भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
भक्तपुर, १५ फागुन । बासु माध्यमिक विद्यालयको ५७ औँ र बासु कलेजको ११ औँ वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी बिहीबार सुरु भएको छ । फागुन १६ गते पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसाथ प्रदर्शनी पनि समापन हुने विद्यालयले जनाएको छ ।
शैक्षिक प्रदर्शनीमा विज्ञानका विभिन्न प्रयोगहरूको साथै विद्यार्थीका सिर्जनाहरू राखिएका थिए । आधारभूत तहदेखि कक्षा १२ र डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीले पाठ्यक्रममा सम्बन्धित विभिन्न मोडेलहरू प्रस्तुत गरेका हुन् ।
बिहीबार आयोजित एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष गोसाईले विद्यालयले विद्यार्थीलाई सिर्जनशील हुन उत्साहित गरेको बताउनुभयो । उहाँले हाम्रो निम्ति साना लाग्ने विद्यार्थीका सिर्जना उनी आफँैको निम्ति ठूलो हुने भन्दै सिर्जनाका फूल फुल्न दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य अम्बिका न्याइच्याईले विद्यार्थीको उत्साह देखेर खुसी लागेको भन्दै वार्षिकोत्सवले अध्ययनको निम्ति ऊर्जा मिल्ने बताउनुभयो ।
विद्यालयका उपप्राचार्य रवीलाल प्रधानले विद्यार्थीलाई उचित वातावरण दिनसके आफैँ अध्ययन तथा खोजीमा लाग्दा रहेछन् भन्ने शैक्षिक प्रदर्शनीले देखाएको बताउनुभयो ।
मावि इन्चार्ज सुनिता घटुवाले प्रदर्शनी सानो भए पनि यसले पार्ने प्रभाव कम नहुने विचार राख्नुभयो ।
प्रदर्शनीमा विद्यार्थीले हाँस र माछा पालनको मोडल बनाई हाँसको फोहर माछालाई खुवाउन सकिने अवधारणासमेत प्रस्तुत गरेका थिए । त्यस्तै नेपालको सन्दर्भमा पहाडी क्षेत्रमा गरिने ग¥हाग¥हाको खेती, माटोबिनाको खेती, कौसी खेतीलगायतका मोडेल पनि प्रस्तुत गरेका थिए । विद्यार्थीले कम्प्युटरसम्बन्धी विभिन्न मोडेलहरूका साथै पानीको चापबाट डोजरचलाउने विधिसमेत प्रस्तुत गरेका थिए ।
Leave a Reply