अकल्पनीय जनधनको क्षतिप्रति नेमकिपाद्वारा गहिरो दुःख प्रकट
- भाद्र ११, २०८३
भक्तपुर, २१ फागुन । भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर नगर कार्यपालिकाको बैठकले ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमको सूचीमा विश्व स्वास्थ्य संगठनले नेपाल समेतलाई राखेको र नेपाल सरकारले पनि ठूला खालका सभा, सम्मेलन, महोत्सव नगर्न आह्वान गरेको सन्दर्भमा भक्तपुर महोत्सव स्थगित गर्ने’ निर्णय गरेको छ ।
भक्तपुर नगरपालिकाले आगामी चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव गर्ने निर्णय भक्तपुर नगरपालिकाको पाँचौं नगरसभाले गरेको थियो ।
“कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखी हाल महोत्सव स्थगित भएको छ । तर, परिस्थिति अनुकूल बनेसँगै महोत्सवको अर्को तयारी गर्नेछौं”, महोत्सव आयोजक समितिका अध्यक्ष एवं नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
झन्डै दुई साताअघि स्थगित महोत्सवको सफल पार्नमा आयोजक समिति अन्तिम तयारीमा जुटिरहेको थियो । “सबै वडामा दुई–तीन चरणको बैठक बसेर आवश्यक तयारी भइरहेको थियो । प्रचार प्रसार, स्टल बुकिङदेखि निमन्त्रणा कार्ड वितरणसम्मका गतिविधिले तीब्रता लिइरहेको अवस्थामा महोत्सव स्थगित गर्नुपर्ने बाध्यता आइलाग्यो”, महोत्सव संयोजन समितिका गौतमप्रसाद लासिवाले बताउनुभयो ।
Leave a Reply