भर्खरै :

त्रुटीपूर्ण विधेयक पेश गर्ने मन्त्रीको राजीनामा माग

संसद्को एउटा महत्वपूर्ण काम विधेयकमाथि छलफल गरी देश र जनताको हितमा पारित गर्नु हो । जनताका प्रतिनिधिहरूले उठाएका विषयलाई सम्बोधन हुनेगरी सरकारले विधेयक तयार गर्नु आवश्यक छ ।
सरकारले पेश गरेका विधेयकहरू संविधानबमोजिम जनताको लागि गर्नुपर्ने आवश्यकताअनुसार भएको छैन । कतिपय विधेयकमा अप्रासङ्गिक विषय समेटिएका छन् । भाषा र व्याकरणजस्ता सामान्य त्रुटीसमेतमा सरकारले ध्यान नदिएको देखिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रियसभामा पेश गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकको दफा १० मा आनुसाङ्गिक त्रुटी भएको, दफा १४ पूरै नमिलेको विषय फागुन १४ को गोरखापत्र दैनिकमा सम्पादकीय प्रकाशित छ । यो विधेयकले सिंहदरबार ठहरूको घेरामा रहेकोलाई थप पुष्टि गरेको छ । सरकार र सम्बन्धित मन्त्रालयले देश, जनता र संसदलाई पूर्णरूपले बेवास्ता गरी यो विधेयक पेश भएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले राजीनामा गर्नुपर्छ । मन्त्रीले राजीनामा नगरे प्रधानमन्त्रीले बर्खास्त गरी संसद्को गरिमालाई कायम गर्नु आवश्यक छ ।
प्रधानमन्त्री केपी ओलीले ३९ औँ जन्मदिवस आफ्नो जन्मघर ते¥हथुमको आठराईमा मनाउन हेलिकप्टर चार्टर गरी नेपालको नक्सा आकारको केक लगेको र उक्त केक प्रधानमन्त्रीले काटेर सहभागीहरूलगायतलाई बाँडेको देशको सार्वभौमिकताविरूद्ध हो ।
सन् १९४९ मै ‘पार्टी समितिबारे काम गर्ने तरिका’ बारे चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष तथा विश्व कामदार वर्गका नेता माओ त्सेतुङ्गले नेताहरूको जन्मोत्सवलाई बिर्सनुपर्ने, नेताहरूको नाममा ठाउँ, सडक, प्रतिष्ठान नामकरण गर्न नहुने, सादा जीवन र कडा मेहनत गर्नुपर्ने बताउनुभएको हो ।
क्रान्ति र प्रतिक्रान्तिको दुई लाइन स्पष्ट गर्नुपर्छ । घमण्डी नहुने, चाप्लुसी र प्रशंसादेखि सचेत हुने पनि उहाँले भन्नुभएको थियो ।
नेपाल ट्रस्टअन्तर्गतका जग्गा र भवन कुन–कुन प्रम र गृहमन्त्रीले क–कसलाई के–कतिमा कसरी–किन दिएको हो प्रम र ट्रष्टका अध्यक्ष रक्षमन्त्रीलाई यही संसद्मा सत्यतथ्य बोल्न दिनु आवश्यक छ
(२०७६ फागुन १५ गतेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले राख्नभएको मन्तव्यको सार– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *