परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
कैलाली, १७ फागुन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घमा आबद्ध शिक्षकहरूको भेला शनिबार सम्पन्न भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले कामदार जनतालाई राजनीतिकरूपले सचेत पार्ने काममा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
एमसीसीको सम्झौता पारित भए देश साम्राज्यवादीहरूको युद्धभूमि हुनसक्ने खतराप्रति सचेत गराउँदै उहाँले एमसीसीको विरूद्ध शिक्षकहरूले आवाज बुलन्द गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी शिक्षकहरूबीच अन्तरक्रिया गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गुप्तबहादुर शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामी र तिलक गड्तौलाले पनि बोल्नुभएको थियो ।
भेलाले चैत २२ गते नेक्राशिसङ्घको प्रथम कैलाली जिल्ला सम्मेलन लम्कीमा गर्ने निर्णय गरेको छ ।
रचना वाचन कार्यक्रम सम्पन्न
नेपाल साहित्य समाज लम्कीको आयोजनामा शनिबार रचना वाचन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले साहित्य समाजको ऐना भएको चर्चा गर्दै कामदार वर्गको पक्षमा अन्याय र अत्याचारको विरूद्ध साहित्य सृजना गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले माक्र्सवादी साहित्यबाट जनतालाई शिक्षित गर्नुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा गुप्तबहादुर शाही, टीक दर्लामी, तिलक सिजापति, तिर्सना पुन, कविता घर्तिमगर, काशीराम जैसी, पूजा जैशीलगायतले साहित्य वाचन गर्नुभएको थियो ।
Leave a Reply