भर्खरै :

बाइस सयले बढ्यो सुन

काठमाडौँ, २१ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला रू. दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला रू. ८० हजार ५०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रू. ८० हजार २०० निर्धारण गरिएको छ ।
महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला रू. ७८ हजार ३०० र तेजाबी सुन प्रतितोला रू. ७८ हजारमा खरिद बिक्री भएको थियो । यसैगरी नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रू. २० ले बढेको छ । चाँदीको मूल्य प्रतितोला रू. ८८० पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *