भर्खरै :

पोम्पेओको झूट र लुप्त अमेरिका

पेइचिङ, २७ फेब्रुअरी । केही दिनअघि आयोजित म्युनिख सुरक्षा बैठकमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पश्चिमाले सामूहिक विजय गरिरहेको कुरा उठाउनु भएको थियो । तर बेलायती गार्जियन अखबारले एउटा लेख प्रकाशित गर्दै पोम्पेओको आलोचना गरेको छ ।
उक्त लेखका अनुसार, अमेरिका र बेलायतले सामूहिक विजय प्राप्त नगरेको मात्र नभई सम्बन्ध अझ टाढा भएको छ । ह्वावे फात् जीबारे यी विशेष सहयोगीहरूले फरक धारणा लिएका छन् । आगामी महिना आयोजना हुने अमेरिका र बेलायतका नेताबीचको वार्ता रद्द भइससकेको जनाइएको छ ।
बेलायतले स्वदेशको फात् जी निर्माणमा ह्वावेको संलग्न स्वीकार गरेको छ । जसले ह्वावेको प्रविधि विश्वसनीय र सुरक्षित भएको पुष्टि गरेको छ । साथै यूरोपेली सङ्घबाट हटाएपछि बेलायतले चीनसँगको सहयोगलाई कायम राख्ने बलियो इच्छा पनि देखाएको छ । ह्वावे फात् जी प्रविधिसम्बन्धी अडान तथा आगामी अमेरिका तथा बेलायतको व्यापारिक सन्धिबारे हेर्दा अमेरिकाको घमण्डी धारणा बेलायतका लागि ठूलो चुनौती बनेको उक्त लेखमा विश्लेषण गरिएको छ ।
साथै अमेरिका र यूरोपको सम्बन्धमा पनि समस्या छ । अमेरिकी नीतिले व्यापार, राजनीति तथा सुरक्षा मामिलामा प्रभाव पारेको छ । यस अमेरिका सरकारको तर्कमा पूरै विश्वले अमेरिकाबाट लाभ पाएको छ । त्यसैले अमेरिकाले एकपक्षीयतावादी कदमद्वारा तथाकथित नयाँ अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक व्यवस्थाको निर्माण गर्न खोजेको छ ।
गार्जियन अखबारमा प्रकाशित लेखमा यस्तो विषय छ – केही अमेरिकी राजनीतिज्ञहरू आत्मसन्तोष, गौरव तथा बनावटी अवस्थामा रहेका छन् । त्यसैगरी अमेरिकाले लुप्त बाटोमा झन् झन् टाढा गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *