अन्तर वडा फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न
- जेष्ठ ६, २०८३
भक्तपुर, ११ जेठ । भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको भक्तपुर नगरपालिका अन्तर वडा फुटसल प्रतियोगिताको सातौँ दिन जेठ १२ गते पनि तीन वटा खेल हुने भएको छ ।
सातौँ दिनको म्याच नं. १८ देखि २० सम्मका खेलहरू हुनेछन् । पहिलो खेल भक्तपुर वडा नं. ७ सँग वडा नं. ९ खेल्दै छ भने दोस्रो खेल वडा नं. ८ र ६ बिच हुँदै छ । त्यस्तै सातौँ दिनको अन्तिम खेल ५ नं. वडा र १० नं. वडाको बिचमा हुने आयोजक टीमका सदस्य एवम् प्रतियोगिताका संयोजक केशव कवांले बताउनुभयो ।
प्रतियोगिताको फाइनल तथा समापन समारोह जेठ १६ गते शनिबार बेलुका ६ बजेबाट हुने जानकारी दिँदै उहाँले प्रथम हुने टीमलाई नगद रु.२५ हजार ट्रफीसँगै प्रमाणपत्र प्रदान गर्ने बताउनुभयो । दोस्रो हुने टीमले नगद रु.१२ हजार पाँच सय ट्रफी र प्रमाणपत्र, प्रतियोगिताका उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीले ट्रफीसँग नगद दुई हजार पाँच सय रूपैयाँ प्राप्त गर्ने जानकारी दिनुभयो ।
प्रतियोगिता भक्तपुर नगरपालिकाभित्रका प्रत्येक वडाबाट एकएक वटा टीमको सहभागितामा लिग कम नक आउटको आधारमा भइरहेको छ ।
Leave a Reply