘नयाँ’ विकास मानिसलाई मात्र लक्षित गरेर गरिएको देखियो, पशुपन्छी, फूल–बिरुवा आदिलाई बेवास्ता गरियो । अब हामीले घर बनाउँदा पनि चराचुरुङ्गीको लागि पनि ठाउँ बनाउनुपर्छ ।
हाम्रो संस्कार, पूजाआजा र चाडपर्वसँग विभिन्न फूल–बिरुवा र बनस्पति जोडिएका छन् । विभिन्न पूजाको निम्ति हामीलाई विभिन्न थरी बनस्पतिको खाँचो हुन्छ । लक्ष्मी पूजा गर्न हामीलाई लक्ष्मी स्वाँ नभई हुँदैन । तर, हाम्रो संस्कृतिसँग जोडिएका यस्ता बनस्पति आज लोप हुँदै गएको छ । हाम्रो पूजाआजा, संस्कारमा प्रयोग हुने बन–बनस्पति, जडिबुटी, जीव–जनावर जस्तै पितृ तर्पण गर्न गैंडाको छाला आदि जति पनि कुरा छन्, तिनमा एउटा नयाँ जागरणको खाँचो छ ।
यस्ता संस्कृति र संस्कार लोप हुँदै छ । यसलाई कसरी नयाँ किसिमबाट स्थान दिने भन्नेबारे सोच्न जरुरी छ ।
विशेषतः अमूर्त सम्पदा (इन्ट्यान्जेबल हेरिटेज) नै लोप हुन थालेको छ । भाषा त्यसको प्रस्थानबिन्दु बनेको छ । भाषा र शब्द लोप हुँदै छ । स्थानका नामहरू हराइरहेका छन् । स्थानको नामको हामीले सही उच्चारण लेख्न सकेका छैनौं । हरेक ठाउँको नामको आफ्नै अर्थ र पृष्ठभूमि हुन्छ । जावलाखेलको नाम खासमा जा होलिगु ख्यः बाट जुरेको हो । मछिन्द्रनाथको जात्रामा गुठीयारले भात चढाउने ठाउँ भएकोले त्यो नाम रहन गएको हो । लगख्य पनि त्यस्तै हो । अपभ्रंश हुँदा आजभोलि ख्यः सबै खेल भयो, झ्याः जति झ्याल भयो । सुकु जति सुकुल भयो । आजभोलि हामी सुकु ध्वखा त भन्दैनौँ, सुकुलढोका नै भन्छौँ । भाषा, कला, संस्कृति र सम्पदामा अमूर्त पक्ष छन्, तिनको संरक्षणमा ध्यान दिन जरुरी छ ।
संस्कृतिको संवद्र्धन किन आवश्यक छ ?
कला, साहित्य, संस्कृति र सम्पदा भनेको हाम्रो सभ्यताको इतिहास र दर्पण हो । हामी कहाँसम्म आइपुग्यौँ भन्ने मापन हो । यो सभ्यतामा टेकेर हामीले अर्को सभ्यतामा जानुपर्छ । कला, साहित्य र संस्कृति भनेको त्यो खुड्किला हो ।त्यो खुड्किला हरायो भने नयाँ खुड्किला खोज्नुपर्ने हुन्छ । मानौँ, तपार्इँ एउटा भ¥याङ चढ्दै हुुनुहुन्छ । भ¥याङको अन्तिम खुड्किलो भएपछि नयाँ खुड्किलो खोज्नुपर्ने हुन्छ । जुन खुड्किला चढेर तपाईँ आउनुभएको थियो, त्यसैको उचाइमा आउनुप¥यो । त्यसकारण संस्कृतिमा संस्कृति थपिएपछि विकास हुन्छ । संस्कारमा संस्कार थपिएपछि विकास हुन्छ । नभए मौलिक विकास हुनसक्दैन । आयातीत त जे गरे पनि भयो । आफ्नो पहिचानलाई जोगाएर विकास गर्न सके राम्रो हुन्छ । त्यसो गर्दा आफ्नो जरा कहाँ भन्ने थाहा हुन्छ । त्यो जरालाई केले सिञ्चन गरेको छ, थाहा हुन्छ । त्यसकारण हामीले संस्कृति र संस्कार दुवैलाई सम्हालेर लानुपर्छ ।
अन्धविश्वास भनेर कतिपय कुरालाई हामी छोड्दै पनि गइरहेका छौँ । तपाई वैज्ञानिक पनि हुनुहुन्छ । के भन्नुहुन्छ ?
विश्वास र अन्धविश्वासको बीचमा एउटा ‘ग्रे एरिया’ हुन्छ । पहिले अन्धविश्वास सिर्जना हुन्छ अनि विश्वास । पहिले दर्शन आउँछ, त्यसपछि विज्ञान अनि प्रविधि आउँछ । पहिले चिन्तन आवश्यक हुन्छ । त्यसकारण हामीले विश्वास र अन्धविश्वास भनेर दुई वटा कित्तामा बाँड्न मिल्दैन । जुन कुरालाई आज तपार्इँले अन्धविश्वास भन्नुहुन्छ, भोलि त्यही विश्वासमा बदलिन्छ । पर्सी त्यही कुरा विज्ञान बन्छ र अनि त्यही प्रविधि बन्छ । मानिस आकाशमा उड्न सक्छ भनेर पहिलेभन्दा त्यो विश्वास थिएन, अन्धविश्वास थियो । पछि विज्ञान भयो, प्रविधिले अझ अघि लग्यो ।
महाभारतमा कोठाभित्रै बसेका सञ्जयले लडाइँको दृश्य देख्यो । त्यो अन्धविश्वास थियो । अहिले हामी संसारभरका सङ्ग्राम यहीबाट हेर्दै छौँ । त्यो विश्वास भयो । विश्वास र अन्धविश्वास भनेका दुई फरक–फरक पाटा होइनन् । पहिले अन्धविश्वास हुन्छ, त्यसमा काम गर्दा विश्वास बन्छ । त्यही ज्ञान बन्छ, अनि विज्ञान बन्छ अनि प्रविधि बन्छ । यो एउटा शिलशिला हो । यो शिलशिलाको कुरा हो, कित्ताको कुरा होइन ।
हाम्रो संस्कार र संस्कृतिमा कतिको विज्ञान छ ?
आजभोलि जसलाई हामी विज्ञान भनिरहेका छौँ, त्यो पश्चिमा विज्ञान हो । पूर्वी विज्ञानलाई हामीले विज्ञान भनेनौँ । उदाहरणको लागि बेसार । हामी सानो छँदा शरीरको कुनै भागमा घाउ–चोटपटक लागेपछि बेसार र तेल लगाउनु भन्थ्यो । निको हुन्थ्यो । हामीले अभ्यास गरेका ती कुरा विज्ञानले प्रमाणित नगर्दासम्म हामीले नै त्यसलाई अन्धविश्वास भन्यौँ । तर, त्यो त वैज्ञानिक कुरा हो । वैज्ञानिक कुरा भनेको अरूको भन्ने सोच छ । अरुले राम्रो भनेपछि त्यो राम्रो हुने हाम्रो सोच छ । पश्चिमले भनेपछि विज्ञान मान्ने अनि हाम्रो विश्वास र विज्ञानलाई नमान्ने सोच नै अहिलेको नयाँ अन्धविश्वास हो ।
काठमाडौँ उपत्यकाभित्रका संस्कृति र सम्पदा संरक्षणलाई कसरी हेर्नुहुन्छ ?
बाहिरका मानिस आएर यो तिमीहरूको राम्रो छ भन्यो भने हामीले त्यसलाई राम्रो मान्ने । हामीले मकै खाए राम्रो नहुने, पपकर्न खाए राम्रो हुने । हामी अन्धविश्वासले घेरियौँ । विदेशीको नक्कल गर्ने अन्धविश्वासले हामीलाई ठेल्यो । त्यसको सकारात्मक कुरा, बाहिरका पर्यटकहरू आएर यहाँको लाखे नाचलाई वाह ¤ भने, हामीले त्यसको प्रवद्र्धन ग¥यौँ । प्रवद्र्धन भयो । बाहिरका मान्छेले प्रशंसा नगर्दासम्म हामीले त्यसको प्रवद्र्धन पनि गरेनौँ । त्यसकारण हाम्रो प्रशंसा गरिदिने समाजको पनि आवश्यकता रहेछ । अहिलेको सन्दर्भमा त्यो समुदाय भनेको पर्यटन नै हो । पर्यटनले हाम्रा काम र कुरालाई प्रशंसा गरिदिए हामी खुसी हुन्छौँ र प्रवद्र्धन गर्नतिर लाग्छौँ । पर्यटकहरू आए हाम्रा सरसामान किन्न थालेपछि ती सामानको थप विकास भयो । पहिलेका हाम्रा संस्कार र संस्कृति आफ्नै प्रयोजनको लागि मात्र थियो । त्यसलाई अहिले बजारसँग जोड्न सके त्यसमा दिगोपन देखिएको छ । हाम्रा जति पनि संस्कृति र सम्पदालाई बजारसँग जोडिदिएका छौँ त्यसको हामीले प्रवद्र्धन गरिरहेका छौँ, त्यो प्रवद्र्धन पनि हुन्छ । बजारसँग जोड्न नसकेपछि त्यो लोप भएर जान्छ । यो जैविक नियम पनि हो । जुन कुरा प्रयोग हुन्छ, त्यसको विकास हुँदै जान्छ । जुन कुराको प्रयोग हुँदैन, त्यो लोप हुँदै जान्छ । जस्तैः कान । जुन प्राणीले कानको प्रयोग गर्छ (जस्तै गाईवस्तुले झिङ्गा धपाउन कानको प्रयोग गर्छन्), उनीहरूको कान लामो हुन्छ । मान्छेको हात भएपछि झिङ्गा धपाउन त्यसको प्रयोग भएन, त्यसकारण त्यो खिइँदै छ । त्यस्ता अङ्गलाई भेस्टिजल अर्गन भनिन्छ ।
त्यसकारण जुन कुराको प्रयोग हुन्छ, त्यसको विकास हुँदै जान्छ । प्रयोग नभएपछि त्यो खिइँदै जान्छ । हाम्रो संस्कृति र सम्पदालाई विश्व बजारमा पनि बेच्न सक्नुपर्छ । हाम्रो संस्कृति र संस्कार राम्रो छ भनेर आफूसँग मात्र राखेर भएन । अरुको लागि पनि हुनुपर्छ ।
त्यसो भइरहेको छ ?
धेरै भइरहेको छ । केही वर्षदेखि नेपालको रक्सी ‘अय्ला’ न्युयोर्कको बजारमा पुगेको छ । संसारका पचास वटा उत्कृष्ट रक्सीमध्ये त्यो पनि परेको छ । त्यो सबै मार्केटिङ गर्नसके हुने कुरा हो । जापानीहरूको पेयपदार्थ साकी जापानीले मात्र पिएको भए त संसारलाई त्यसबारे थाहा हुने थिएन । उसले मार्केटिङ गर्नसकेकोले त्यो संसारभर पुग्यो । हामीले मार्केटिङ गर्न सके हाम्रो संस्कृति र संस्कारले दिएको ज्ञान र विज्ञानको प्रवद्र्धन गर्ने अवसर प्राप्त गर्नसक्छौँ ।
हाम्रा मठ मन्दिरको संरक्षणमा जे जति काम भइरहेका छन्, त्यत्तिले पुग्ने अवस्था छ कि छैन ?
अब कुरा आउँछ–रानीपोखरीको । भूकम्पबाट भत्कियो, अहिले त्यसको पुनःनिर्माण भइरहेको छ । त्यही क्रममा रानीपोखरीजस्तो पहिले बनाइएको थियो, त्यस्तै बनाउनुपर्छ भन्ने कुरा आयो । जस्तो पहिले थियो, त्यस्तै त बनाउन सकिन्छ । तर, त्यसबेलाको प्रविधि अहिले प्रयोगमा ल्याउन गाह«ो हुन्छ । त्यसकारण अहिलेको प्रविधि प्रयोग गरी जस्ताको तस्तै बनाउनुपर्छ । पहिलेकै माटो खोज्ने, मास र चुन खोज्नतिर लाग्यौँ भने आजकल त्यो पाउन सम्भव हुँदैन । पहिलेको संस्कार र संस्कृति बिग्रेको छैन भने त्यसलाई बिग्रन नदिने हो । तर, बिग्रिसकेको छ भने त्यसको संरक्षण त नयाँ तरिकाबाट हुनुपर्छ । पुरानै तरिकाले गर्ने भने ढिपी लगाएर पनि भएन ।
स्थानीय सम्पदा र संस्कृति संरक्षणका चुनौतीहरू के के हुन् ?
सबभन्दा ठूलो चुनौती भनेको सम्पदा र संस्कृतिको कुरा हाम्रो शैक्षिक प्रणालीभित्र गएन । हामीले सिक्न सकेनौँ । हामीले तिनका बारेमा पढ्न सकेनौँ । विद्यालयको पाठ्यक्रममा त्यसबारे छैन । कलेजमा त्यस्ता कुरा सिकाइँदैन । हामी अरु अरु कुरा नै सिकाउँछौं । अनि त्यसकै आधारमा वृत्तिविकास गर्दा हाम्रो संस्कृतिमा आधारित वृत्तिविकास हुँदैन । हाम्रो समस्याको कुरा यही हो ।
पहिले सिकर्मीको छोरो सिकर्मी नै हुन्थ्यो । उसको स्कूलिङ घरभित्रै हुन्थ्यो । अहिले त अवस्था त्यस्तो होइन । हाम्रो संस्कृतिलाई धनी बनाएको त्यो स्कूलिङलाई अब नयाँ किसिमले प्रयोगमा ल्याउनुपर्छ । हुन त अहिले प्राविधिक कलेजहरूमार्फत पनि यो काम भइरहेको छ । दुई चार ठाउँमा त राम्रा काम भइरहेका छन् । यसलाई अन्यत्र पनि फैलाउनुपर्छ ।
काठमाडौँ उपत्यकाको स्थानीय नेवार संस्कृति त सहरीकरणले दिनानुदिन चेपुवामा पर्दै गएको छ । यसलाई के भन्नुहुन्छ ?
सहरीकरण गर्ने बेलामा नै सांस्कृतिक क्षेत्रलाई संरक्षण गर्नुपर्ने क्षेत्र भनेर अलगै राख्नुपर्छ । सहर विस्तार गर्न त अन्यत्र नै ठाउँ खोज्नुपर्छ । विस्तार गर्नु भनेको बेग्लै कुरा हो । भएकोलाई मासेर त्यसमाथि अर्कै सहर बनाएपछि संस्कृति त रहँदैन । सम्पदा पनि रहँदैन । काठमाडाँै, ललितपुर र भक्तपुरमा जुन कोर क्षेत्र हो, त्यहाँ भएका घर र सम्पदा मासेर नयाँ बनाउन थालियो । सडक पनि ठूलो बनाइँदै छ । संरक्षण गर्नुपर्नेलाई उस्तै राखेर ठूलो सडक जहाँ बनाए पनि भयो नि । ठूलो सडक र ठूलो बजार पनि सबै त्यही चाहिने भए त्यसले हचपच विकास हुन्छ । त्यसकारणले आजभोलि पुराना पुराना घरहरू देख्नै पाइन्न । काठमाडौँ उपत्यकामा मात्र होइन, बाहिर जिल्लामा पनि स्थिति उस्तै छ ।
हालै म धनकुटा गएर आएँ । त्यहाँ पनि पुराना घरको संरक्षण हुन सकेको छैन । नयाँ घर सबै सिमेन्ट बनाएका छन् । पुरानो घरको पनि संरक्षण हुनुपथ्र्यो । काठमाडौँको असन, इन्द्रचोकमा पनि पुरानो शैलीका घर देख्न गाह«ो हुन थालेको छ । पुरानो शैलीका झ्याल छैनन् । टिकिझ्या, सँझ्या छैन । सबै भत्किसके । हामी अलि ढिलो पनि भइसकेका छौँ । यसमा नयाँ जागरणको आवश्यकता छ । संरक्षण गरेपछि आर्थिक लाभको बाटो पनि खोल्न जरुरी छ ।
नयाँ पुस्तालाई संस्कृति संवद्र्धनमा तान्न के गर्नुपर्छ ?
नयाँ पुस्तालाई आकर्षित गर्न अब पुरानै पुस्ताका र पुरानै शैलीले चल्दैन । नयाँ पुस्ताका आकाङ्क्षा फरक भइसकेको छ । आजको पुस्ता बीस–तीस वर्षपछि कस्तो हुन्छ, आज हामी सोच्न सक्छौँ । आजका ज्येष्ठ नागरिकका समस्या र त्यत्तिबेलाका ज्येष्ठ नागरिकको समस्या एउटै हुँदैन । परिवर्तन त अवश्यम्भावी छ । यो परिवर्तनलाई हामीले आफ्नो हातमा नियन्त्रणमा राख्न सक्नुपर्छ । हाम्रो नियन्त्रणभित्रको परिवर्तन हुनुपर्छ ।
जहाँसम्म भजनको कुरा छ । आजको पुस्ता पनि पछि त्यो उमेरमा आध्यामिक वृत्तमा त जानैपर्छ । त्यो आध्यामिक चरण कसरी आउँछ भन्ने कुरा अहिलेबाट नै सिकाउन सकिन्छ । पहिले त वानप्रस्थ उमेर भनिन्थ्यो–६०÷७५ वर्षलाई । मानिसहरू जङ्गलमा जान्थे । अहिले त जङ्गलमा जाँदैनन् । आजभोलि भजनमण्डलीमा जाने गर्छन् । भोलि त्यसले अर्को रूप लिनेछ । तर, जीवनको चरण त यही हो ।
धिमेबाजालगायत बाजागाजामा लाग्ने पुस्ता अहिले धेरै देख्दै छु । त्यसको माग पनि बढेको छ । कार्यक्रमहरूमा पनि धिमेको प्रयोग भइरहेको छ । आजभोलि त विवाहमा पनि त्यस्ता बाजाको प्रयोग हुन थालेको छ । त्यसकारण हाम्रो संस्कृतिलाई हाम्रो जीवनसँग जोडेर प्रयोगमा ल्याउन वातावरण सिर्जना गर्न सके नयाँ पुस्ताले पनि त्यसलाई अँगाल्दै जानेछन् । आजभोलि नयाँ पुस्ताले हाम्रो बाजागाजालाई नयाँ तरिकाले बजाउन थालेका छन् । त्यसको विकास हुँदै जानेछ । अब हामीले पुरानै तरिकामा बस भनेर पनि हुने अवस्था छैन ।
नेपाल भ्रमण वर्ष २०२० लाई कसरी हेरिरहनुभएको छ ?
सरकारले एउटा आकाङ्क्षाको रूपमा यसको आह्वान ग¥यो । तर, समुदायलाई कसरी यसमा संलग्न गर्ने भन्नेतिर ध्यान दिन सकेको छैन । समुदायलाई संलग्न नगरेर आफूले मात्र काम गर्नखोज्यो । एउटा यती राख्न पनि सरकार नै लाग्यो । सरकारले एउटा यतीको मूर्ति राखे सबै पर्यटक आउने कुरा सोच्यो । सरकारले समुदायमा गएर त्यहाँका मानिसहरूसँग छलफल गरेर त्यहाँ के गर्न सकिन्छ, गर्नुपथ्र्यो । हाम्रोमा एकैचिटी घोषणा ग¥यो अनि सिध्यो । पञ्चायतकालमा राजा वीरन्द्रले विकासको मूल फुटाउने भने । त्यत्तिबेलादेखि फुटेको विकासको मूल आजसम्म फुटेको फुटेकै छ । अहिले समृद्धि नेपालको कुरा छ । जसले भाषण गरे पनि र पेपर लेखे पनि समृद्ध नेपालको कुरा उल्लेख भएकै हुन्छ । लेखेको छ, बोलेको छ तर समृद्धि कहिले हुने ¤ राजनीतिक नारा र जनताले ग्रहण गर्ने क्षमताबीच सेतु हुनुपर्छ । २०२० मा भ्रमण वर्ष गर्न लागेको हो भने पाँच वर्षअघि बाटै सरकारले त्यसको तयारी थालनी गर्नुपथ्र्यो । मेचीदेखि महाकालीसम्म सबै समुदायमा गएर यसरी गर्ने भन्ने कुरा गरिनुपथ्र्यो । यो जिल्ला र गाउँको सम्भाव्यता यो छ भनेर समुदायलाई भनेको भए राम्रो हुने थियो । त्यस्तो केही योजना भएन । २०२० भन्दियो, एउटा यती ल्याएर राख्यो अनि केही योजना भएन । योजना मात्र भएर भएन । समुदायसँग संवाद पनि हुन जरुरी छ । जस्तै भक्तपुुरमा गएर भक्तपुरको सम्भाव्यताबारे स्थानीय जनतालाई बताउनुप¥यो । चितवनका जनतालाई पनि त्यसरी नै तयारी गर्नुप¥यो । तर, सरकारले त्यस्तो गर्न सकेको छैन । राजदूतहरूलाई लगाएर पर्यटक बोलाउँदैमा हुन्छ ¤ पर्यटनमन्त्रीले कोरोना भाइरस फ्रि बनाउने घोषणा गरेका छन् । चीनबाट ल्याइएका नेपाली अहिले पनि क्वारेन्टाइनमा छन् । कमसेकम ती मानिस क्वारेन्टाइनबाट बाहिर आउञ्जेल कुर्नुपर्ने थियो । त्यो धैर्य हामीसँग नभएसम्म हतपतको काम लतपतमात्र हुन्छ ।
सरकारले जे ग¥यो, ग¥यो । अब हामीले हाम्रोतर्फबाट यो भ्रमण वर्षलाई पर्यटन वर्षको प्रारम्भिक कदमको रूप लिएर कामको थालनी गर्नुपर्छ । पर्यटन भनेको एक दिनको मात्र काम होइन । २०२० मा सुरु भयो, अब यसरी प्रगति गर्छौं भनेर अघि बढ्नुपर्ने देखिन्छ ।
भक्तपुर महोत्सव हुँदै छ, तपाईँको केही सल्लाह ?
मेरो विचारमा त भक्तपुर महोत्सव वैशाख १ गतेबाट सुरु गरेको भए असाध्यै राम्रो हुने थियो । त्यो दिन बिस्का जात्रा हुन्छ । सबै मानिस परिचालन हुने दिन त्यो हो । त्यसरी सबै मानिस परिचालन हुने दिन पारेर गर्नुपर्छ । हाम्रा चाडपर्व कृषिको क्यालेन्डरमा आधारित छ । त्यसकारण महोत्सव गर्दा पनि आफ्नो परम्परागत क्यालेन्डरमा आधारित भएर गर्नु राम्रो हुन्छ ।
पर्यटनकै कुरा गर्दा पर्यटनमै लागेका र पर्यटनबाट आयआर्जन गरिरहेका मानिसहरूलाई संलग्न बनाएर अघि बढ्नुपर्छ । उनीहरूसँग सरसल्लाह गर्नुपर्छ । उनीहरूसँग आइडिया हुन्छ । महोत्सवका चिह्नहरू बनाएर व्यापक प्रचार गर्नसके हस्तकला उद्योगको व्यापक प्रवद्र्धन हुनेछ । अहिले पनि भइरहेको छ, अझ राम्रो गर्नेतिर लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *