यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, फागुन २५ गते । सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलको देउजागाउँमा बहुला कुकुरले आतङ्क फैलाएको छ । आज बिहान स्थानीय भद्रकाली र सरस्वती मन्दिरमा बासुरी बाजामा सहभागी भई घर फर्कने क्रममा रहेका २ जना स्थानीयलाई बहुला कुकुरले टोकेर घाइते बनायो । बाटोमा हिँडीरहेका वर्ष ६१ का बुद्धवीर त्वातीलाई टाउको र निधारमा टोकेर गाउँ पसेको सो कुकुरले वर्ष ७६ का अर्का स्थानीय मंगलाल सुवाललाई पनि खुट्टामा टोकेरे घाइते बनायो । घाइते दुवै जनालाई एम्वुलेन्समार्फत तत्कालै जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा ल्याई उपचार गरियो ।
बाटोमा हिडिरहेका मानिसलाई उफ्रेर टाउकोमै आक्रमण गर्ने कुकुर बहुला भएकोले पाँच पटकसम्म नियमित रेविज विरुद्धको सुई लगाउन डाक्टरले सिफारिस गरेको छ । उपचार पछि घाईते दुबै जना घर फर्केका छन् ।
साविक चित्तपोल वडा नं. ३ देउजागाउँको घनाबस्तीसँगै हलेसी फाँटमा रहेका दुई वटा बंगुर फर्ममा बंगुरलाई खुवाउन प्रयोग गर्ने खानेकुराको कारण कुकुरको बिगविगि बढेको हुँदा स्थानीयले गत कार्तिकमै वडा कार्यालयमा लिखित निवेदन दिएका थिए । त्यसरी निवेदन दिएपछि पनि सम्वन्धित निकायले केही नगर्दा आज कुकुर बहुलाएर मानिसलाई समेत आक्रमण गरेको छ । ‘विगतमा पनि खेतमा जाने मानिसहरू र पशुलाई झम्टने गरेको हुँदा हामीले भयभित भएर नै वडामा निवेदन दिएका हौं तर केही सुनुवाई भएन’ घाइते मंगलाल सुवालका छोरा बिष्णुभक्त सुवालले भने ।
‘बस्ती नजिकै रहेको बंगुर फर्मका कारण वातावरण प्रदूषण भएको र खेतमा लगाएको बालीसमेत विगे्रकोले स्थानीय सरकारलाई उक्त फर्म हटाउन निवेदन दियौं । एक पटक यसो निरिक्षण गरेजस्तै कर्मचारी आए तर केही कदम चालेन, आज मानिसलाई आक्रमण गर्न थालेको छ । के वडा अध्यक्ष र सदस्यहरूलाई आक्रमण गरे पछिमात्र केही कदम चाल्ने हो ?’ स्थानीयले प्रश्न गरिरहेका छन् ।
जनताको गुनासो सुन्ने नजिकको स्थानीय सरकार नगरपालिका हो तर नगरपालिकामा जनप्रतिनिधि बहाली भएको तीन वर्ष पुग्नलाग्दा समेत स्थानीयले नगरको महसुश गर्न पाएका छैनन् । जनप्रतिनिधि को ? भनि खोजेर हिडनु पर्ने अवस्था छ । के जनताले सङ्घर्ष गरी ल्याएको लोकतन्त्र भनेको यही हो ? कर लिनकै लागि मात्र नगरपालिका घोषणा गरको आभाष भइरहेको छ । जनस्वास्थ्यको विषयमा स्थानीयले गुहार माग्दा पनि केही नगर्ने स्थानीय सरकारका जनप्रतिनिधिलाई विश्वास गर्ने आधार के ? जनता प्रश्न गरिरहेछन् ।
Leave a Reply