भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
सुर्खेत, १७ फागुन । “सरकारमा गएका पार्टीहरूले देश र जनताको हितमा काम गर्नसकेनन् ।”
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले स्थानीय भेरी एफएमका पत्रकारसँगको अन्तर्वार्तामा शनिबार उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले पञ्चायतविरूद्धको सङ्घर्ष तीस वर्ष लागेको उल्लेख गर्दै बहुदल र गणतन्त्रको तीस वर्षमा सरकारमा गएका पार्टीहरू पनि देश र जनताविरोधी काममै समाप्त हुने औँल्याउनुभयो ।
“पालैपालो सरकारमा गएका पार्टीहरूले भ्रष्टाचार गरी अर्को चुनावको खर्च जुटाउने वर्तमान स्थिति अन्त्य हुनु आवश्यक छ । निर्वाचन आयोग र अख्तियारलगायत संवैधानिक आयोगमा पदाधिकारी प्रम अध्यक्ष हुने संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति हुने हुँदा ती आयोगहरू सरकारको प्रभावमा परेको हो ।” सचिव सुवालले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले नेपालको भूमि लिम्पियाधुरा भारतले आफ्नो नक्सामा गाभेर अतिक्रमण गरेको विरोधमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
बहुदलपछि सरकारको काम मूल्याङ्कन गर्दा नेका, एमाले र माओवादीबीच कुनै भिन्नता नभएको उल्लेख गर्दै उहाँले देशको सन्तुलित विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“राजनीतिक दलहरू जिल्ला–जिल्लामा सरकारी जग्गा कब्जा गरी भवन उठाएर बहालमा लगाउनु पनि भ्रष्टाचार हो । नेमकिपा यो भ्रष्टाचारको विरोध गर्छ”, सांसद सुवालले थप्नुभयो ।
Leave a Reply