अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
फागुन १२ र १३ गते भएको संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण विभिन्न कारणले चर्चामा रह्यो । राष्ट्रपति ट्रम्पको सवारी चल्ने बाटो छेउछाउका झुपडी छेक्न भारत सरकारले लगाएको पर्खाल, अहमदाबादमा आयोजित नमस्ते ट्रम्प समारोहमा ट्रम्पबाट भारतका विभिन्न व्यक्तित्वको नाम गलत ढङ्गले उच्चारण, हिन्दू अतिवादी मोदीले ट्रम्पलाई मुसलमान राजाले बनाएको ताजमहलमा ट्रम्पलाई गराएको भ्रमण आदि धेरै कारणले सञ्चारमाध्यममा यो भ्रमणले चर्चा पायो । तर, ट्रम्प भारतमै छँदा ती सबै घटनाभन्दा बढी चर्चा पाएको विषय भने दिल्लीमा भएको दङ्गा हो । नागरिकता संशोधन ऐन (सीएए) ले भारतीय जनतालाई विभाजित गरेको छ ।
मोदी सरकारले संसद्मा प्राप्त बहुमतको आधारमा भारतीय जनताको विरोधलाई बेवास्ता गर्दै संसद्बाट सो ऐन पारित ग¥यो । धर्मनिरपेक्षतामा आधारित भारतीय संविधानको मूल भावना लत्याएर मोदी सरकारले नागरिकता प्राप्तिको आधार नै धर्म बनाएपछि सो ऐनको विरोधमा लगातार जनसङ्घर्ष हुँदै आएको छ । ट्रम्प भारतमा छँदा सीएएका पक्षधर हिन्दू अतिवादी शक्तिले दिल्लीका विभिन्न भागमा सीएएका विरोधीहरूमाथि निर्मम हमला ग¥यो । प्रहरी प्रशासन स्वयं हिन्दू अतिवादी शक्तिको पक्षमा उभिएको र विपक्षीलाई दमनमा उत्रेको धेरै घटनाबाट पुष्टि गरेको छ ।
दुई पक्षबीचको हिंसात्मक द्वन्द्वमा प्रहरी अधिकारीहरूसहित बुधबारसम्ममा कम्तीमा १८ जनाको निधन भइसकेको छ । यो दङ्गाले अझै उग्र र देशभर प्रभाव पार्नसक्ने खतरा छ । भारतमा हिन्दू अतिवादी शक्तिको जगजगी दिनानुदिन बढ्दो छ । अल्पसङ्ख्यक समुदाय, फरक राजनीतिक विचारका पक्षधरलाई मोदी सरकारले आरएसएसका गुण्डाहरूसँग मिलेर दमन गर्दै आएको छ । यसअघि विश्वविद्यालयका पर्खालभित्र हुने गरेको यस्ता दमन यो साता दिल्लीका सडकमा पनि देखिएको छ ।
मोदी सरकारले गत अगस्टमा भारतीय संविधानले काश्मीरलाई दिंदै आएको विशेषाधिकार खारेज गरेर त्यसयता सो क्षेत्रमा लगातार कफ्र्यु थोपरेको छ । भारत नियन्त्रित काश्मीरमा मानवअधिकार उल्लङ्घनको कुनै लेखाजोखा नै भएन । विदेशी प्रतिनिधिलाई काश्मीरमा जान भारत सरकारले निषेध गरेको छ । काश्मीर संसारकै सघन सैनिकको उपस्थिति भएको क्षेत्र हो ।
नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिकता पञ्जीकरण (एनआरसी) को विरोधमा भारतभरि उठेको आन्दोलनमाथि मोदी सरकार र भारतका हिन्दू अतिवादी शक्तिले चर्को दमन ग¥यो । यी सबै क्रियाकलापले भारत क्रमशः पुँजीवादी लोकतन्त्रबाट फासीवादतिर उन्मुख भएको देखिन्छ । मोदी सरकारले भारतीय लोकतन्त्रका सबै संरचना र मान्यतालाई एकपछि गरी ध्वस्त बनाउँदै छ ।
संरा अमेरिकामा ट्रम्प सरकारको आगमनपछि त्यहाँको लोकतान्त्रिक पद्धतिमा एकपछि अर्को हमला गरिरहेका छन् । ट्रम्पले अमेरिकी संविधानको भावनालाई लत्याएको भनी त्यहाँ चर्को आलोचना भइरहेको छ । उनीमाथि अविश्वासको प्रस्ताव समेत प्रस्तुत भयो । उनले अमेरिकी जनतामाथि थोपरेको दमनलाई संसारमा फासीवादको पुनः उदयको रूपमा हेरिएको छ ।
ट्रम्पको भारत भ्रमणलाई त्यसकारण संसारका समकालीन दुई फासीवादी नेताहरूबीचको भेटको रूपमा पनि चर्चा भयो । संरा अमेरिका र भारतबीच भएको रक्षा सम्झौता फासीवादी शक्तिबीच सहकार्य देखापर्छ ।
Leave a Reply