नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हवाना, ३ मार्च । क्युवामा कार्यरत संरा अमेरिकी र क्यानाडेली कूटनीतिज्ञहरूमा फैलिएको भनिएको हवाना सिन्ड्रम मिडियाबाजीमात्र भएको सोमबार वैज्ञानिकहरूले भनेका छन् ।
“क्युवामा संरा अमेरिका र क्यानाडाका कूटनीतिज्ञहरूमाथि ध्वन्यात्मक आक्रमण पत्रकारहरूको दाबी हो, वैज्ञानिकहरूको होइन”, इलिनिओस विश्वविद्यालयको कलेज अफ मेडिसिनका प्राध्यापक मार्क रसेनिकले क्युवा, संरा अमेरिका, क्यानाडा र बेलायतका विज्ञहरूको एउटा प्राज्ञिक कार्यक्रमको उद्घाटन कार्यक्रममा भने ।
प्राज्ञ रसेनिकले सो घटनाबारे एक पक्षको विश्लेषण गर्नभन्दा पनि सत्यको खोजीमा केन्द्रित हुन अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायको महत्वलाई जोड दिएका छन् ।
सन् २०१७ को फेबु्रअरीमा संरा अमेरिकाले क्युवामा रहेका आफ्ना कूटनीतिज्ञहरूमाथि अचम्मको बिरामी देखापरेको भन्दै ध्वनि आक्रमण भएको भन्दै क्युवाप्रति भत्र्सना गरेको थियो ।
संरा अमेरिकाको सो आरोपलाई क्यानाडाले पनि हो मा हो थपेको थियो । क्यानाडाले पनि आफ्ना कूटनीतिज्ञहरूलाई रिंगटा लाग्ने, बिर्सने र श्रवणमा समस्या भएको बताएका थिए । हवानाको न्युरोसाइन्स सेन्टरका निर्देशक मिट्चेल भाल्देसले कूटनीतिज्ञहरूमा अरू नै कुनै कारणले त्यस्तो समस्या देखिएको हुनसक्ने बताए ।
“ध्वनि आक्रमणको कुरा मान्न क्युवा तयार छैन । यो अर्थहीन कुरा हो । सहरभरि कूटनीतिज्ञहरूलाई कसैले पछ्याइरहेको कुरा बेतुकको छ । यो वैज्ञानिक सिद्धान्तविपरीत छ । यो विज्ञान कथाबाहेक केही होइन”, क्यानाडाका आफ्ना समकक्षीहरूसँग मिलेर काम गरिरहेका क्युवाली विशेषज्ञले भने ।
क्युवामा रहेका संरा अमेरिकी र क्यानाडेली कूटनीतिज्ञहरूको स्वास्थ्य हाम्रो चासोको विषय हो । हामी कुनै पनि अनुमानमाथि अध्ययन गर्न तयार छौँ । हामी पारदर्शी र इमानदार संवादमा विश्वास गर्छौं”, उनले भने ।
अर्कोतिर क्यानाडाको दलहाउस विश्वविद्यालयको दिमागी उपचार केन्द्रका प्राध्यापक एलोन फ्रेडम्यानले यो घटनालाई बहुपक्षीय कोण र अवधारणाबाट अध्ययन गर्नुपर्नेमा जोड दिए ।
उनले सो बिरामीको कारण पत्ता लगाउन क्युवाली वैज्ञानिकहरूसँग सहकार्य गरिरहेको पनि बताए ।
संरा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा सरकारले क्युवा र संरा अमेरिकाबीचको सम्बन्ध सुधार गरेयता भएको सो कथित ध्वनि आक्रमणपछि दुई देशको सम्बन्ध अझ बिग्रेको छ । क्युवाली अधिकारीहरूले विदेशी कूटनीतिज्ञहरूमाथि ध्वनि आक्रमणको कुनै प्रमाण नभएको बताउँदै आएका छन् ।
Leave a Reply