कीर्तिपुर, २१ फागुन । नेपाल मजदुर किसान पार्टी कीर्तिपुरको नगर भेला मङ्गलबार भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीका कार्यकर्ताले पार्टीको विधान र कार्यक्रमलाई नियमित अध्ययन गर्न अनुरोध गर्नुभयो । पार्टीको विधान र कार्यक्रम पार्टीको मार्ग निर्देशन हो, विधानविपरीत कार्य गर्ने अनुशासन पालना नगर्ने कार्यकर्ताहरूलाई आलोचना गरी सजग बनाउनुपर्छ, उहाँले बताउनुभयो ।
उहाँले फागुन २३ र २४ गते हुने छैठौँ काठमाडौँ जिल्ला सम्मेलनमा सबै साथीहरूलाई सहभागी गराउन कार्यकर्ताहरू सक्रिय हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले पार्टीमा लाग्नु प्रतिक्रियावादीहरूविरुद्ध शक्ति सञ्चय गर्नु हो, गरिब कामदार जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित पार्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा पार्टीका अग्रज नेताहरू श्रीकृष्ण महर्जन, बासुदेव डंगोल र प्रशान्त महर्जनले पार्टी गतिविधिहरूबारे जानकारी दिनुभयो । सङ्गठित सङ्गठनले मात्र हरेक कार्य सहजरूपमा हुने भएकोले उहाँले सबै साथीहरूलाई एकत्रित गर्न आग्रह गर्नुभयो ।
नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिमान महर्जनले पनि बोल्नुभएको थियो । भेलाले हरिकुमार महर्जनको अध्यक्षतामा सात सदस्यीय नेमकिपा कीर्तिपुर नगर समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *