भर्खरै :

अदृश्य कारण, दृश्य परिणाम !

राजन
तपाईँले कहिल्यै पृथ्वीको सतहमा रहेको पानी वाष्पीकरण भई उडेर आकाशतिर गएको याद गर्नुभएको छ ? हामी धेरैलाई यो प्रक्रियाबारे थाहा त छ । तर, आँखाले देखेका छैनौँ । पृथ्वीको सतहको पानी उडेर आकाशतिर जाने तथ्य थाहा नहुने अझ कति छन् कति । तर, अनौठो कुरा के भने त्यहाँ पुगेर बादल भएपछि पानी भएर फेरि पृथ्वीको सतहमै झरेको हामी जो कोहीले देख्छौँ । यस्ता कुरा थुप्रै छन् जसको ‘कारण’ सहजै याद हुँदैन जबकि ‘परिणाम’ आएपछि मात्र हामी चाल पाउँछौँ ।
हो, विश्वका विभिन्न मुलुकमा जाने अमेरिकी आर्थिक ‘सहयोग’ को प्रक्रिया पनि यस्तै छ । संसारको कुनै पनि मुलुकमा अमेरिकी सहयोगको रूपमा प्रदान गरिने रकम सम्बन्धित देशका जनतालाई थाहा हुन्छ । तर, अमेरिकी आर्थिक सहयोगले त्यो देशका सामाजिक, राजनीतिक र धार्मिक पक्षलाई नकारात्मक असर पारिरहेको वास्तविकता भने सहजै थाहा हुँदैन । सर्वसाधारण जनताले यस्तो घटनालाई याद गरेका हुँदैनन् । जुन भुसको आगोसरि विस्तारै आन्तरिक द्वन्द्व बढाउने कारक बन्छ र युद्धको परिस्थिति बन्छ । त्यो अवस्था हामीले पृथ्वीको सतहबाट पानी बाफ भएर उडेको चाल नपाएजस्तै हुन्छ । जब युद्धको परिस्थिति साँच्चै युद्धमा परिणत हुन्छ, तब पृथ्वीमा पानी परेको सबैलाई थाहा भएजस्तै बल्ल जनताको होस खुल्छ ।
प्रसङ्ग अमेरिकी आर्थिक ‘सहयोग’ परियोजना ‘एमसीसी’ को हो । अमेरिका आर्थिक सहयोगको नाममा संसारभर रणनीतिक हिसाबले महत्वपूर्ण स्थानमा आफ्नै सेना तैनाथ गर्छ । त्यही रणनीतिअनुरूप लिविया, इराक, अफगानिस्तानलगायत विभिन्न मुलुकमा अमेरिकी सेना तैनाथ छन् । वर्तमान समयमा कति बेला गोली छातीमा दागिने हो वा कतिखेर बम आफ्नो टाउकोमाथि बज्रिने हो, ती देशका जनता सधैँ त्रासमा बाँच्न बाध्य छन् । ती देशमा अमेरिकी ‘सहयोग’ गएको सबैले देखे । तर, युद्धको परिस्थिति बनेको कसैले चाल पाएनन् । नेताहरूले दूरदर्शिता देखाउन सकेनन् । जब गोला बारुदको प्रयोग भयो, आकाशमाथि लडाकु विमान देखिन थाले, तब पानी परेको थाहा पाएजस्तै सबै जनताले अमेरिकी ‘सहायता’ को परिणाम चाल पाए । विडम्बना त्यतिञ्जेल समय घर्किसकेका हुन्थ्यो । अहिले सिरिया, अफगानिस्तान, इराकलगायत देशका जनता आफ्नो धन–सम्पत्तिको बचाउ होइन, आफ्ना परिवार सन्तानको ज्यान बचाउनु नै उनीहरूलाई धौ धौ छ । हामी देखिरहेका छौँ, ती युद्धग्रस्त देशका जनता ज्यान जोगाउन स्थलमार्ग, समुद्री मार्गबाट विदेशी भूमिमा जान खोज्दा कति मानिसहरूले आफ्ना परिवारका सदस्य गुमाउनुपरेको छ ।
अमेरिका कहिल्यै पनि आफ्नो भूमिमा लडाइँ लड्दैन । हालैमात्र इरान–अमेरिकाबीच छोटो लडाइँ भयो । तर, अमेरिकाले इराकको भूमिमा बसेर इरानसँग लडाइँ ग¥यो । क्षति इरान र इराकमा भयो । यमनका हुथुसँग अमेरिकी सेनाको द्वन्द्व भयो । तर, साउदी अरेबियाको भूमि प्रयोग भयो । उत्तर कोरियासँग लडाइँ गर्न अमेरिकी सेना तयारी अवस्थामा बसेको छ । तर, लडाइँ भयो भने दक्षिण कोरियाली भूमिमा हुनेछ । यो विषयमा उत्तर कोरियाले ‘अमेरिकी सेनासँग लडाइँ भए अमेरिकी भूमिमै आक्रमण गर्ने बताइसकेको छ । यसरी कुनै पनि मुलुकसँग अमेरिकाको द्वन्द्व हुने सङ्केत भए अमेरिकाले त्यो मुलुकको नजिकैको भूमि खोजेर तयारी अवस्थामा बस्छ । यो ऐतिहासिक पृष्ठभूमिमा किन अमेरिकाले प्राथमिकताका साथ नेपाली भूमिलाई सहयोग गर्न लालायित छ भन्ने कुरा नेपाली जनताले मनन गर्न आवश्यक छ ।

टीभी च्यानल ‘इमेज’ ले त्यत्रो जनसहभागितामध्ये छानी छानी केही स्कूलका विद्यार्थीसँग एमसीसीबारे प्रहरीले अपराधीलाई केरकार गरे जसरी प्रश्न सोध्यो । ती विद्यार्थी माइक र क्यामा अगाडि आत्तिएर केही बोल्न सकेनन् । त्यसै कुरालाई मुद्दा बनाएर जुलुसमा बच्चाहरूको प्रयोग भनी इमेज च्यानलले समाचार प्रसारण ग¥यो । मानौँ, एमसीसी गौण विषय हो । बरु ती विद्यार्थी जुलुसमा सामेल भएको नै ठूलो अपराध हो । यहाँ ती विद्यार्थीलाई प्रश्न सोधिएको भन्दा पत्रकारको नियत ठीकमाथि प्रश्न उठेको छ । राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा भएको प्रदर्शन छायाँमा पार्न ‘तिललाई पहाड बनाउनु’ नै पत्रकारको नियत देखियो ।

“तेल थपी के हुन्छ र ? निभेपछि बत्ती” भनेजस्तै हामी नेपालीहरू पनि दुर्घटना भइसकेपछि होस खुल्दा के पो हुन्छ र ? त्यसैले समयमै चेत खुल्नुप¥यो । मन्त्री पदमा रहेका गोकुल बास्कोटाले एमसीसीको वकालत गर्ने क्रममा खुलेआम अमेरिकाको सामु घुँडा टेकेर सबै जनतालाई घुँडा टेक भन्ने भावमा चेतावनी दिँदै भने, “अमेरिकाले चाह्यो भने कसैलाई पनि ‘सुलेमानी’ बनाउन सक्छ, अमेरिकासँग जोरी नखोज ।” यदि गोकुलजस्ता लोभी नेतालाई समर्थन गर्ने हो भने हामी जनता पीडित होइन, मतियार हुनेछौँ । पक्कै पनि दास र दलालहरूलाई नैतिकवान, आदर्श जीवनभन्दा चाप्लुसी र गुन्डागर्दी व्यवहार मनपर्छ । त्यसैले यस्ता देशद्रोहीको लहैलहैमा लाग्यो भने इराक र सिरियाका जनताजस्तै हामीलाई पनि आफ्नै ज्यान जोगाउन हम्मेहम्मे पर्ने दिन टाढा हुनेछैन ।
२०५८ सालतिर भक्तपुर अस्पतालको आकस्मिक कक्षको भवन बनेको भक्तपुरका जनतालाई याद छ । जाबो टहरा मार्काको एउटा भवन बनाउन पनि धेरै सङ्ख्यामा अमेरिकी सेना बन्दुक तेस्र्याएर निर्माणस्थल वरपर पहरा बसेका थिए भने एमसीसीअन्तर्गत बनाउने भनिएको त्यति लामो दूरीको सडक बनाउँदा अमेरिकी सेना कति सङ्ख्यामा आउलान् र कति बन्दुक तेस्र्याउलान् ? काकताली हो वा योजनाबद्ध भनूँ, उक्त आकस्मिक कक्षको उद्घाटनकै राति नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो ।
यस्तो डरलाग्दो अमेरिकी सहयोग एमसीसी सम्झौताबारे जनतालाई सुसूचित गर्ने अभियान चलिरहेको छ । यही अभियानअन्तर्गत एमसीसीको विरोधमा अघिल्लो साता नेपाल मजदुर किसान पार्टीले अमेरिकी दूतावासमा विरोधपत्र बुझायो । कार्यक्रमअन्तर्गत काठमाडौँको रत्नपार्कदेखि अमेरिकी दूतावाससम्म जुलुस प्रदर्शन गरिएको थियो । त्यही जुलुसमा केही स्कूलका विद्यार्थी पनि थिए । टीभी च्यानल ‘इमेज’ ले त्यत्रो जनसहभागितामध्ये छानी छानी केही स्कूलका विद्यार्थीसँग एमसीसीबारे प्रहरीले अपराधीलाई केरकार गरे जसरी प्रश्न सोध्यो । ती विद्यार्थी माइक र क्यामा अगाडि आत्तिएर केही बोल्न सकेनन् । त्यसै कुरालाई मुद्दा बनाएर जुलुसमा बच्चाहरूको प्रयोग भनी इमेज च्यानलले समाचार प्रसारण ग¥यो । मानौँ, एमसीसी गौण विषय हो । बरु ती विद्यार्थी जुलुसमा सामेल भएको नै ठूलो अपराध हो । यहाँ ती विद्यार्थीलाई प्रश्न सोधिएको भन्दा पत्रकारको नियत ठीकमाथि प्रश्न उठेको छ । राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा भएको प्रदर्शन छायाँमा पार्न ‘तिललाई पहाड बनाउनु’ नै पत्रकारको नियत देखियो ।
पत्रकार महोदय, सक्छौँ भने सम्झौता संसद्बाट पारित गर्नसक्ने हैसियत भएका सांसद बनेका गुण्डा, ठेकेदार, कालाबजारी एक–एकलाई एमसीसीबाट देशलाई कस्तो दूरगामी असर के पर्छ ? देशलाई घाटा हुन्छ कि फाइदा भनेर ? भनी प्रश्न गरौँ । हेरौँ, तिनीहरूको जवाफ कस्तो हुन्छ । ठोकुवा गरेर भन्न सकिन्छ, आधाभन्दा बढी त्यस्ता संसद्ले १० वाक्य बोल्न सक्दैनन्, एमसीसीबारे । यो आन्दोलन कुनै एउटा पार्टीको चुनावी अभियान होइन । कुनै एक नेतालाई चुनावमा जिताउनको निम्ति भएको जुलुस होइन । नेमकिपाका कुनै नेताको स्वार्थसिद्धिको लागि भएको आन्दोलन होइन । नितान्त देश हितको लागि भएको आन्दोलन हो । न्यायप्रेमी र देशभक्त जोसुकै जनताले पनि यो आन्दोलनलाई समर्थन गर्नुपर्छ । राष्ट्रिय मुद्दाको गम्भीरतालाई मनन गरेर सञ्चारमाध्यमबाट समाचार प्रसारण गरिनुपर्छ । यो विषयमा हामी समयमै सजग नबने भविष्यमा लडाकु विमानमुनि युद्धले जर्जर भएको भूमिमा बसेर पत्रकारिता गर्ने दिन नआउला भन्न सकिंदैन ।
परिणाम भोग्नुभन्दा अघि नै कारण बुझ्ने प्रयास गरौँ, नेपालमा आउने भनिएको अमेरिकी एमसीसीविरुद्ध हुने जनताको सङ्घर्षमा सरिक होऔँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *