भर्खरै :

चीन ध्वस्त भयो’ को हौवा झूट

पेइचिङ, २९ फेब्रुअरी । धेरै वर्षदेखि पश्चिमी केही विद्वान र सञ्चारमाध्यमले तथाकथित ‘चीन ध्वस्त हुने’ कालको निरन्तररूपमा अनुमान गर्दै आएका छन् । तर, अनुमान हरेक पटक विफल भएको थियो । कोभिड १९ फैलिएपछि उनीहरूले फेरि मौका छोपेका छन् । उनीहरूले महामारीलाई चीनको ‘चेर्नाेबिल अवधि’कै रुपमा वर्णन गरेका छन् । उनीहरूको विचारमा चीनको व्यवसायले आकस्मिक सार्वजनिक स्वास्थ्य घटनाको सामना गर्ने क्षमता छैन ।
नतिजाबाट प्रमाणित गरिएअनुसार, उनीहरू फेरि विफल भएका छन् ।
चीनको विभिन्न क्षेत्रको पुनःउत्पादन सुचारु भइरहेको छ । सोही दिन सार्वजनिक भएको ‘कोभिड १९ सम्बन्धी चीन विश्व स्वास्थ्य सङ्गठनको संयुक्त निरीक्षण प्रतिवेदन’ अनुसार, चीनले ‘इतिहासमा सबैभन्दा साहसी, सबैभन्दा लचिलो, सबैभन्दा सकारात्मक’ कदम चालेको छ । जसले कोभिड १९ फैलावटलाई प्रभावकारीरूपमा रोकेको छ र विश्वलाई कोरोना भाइरसको सामना गर्नका लागि महत्वपूर्ण अनुभव उपलब्ध गराएको छ ।
हाल चीनका सर्वोच्च नेता सी चिन फिङले विदेशका नेताहरूसँग टेलिफोन वार्ता गर्दै विदेशी अतिथिसँग भेटघाट गर्नुभएको र विदेशी मित्रतालाई जवाफी पत्र पठाउनुभएको छ ।
सो अवसरमा उहाँले ‘भाग्य समुदाय’ को अवधारणामा महत्व दिनुभएको, विभिन्न मुलुकका जनताको सुरक्षासित सम्बन्धित महामारीलाई पराजित गर्न सहयोग तथा एकता सबैभन्दा सशक्त हतियार भएको व्यक्त गर्नुभएको छ । नेता सीले चीनले सबैभन्दा चौतर्फी, सबैभन्दा गम्भीर प्रतिरोध कदम चालेको बताउनुभयो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले चिनियाँ जनताले महामारीको रोकथाम तथा नियन्त्रणका लागि ठूलो योगदान दिएको बताउनुभएको छ ।
महामारी मानवको शत्रु बनिसकेको छ । महामारीलाई पराजित गर्न विज्ञान, विवेक, एकता र सहयोग चाहिन्छ ।
(सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *