भर्खरै :

अन्तरनगर एथलेटिक्सको सोमबार समापन

भक्तपुर, ११ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथलेटिक्स प्रतियोगिताअन्तर्गत आइतबार भएको ४ ह १०० मि. रिले महिला फाइनल खेलतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागत्ता खाइजु, श्रयस्का शिल्पकार, कसिस गोठे प्रथम, ललितपुर महानपाका काजल बिष्ट, रजिना दुलाल, रफिका अवाले, सुप्रिभा रजत द्वितीय र ईशा राई, सन्दिपा भन्डारी, सुमिना दाहाल, कान्ति राई तृतीय हुन सफल भइन् ।
यसैगरी ४ ह १०० मि. रिले पुरुषतर्फको फाइनल खेलमा भक्तपुर नपाबाट रोहन सुवाल, रोशन पहरी, सुजन थारु, लोकेन्द्र बिष्ट प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ, सूर्य माझी, दिलिप थाकुर, अशोक माझी द्वितीय र ललितपुर महानपाका छिरिङ लामा, रोनिश आचार्य, विकास खाँक थकुरी, सौरव राईले तृतीय स्थान हासिल गरे ।

८०० मिटर दौड पुरुष फाइनलतर्फ ललितपुर महानपाका उत्तम श्रेष्ठ प्रथम, चौतारा साँगाचोकगढी नपाका दर्पण श्रेष्ठ द्वितीय र भक्तपुर नपाका सौगात बानियाँ तृतीय हुन सफल भए ।
८०० मि. महिला दौडको फाइनलमा ललितपुर महानपाका काजल विष्ट प्रथम, भक्तपुर नपाका श्रयस्का शिल्पकार द्वितीय, भक्तपुर नपाका ऊर्जा मधिकर्मी तृतीय हुन सफल भइन् ।
ज्याभ्लिङ थ्रो पुरुषतर्फको फाइनल खेलमा भरतपुर महानपाका वीरेन्द्र चौधरी प्रथम, भक्तपुर नपाका लोकेन्द्र विष्ट द्वितीय र रामेछाप नपाका शिवनाश कडरिया तृतीय हुन सफल भए ।
ज्याभ्लिङ थ्रो महिलातर्फको फाइनल खेलमा कीर्तिपुर नपाका शकुन्तला ठगुनी प्रथम, भक्तपुर नपाका स्वस्तिका कर्माचार्य द्वितीय र मन्थली नपाका अनिका कार्कीले तृतीय स्थान हासिल गरिन् ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर एथलेटिक्स प्रतियोगिताको सोमबार एक समारोहबीच समापन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *