यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुलोचना छ्वाजू
“संसारका सम्पूर्ण कामदार वर्गका महिलाहरू एक होऔँ” भन्ने नाराका साथ आज मार्च ८ मा संसारभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाइँदै छ । ८ मार्चलाई कामदार वर्गका महिलाहरूको सङ्घर्षशील र ऐतिहासिक दिनको रूपमा लिइन्छ ।
१९ औँ शताब्दीमा युरोप र अमेरिकामा भएका मजदुरहरूको आन्दोलनसँगै महिला मुक्ति आन्दोलन पनि अगाडि बढेको हो । सन् १८६८ तिर विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सले महिलाहरूको मुक्तिका लागि महिलालाई पनि उत्पादन प्रक्रियामा सामेल गर्नुपर्ने विचार अघि सार्नुभयो । त्यसअनुसार महिलाहरू पनि घरको चार पर्खाल नाघेर कारखानामा काम गर्न थाले । महिलाहरूको अधिकारबारे आवाज उठाउन उनीहरू टे«ड युनियनको सदस्य बने । पुरुष मजदुरसरह महिला मजदुरहरू पनि विभिन्न आन्दोलनमा सहभागी बने । आन्दोलनको क्रममा कयौँ घाइते भए । साथै, धेरैले सहादत्त प्राप्त गरे । माक्र्सको सिद्धान्तअनुसार तत्कालीन जर्मनी समाजवादी पार्टीका केन्द्रीय सदस्य क्लारा जेट्किनले पार्टीभित्र महिलाहरूको कार्यक्रम तर्जुमा गरी महिला सङ्गठन गर्नुभएको थियो ।
यसप्रकार महिलाहरू पनि मजदुरहरूको सङ्गठनमा आबद्ध भएर विभिन्न आन्दोलनहरूमा सहभागी भए ।
सन् १८८९ मा पेरिसमा श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलनमा महिला नेतृ क्लारा जेट्किनले महिला र पुरुषबीचको समान अधिकारको जोडदार माग गर्नुभयो । उहाँले भन्नुभयो, “कामदार वर्गका महिलाहरूको आन्दोलनको प्रमुख कार्य सामाजिक र आर्थिक समानताको लागि लड्नु हो । स्वास्नीमानिसहरूको औपचारिक समानताको लागि लड्नु हो । प्रमुख कुरा स्वास्नीमानिसलाई सामाजिक रूपको उत्पादक श्रममा भाग लिन लगाउनु, तिनीहरूलाई घरेलु दासत्वबाट मुक्त गर्नु, भान्छा र बालबच्चा स्याहार्ने गा¥हो एवम् दिक्कलाग्दो काममा मात्र सीमित नराख्नु र स्वतन्त्र बनाउनु हो ।”
“महिलाहरू परिवर्तनका अपरिहार्य शक्ति हुन् । महिलाले कुनै पनि प्रकारबाट कुनै पनि स्तरको कार्यकर्ता हुन सिक्नुपर्दछ ।”
सन् १८९७ मार्च ८ मा उचित ज्यालाको बन्दोबस्त र १० घण्टा काम गर्नेे मागसहित अमेरिकाको न्युयोर्कमा महिलाहरू आन्दोलनमा उत्रे । त्यो मजदुर आन्दोलनमा महिला सशक्तिकरणको ठूलो छाप प¥यो ।
सन् १९०७ मा जर्मनीको स्टुटगार्डमा आयोजित समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । उक्त सम्मेलनमा श्रमिक महिला सङ्गठन गठन भयो जसको महासचिवमा क्लारा जेट्किन चुनिनुभयो । सोही वर्षको मार्च महिनामा अमेरिकाको न्युयोर्क सहरका गार्मेन्टमा काम गर्ने अफ्रिकी र यहुदी महिलाहरूले पैदल यात्रा गरी ठूलो प्रदर्शन गरे । काम गर्ने स्थितिको सुधार, ज्याला वृद्धि, १० घण्टा दैनिक कार्य र महिलाहरूको लागि समान अधिकारको मागसहित भएको उक्त प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको थियो । हजारौँ प्रदर्शनकारी तितरवितर भए । कैयौँ घाइते भए । धेरै महिला गिरफ्तार भए । यसप्रकार यो एउटा महत्वपूर्ण महिला आन्दोलन थियो ।
त्यसलगत्तै सन् १९०८, मार्च ८ मा सियोले काम गर्ने कारखानामा मतदानको अधिकार, बालश्रमको अन्त्य, समान ज्याला र ८ घण्टाको काम आदि माग राखी न्युयोर्क सहरमा ३० हजार महिलाहरूको सहभागितामा आन्दोलन भयो । त्यस आन्दोलनको मुख्य माग मतदानको अधिकार थियो । त्यस आन्दोलनमा पनि प्रहरी हस्तक्षेप भयो । हजारौँ महिला घाइते भए । सन् १९०९ मा सिकागो सहरमा महिला आन्दोलन र साङ्गठनिक गतिविधिले तीव्रता पायो ।
सन् १९१० मा क्लारा जेट्किनको नेतृत्वमा दोस्रो समाजवादी महिला सम्मेलन कोपनहेगनमा भयो । उक्त सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए । सम्मेलनमा आमा तथा बच्चाको सुरक्षा गर्ने, दैनिक ८ घण्टाको कार्य समय, महिलाहरूले भोगिरहेको विभिन्न शोषणको विषयमा व्यापक छलफल भएको थियो । साथै महिलाहरूको राजनैतिक, आर्थिक र सामाजिक सवालमा गम्भीर छलफल भएको थियो ।
नेपालमा महिलाहरू अझै पनि शिक्षाबाट बञ्चित हुनुपरेको छ । महिलाहरूलाई शिक्षा निःशुल्क हुनुपर्छ । नेपालका विकट ठाउँहरूमा अझै पनि स्वास्थ्य सुविधा नपाउँदा अकालमा धेरै महिलाहरूले ज्यान गुमाउनुपरेको स्थिति छ ।
निःशुल्क स्वास्थ्य सेवा आजको आवश्यकता हो । त्यस्तै, महिलाहरू सुत्केरी हुँदा कतिले जागिर नै गुमाउने अवस्था छ । सुत्केरी हुनुभन्दा १ महिना अघि र सुत्केरी भएपछि १ महिना तलबसहितको ३ महिना बिदा दिइनुपर्छ । राज्यले नै टोल टोल, गाउँ गाउँमा शिशुशाला र बालोद्यानको व्यवस्था गरिनुपर्छ । रोजगारको अभावमा धेरै महिलाहरू विदेशिन बाध्य छन् । हजारौँ महिलाहरू विदेशमा यौनधन्दामा संलग्न छन् । यद्यपि महिलाहरूलाई रोजगारीको ग्यारेन्टी दिनुका साथसाथै समान ज्यालाको बन्दोबस्त हुुनुपर्छ ।
सम्मेलनमा महिला नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रियस्वरूप दिने मनसायले त्यो दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राख्नुभयो । सो प्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । १९ औँ शताब्दीदेखि महिला दिवस मान्दै आएको भए पनि कोपनहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि यसले औपचारिक रूप लियो र ८ मार्चको दिन विश्वभरि श्रमिक महिला दिवस मनाउन थालियो ।
सन् १९१० मा सर्वप्रथम अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय अष्ट्रिया, डेनमार्क, स्वीट्जरल्यान्ड र जर्मनीमा भयो । मार्च १९ का दिन सर्वप्रथम महिला दिवस मनाइएको थियो । त्यस दिन महिलाहरूको काम गर्ने अधिकार, दक्ष बन्ने अधिकार, मत दिने अधिकार, ठूल–ठूला पदमा छानिने अधिकार र सम्पूर्णखाले भेदभावको विरोधमा लाखौँ महिला तथा पुरुषहरू प्रदर्शनमा उत्रे । एक हप्तापछि मार्च २५ मा न्युयोर्कको एक कारखानामा ठूलो आगलागी भयो । जसमा १४० जना इटाली र यहुदी महिला मजदुरहरूको ज्यान गयो । यस आगलागीबाट सुरक्षित काम गर्ने कार्यस्थल हुनुपर्ने विषयमा जनताको ध्यान आकृष्ट भयो । यसबाट संयुक्त राज्य अमेरिकाको श्रम मन्त्रालयको कुर्सी हल्लियो ।
सन् १९१३ र १९१४ मा प्रथम विश्वयुद्धको पूर्वसन्ध्यामा शान्तिको आह्वान गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । यसप्रकार सन् १९१८ देखि आजसम्म आइपुग्दा विश्व समाजवादी आन्दोलनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सान्दर्भिकता बढ्दै गएको छ । अन्तर्राष्ट्रिय महिला आन्दोलन झन् – झन् बलियो हुँदै गयो । संयुक्त राष्ट्र सङ्घले पनि प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला सम्मेलन मनाउन थाल्यो । सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्षको घोषणा गरियो । सन् २००० देखि २००७ सम्ममा अन्तर्राष्ट्रिय महिला दिवसको दिन बिदा दिँदै आएको छ । नेपालमा पनि यस दिन नारी बिदा भनेर बिदा दिने चलन छ । यसप्रकार महिला दिवसको ऐतिहासिक दिनलाई मध्यनजर गरी अझै आउँदा दिनमा गर्नुपर्ने सङ्घर्षबारे सिकाएको देखिन्छ ।
नेपालमा यसको सान्दर्भिकता
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विषयमा सर्वसाधारणबीच अनेक थरी भ्रम तथा अन्योल कायम छ । यसको सम्पूर्ण दोष सामन्त वर्ग तथा धनी वर्गका महिलाहरूलाई जान्छ । कामदार वर्गका महिलाहरूले यस विषयमा जानकारी नलिऊन् भन्ने ध्येयका उनीहरू यो दिवसबारे अनेक थरी गलत प्रचार गर्ने र विकृति भित्याउन उद्यत्त छन् । नारी दिवसको दिन त्यो वर्गका महिलाहरू ठूलठूला होटेलहरूमा केही मानिस जम्मा भएर पार्टी तथा भोजको आयोजना गर्ने, मोजमज्जा गर्ने, नाचगान गर्ने र रमाइलो गर्ने गर्छन् । तर, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कुनै जन्मदिन होइन न त मोजमज्जा गर्ने र भोजभतेर गर्ने समय नै हो ।
महिलाहरू पनि वर्गमा विभाजित छन् । धनी महिलाहरूले गरीब महिलाहरूलाई कहिल्यै माथि उठ्न दिँदैनन् । शोषक महिलाहरूले शोषित महिलालाई सधैं दमन गर्छन् । महिला शोषणको अन्त्य वर्गीय मुक्तिसँगै सम्भव छ, जुन समाजवादमा मात्र सम्भव हुन्छ । यसको लागि सम्पूर्ण श्रमिक महिलाहरूलाई सचेत र सङ्गठित गर्दै जानुपर्ने आजको आवश्यकता हो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको अर्थ यस दिनको महत्वलाई तल्लो वर्गका महिलाहरूबीच पु¥याउनु हो । आजभन्दा ११० वर्षअघि नै अगाडि बढिसकेको महिला आन्दोलनलाई आजको समयअनुसार परिष्कृतरूपमा निरन्तरता दिनुपर्छ । आउँदा दिनमा कठिन परिस्थितिसँग सामना गर्न अझ श्रमिक महिलाहरूबीचमा सङ्घर्षशील भावना उजागर गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन नेपालमा पनि सार्वजनिक बिदा घोषणा गरेको छ । तर, यस दिनको सही उपयोग हुन सकिरहेको छैन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई महिला दिवस भन्नु सही छैन । यो दिवसलाई नेपालका श्रमिक महिलाको आन्दोलनको समीक्षा र भविष्यको योजना बनाउने दिन बनाउन जरुरी छ ।
ठूलठूला होटलहरूमा विभिन्न अन्तर्राष्ट्रिय र नेपाली गैरसंस्थाहरूले यो दिवस भोजभत्तेर र निरपेक्ष महिलावादको वकालत गरेर मनाउने गरिएको छ । तर, वास्तवमा अन्तर्राष्ट्रिय महिला दिवसको वास्तविकतालाई नेपालको सन्दर्भमा कसरी मनाउने ? श्रमिक महिलाका समस्याहरू के–के हुन् ? महिलाहरू के कारण शोषणमा छन् ? मजदुरहरूको स्थिति कस्तो छ ? लगायतका प्रश्नहरूमाथि छलफल गर्नुपर्ने आजको आवश्यकता हो ।
नेपालमा महिलाहरू अझै पनि शिक्षाबाट बञ्चित हुनुपरेको छ । महिलाहरूलाई शिक्षा निःशुल्क हुनुपर्छ । नेपालका विकट ठाउँहरूमा अझै पनि स्वास्थ्य सुविधा नपाउँदा अकालमा धेरै महिलाहरूले ज्यान गुमाउनुपरेको स्थिति छ ।
निःशुल्क स्वास्थ्य सेवा आजको आवश्यकता हो । त्यस्तै, महिलाहरू सुत्केरी हुँदा कतिले जागिर नै गुमाउने अवस्था छ । सुत्केरी हुनुभन्दा १ महिना अघि र सुत्केरी भएपछि १ महिना तलबसहितको ३ महिना बिदा दिइनुपर्छ । राज्यले नै टोल टोल, गाउँ गाउँमा शिशुशाला र बालोद्यानको व्यवस्था गरिनुपर्छ । रोजगारको अभावमा धेरै महिलाहरू विदेशिन बाध्य छन् । हजारौँ महिलाहरू विदेशमा यौनधन्दामा संलग्न छन् । यद्यपि महिलाहरूलाई रोजगारीको ग्यारेन्टी दिनुका साथसाथै समान ज्यालाको बन्दोबस्त हुुनुपर्छ । यही कामदार वर्ग तथा श्रमिक वर्गको महिलाको आवाज हो । यसको लागि अझ लामो सङ्घर्षको लागि तयार हुनुपर्छ ।
Leave a Reply