एसईई परीक्षा नतिजा निकाल्न एक जना विद्यार्थी कति वर्ष पर्खनुपर्ने हो ?
- भाद्र १०, २०८३
गौरव प्रधान
नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार छ, यो यथार्थ हो । तर, सरकारको शासन शैली कम्युनिस्टको सिद्धान्त र विचारअनुसार छैन, यो अर्काे यथार्थ हो । नेपालमा अहिले खासै कम्युनिस्ट आन्दोलन भइरहेको छैन । तर, नेमकिपालगायतका केही दलहरूले कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरिरहेका छन्, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरिरहेका छन् । पुँजीवाद र सामन्तवादको विरोध भइरहेको छ ।
विदेशी शक्ति राष्ट्रको दबाब, चलखेलको विरोध भइरहेको छ । यस अर्थमा कम्युनिस्टहरूको पक्षमा प्रचारात्मक अभियान चालू छ । तर, सत्तारुढ दल नेकपाले कम्युनिस्ट आन्दोलन त के कम्युनिस्टहरूको पक्षमा प्रचारात्मक अभियान पनि गरिरहेको छैन । नेकपाले त सरकारको नेतृत्व गरेर मोजमस्ती गरिरहेको छ, सत्तामा बसेर विकासको कुरा फुकिरहेको छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ‘नेपालको कम्युनिस्ट आन्दोलन विश्वको लागि नमुना’ भनेका छन् । सत्तारुढ दलले वास्तवमा देशमा त्यस्तो कुनै कम्युनिस्ट आन्दोलन छेडेको छैन । एमाले र माओवादी मिलेर निर्वाचनमा जितेर सरकारको नेतृत्व गरिरहनुलाई नै कम्युनिस्ट आन्दोलन मान्छ भने केही भन्नुछैन ।
नेकपाले संसद्को निर्वाचनमा पनि कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरेन । नेताहरूले बरु आफ्नो दललाई बहुमत बनाए विश्वमा कसैले नगरेको काम गर्ने बताए । के निर्वाचनबाट नेकपा सरकारमा पुग्नु नै कम्युनिस्ट आन्दोलन हो ? के सरकारमा पुग्नु नै विश्वको लागि नेपालको कम्युनिस्ट आन्दोलनको नमुना हो ? माओवादीले देशमा १० वर्ष ‘जनयुद्ध’ छेड्यो । त्यो पनि आत्मसमर्पणमा टुङ्गियो या सरकारसामु झुकेर हातहतियार बुझाइयो । के ‘जनयुद्ध’ छेडेको १० वर्षपछि क्रान्तिकारी विचार छोड्नु नै विश्वको लागि कम्युनिस्ट आन्दोलनको नमुना हो ? सशस्त्र सङ्घर्ष नगरी सरकारमा पुग्नु या सरकारको नेतृत्व गर्नु नै कम्युनिस्ट आन्दोलन हुन्छ ?
साँच्चै कम्युनिस्ट पार्टीको सरकार हो भने कम्युनिस्टको सिद्धान्त र विचारअनुसार विश्वका कुनै पनि मुलुकले गर्न नसकेको काम गरेर देखाउनुपर्छ । विश्वको लागि उदाहरणीय काम गरेर देखाउनुपर्छ । कम्युनिस्टको सिद्धान्त र विचारअनुसार सिन्को नभाच्ने नेकपाको सरकारले कुन आन्दोलनलाई विश्वकै नमुना कम्युनिस्ट आन्दोलन भनी रेकर्ड गर्न लागेको हो ? के अहिले नेपालमा नेकपाको कम्युनिस्ट आन्दोलन चलिरहेको छ ? कुन विषयलाई लिएर नेपालमा कम्युनिस्ट आन्दोलन भइरहेको छ ? नेकपाले कम्युनिस्ट आन्दोलन होइन अमेरिकी साम्राज्यवादसामु झुकेर एमसीसी सम्झौता गर्न लागेको छ, भारतीय विस्तारवादको उठबसमा रहेर नेपाललाई भारतनिर्भर बनाइरहेको छ । नेपाली भूमि मिचे पनि मौन बस्नु नै विश्वको लागि नमुना हो कि ! कम्युनिस्टको खोल ओढेर कम्युनिस्टकै सिद्धान्त र विचार उल्लङ्घन गर्नु नै विश्वको लागि नमुना हो !
Leave a Reply