भर्खरै :

मस्कोका चिट्ठी – २

 रवीन्द्रनाथ टैगोर
९ अक्टोवर, १९३०
मेरो पहिलेको पत्रको माध्यमबाट तिमीले सोभियत रुसले अवलम्वन गरेको बृहत् शिक्षाको प्रक्रियाको जानकारी पक्कै पनि पायौ होला । आज म तीमध्येको एक क्रियाकलापको बारेमा छोटो जानकारी दिंदै छु ।
केही समय पहिले मस्कोमा मनोरञ्जनका लागि एउटा पार्कको सुरुआत गरियो । त्यहाँको बुलेटिनले यसको नाम मस्को पार्क अफ एजुकेसन एन्ड रिक्रिएलन भनेको छ । यसको मुख्य उद्देश्य भनेको प्रदर्शनी हो । मानिसले त्यहाँ औषधोपचारको बारेमा जानकारी पाउन सक्छन् जसले अरू सबै क्षेत्रमा खुलेका यस्ता उपचार भवनहरूका साथै विद्यालयहरूको सङ्ख्या वृद्धि भएको बारेमा निर्माण भएका छन् र अरू कुन–कुन क्षेत्रमा नगरले प्रगति गरेको छ भनी जानकारी गराउँछ । त्यहाँ धेरै नमुनाहरू राखिएका छन् ः पुरानो बस्ती, नयाँ बस्ती, नमुना तरकारी बारी, फूलबारी । सोभियत सरकारले निर्माण गरेको नमुना कारखानाका यन्त्रहरू ब्रेड बनाउने बेकरीहरू जुन क्रान्तिको समयमा प्रयोग गरिएको थियो । ती सबै कुराको जानकारी एकै ठाउँमा छ । यीबाहेक यहाँ खेल मैदान मनोरञ्जनका लागि पार्क पनि छन् । लाग्छ, यो आफैँ एउटा बृहत् मेला हो ।
यो पार्कको एउटा भाग केटाकेटीका लागि संरक्षित छ । यहाँ वयस्कहरूलाई प्रवेश निषेध छ । यो भागको गेटमा ‘केटाकेटीहरूलाई बाधा नपु¥याउनुहोस्’ लेखिएको छ । उनीहरूका लागि नाट्यशाला छ जहाँ उनीहरूले नै नाटक मञ्चन र निर्देशन गर्दछन् ।
अलि पर शिशु स्याहार केन्द्र अवस्थित छ । जब आमा बुबाहरू पार्कमा जान्छन् उनीहरूले आफ्ना केटाकेटीहरू नर्स इन्चार्जको जिम्मामा छोड्छन् । एउटा दुईतले भवन क्लवको लागि प्रयोग गरिएको छ । यसको माथिल्लो तलामा पुस्तकालय छ । एउटा कोठा चेसको लागि हो र अर्को मानचित्र र पत्रपत्रिकाको लागि । सहकारी होटेलमा राम्रो खानाको व्यवस्था छ तर मदिराको बेचबिखन हुँदैन । द मस्को जुलोजिकल गार्डेनले एउटा पसल खोलेको छ जहाँ सबै किसिमका चरा र वनस्पतिहरू किन्न पाइन्छ । यस्तै किसिमका पार्कहरू क्षेत्रगत सहरहरूमा पनि खोल्ने योजना बनाइएको छ ।
जान्नै पर्ने एउटा महत्वपूर्ण कुरा के छ भने माथिल्लो वर्गका लागि भिन्नै बस्ने ठाउँको व्यवस्था छैन । सबैको लागि एउटै खालको सुविधा र फाइदाको समान व्यवस्था छ । कोही मानिसहरूलाई पनि पुस्तकको अन्तमा थपिएको अनुसूचीको जस्तो व्यवहार छैन ।
फेरि अर्को उदाहरण पनि दिऊँ कि मस्को सहरको केही पर पुरानो समयको एउटा दरबार छ । यो पूर्व कुलीन रुसी परिवार अपरास्किनको गद्दी हो । डाँडाको टुप्पोबाट वरिपरिको दृश्य मनमोहक देखिन्छ । खेतबारी, खोलानाला, वनजङ्गलले सिंगारेको पहाडझैँ सुन्दर छ । त्यहाँ दुईवटा ताल र अनगिन्ती झरनाहरू पनि छन् । दरबारमा विशाल चोक, अग्ला अग्ला वरण्डाहरू र प्राचीन फर्निचरले सजाइएको हल, मार्वलका मूर्तिहरू, सङ्गीत कोठा, खेल कोठा, पुस्तकालय अनि नाट्यशालासमेत छन् । केही स–साना घरहरूले यो दरबार अर्धचन्द्राकार पारी घेरिएको छ ।
यो विशाल दरबार सहकारी अस्पतालको रूपमा परिवर्तन गरिएको छ । यसलाई ओल्गभो नामकरण गरिएको छ । जुन कुनै समयमा कुनै सामन्तीको हुने गर्दथ्यो । सोभियत सङ्घमा सहकारी समाज छ । जसको मुख्य दायित्व कामदारहरूको लागि घरहरू बनाउनु हो । यसलाई ‘विश्राम घर’ भनिन्छ । ‘ओल्गभो’ यसको निगरानीमा छ ।
यसका अरू चारवटा अस्पतालहरू छन् । उनीहरूको समय अवधि समाप्त भएपछि ३०,००० बिरामी कामदारहरू उपचार र विश्रामका लागि यहाँ आउन सक्छन् । प्रत्येकले यहाँ १५ दिनसम्म बस्न सक्छ । खाना र सुविधा पर्याप्त छ साथै उपचार पनि प्रदान गरिन्छ । यस्ता घर र सहकारी विश्रामगृहहरूले प्रसिद्धि पाउने क्रम जारी छ ।
कसैले पनि यस्तो विश्रामको आवश्यकता महसुस गरेमा कामदारहरूले मौका पाउने अवस्था उच्च र धनी वर्गमा समेत पाउन कठिन हुन्छ ।
उनीहरूले कामदारहरूका लागि गरेको प्रबन्ध तिमीले सुनिसकेका छौ । अब म केटाकेटीहरूका लागि के प्रबन्ध छ भनेर व्याख्या गर्नेछु । उनीहरू विवाहित आमाबुबा वा अन्य तरिकाले जन्मिएका केटाकेटीमा भेदभाव गर्दैनन् । काननुअनुसार छोराछोरी १८ वर्ष हुर्काउने काम आमाबाबुको हो । तैपनि उनीहरूको पालनपोषण र शिक्षा दीक्षाका लागि पूरै बेवास्ता गर्ने चाहिँ होइन । अभिभावक सङ्घको उत्तरदायित्व भनेको आमाबाबुले केटाकेटीको पालनपोषण राम्रो गरेको छ–छैन निगरानी गर्ने हो । सङ्घका अधिकारीहरू समय–समयमा केटाकेटीको स्वास्थ्य र रेखदेखको गोप्य निरीक्षणसमेत गर्दछन् । कतै कसैले केटाकेटीलाई बेवास्ता गरेको पाइएमा उनीहरूलाई अलग गरेर सरकारले नै जिम्मा लिन्छ । तैपनि आमाबाबु पनि उनीहरूको संरक्षणमा केही हदसम्म उत्तरदायी नै हुन्छन् । ती केटाकेटीको पूरै उत्तरदायित्व अधिकारी अभिभावककै हुन्छ ।
यस्तो प्रयोगले के देखाउँछ भने बालबालिका अभिभावकका मात्र होइनन् उनीहरूको कल्याण भनेको समाजको कल्याण हो । मूल कुरा उनीहरू समाजका हुन् । उनीहरूको राम्रो पालनपोषणमा समाज नै जिम्मेवार हुन्छ किनभने यसको फल पनि पछि समाजले नै उपभोग गर्ने हो । वास्तवमा समाजको भूमिका परिवारको भन्दा कम नभएर बढी छ । यसले गर्दा बालबालिका पछि गएर समाजप्रति उत्तरदायी हुन्छन् । सबैलाई बराबर व्यवहार गर्छन् र व्यक्तिगत फाइदाका लागि मात्र केही गर्दैनन् । उनीहरू पूरा समाजका अंश हुन् न कि समाजको कुनै अमुख पक्षको ।
तैपनि उनीहरूको दायित्व समाज र व्यक्तिको बीचमा सीमारेखा (म्झबचअबतष्यल) राख्नु होइन । अर्को भाषामा भन्दा उनीहरू तानाशाह चाहिँ होइनन् । सामूहिकताको लाममा समाजले व्यक्तिलाई केही हदसम्म अधीनमा राख्दछ भने केही हदमा उनीहरू स्वतन्त्र पनि हुन्छन् । व्यक्तिलाई कमजोर पार्नु उनीहरूको उद्धेश्य होइन । यदि व्यक्तिलाई कमजोर पारी जकदियो भने समाज कहिल्यै स्वतन्त्र हुनसक्दैन । एउटाले धेरैलाई अधीनमा राख्ने व्यवस्था केही समयसम्म सम्भव होला, सदाका लागि कहिल्यै हुनसक्दैन । यसरी सक्षम नेतृत्वको विकास हुनसक्दैन ।
अर्कातिर असीमित शक्तिको लालचाले मानिसलाई भ्रष्ट बनाउँछ । निर्दयीताले दबाइएको व्यक्तिगत मुक्ति पाउन सजिलो नभए तापनि सोभियत रुसको आधारभूत सिद्धान्त मानिसमा भएको शक्तिलाई उजागर गर्न बृहत् शिक्षा र संस्कृतिको भरपुर उपयोग गरिन्छ । मानिसहरूलाई तानाशाहले जस्तो सधैँ अलिकति शक्ति प्रयोग गर्दा केही हदसम्म एकतर्फी त होला तर पनि आफ्नो समग्र वृद्धि विकासमा कहिल्यै निरुत्साहित गरिन्न । सोभियत तर्कलाई पूरै नकारेको छैन । उनीहरूले बुद्धिलाई अन्धविश्वास र कुरीतिपूर्ण परम्पराबाट मुक्ति दिलाउन हरतरह प्रयास गरेका छन् ।
एउटा मानिसको सोचलाई दिशा नै परिवर्तन गरी अर्कोतर्फ मोड्न बाध्य पार्ने त्यति सजिलो छैन । यसो गर्न केही समयसम्म मात्रका लागि डर प्रभावकारी त हुन्छ । तर, मानिसको शरीरलाई बाध्य पारे पनि मनलाई बाध्य पार्न सकिंदैन । यसलाई त स्वतस्फूर्तरूपमा प्रबृद्ध तरिकाले आफ्नो स्वतन्त्रता र न्यायको ज्ञान प्रदान गर्नुपर्दछ । जसले तानाशाहीकरण गर्दछ पहिले मानिसको मनलाई मार्छ पछि यसको विरुद्धमा झन् मन मजबुत बनाई अघि बढ्छ र वास्तवमै त्यहाँबाट भाग्ने बाटो बनाउँदछ ।
केही समयमा हामी आज न्युयोर्क पुग्ने नै छौँ र नयाँ घटनाहरू सुरु हुन्छ । यसरी अनन्त भौतारिंदै गर्दा थाकिसकेको छु ।
लैसडाउन, २८ अक्टोबर १९३०
यसैबीच म कहिलेकाहीँ अन्तद्वारको स्मरण गर्दथेँ । यो यौवनको द्वार नभई अर्को बाटो जहाँबाट धर्मशास्त्रअनुसार जिन्दगीको अन्तिम स्वास उम्कन्छ । मेरो चिकित्सक कहिलेकाहीँ भन्नुहुन्छ, “नाडी र मुटुको बेमेल अवस्थाको अन्त भएको छ ।” जसलाई अवैज्ञानिक भाषामा चमत्कार भनिन्छ । मैले मृत्युदेवबाट चेतावनी पनि पाएको थिएँ । चिकित्सकले अब उप्रान्त सजग रहनैपर्छ भनेर सुझाउनुभएको छ । छोटकरीमा भन्दा म हलचलमात्र गर्दा पनि मेरो हृदयमा तीरले हानेजस्तो हुनेछ तर म आराम गरेँ भने यो तीरको निसाना चुक्नेछ । त्यही भएर म आज्ञाकारी हुँदै आधा ढल्किएर आफ्ना दिनहरू बिताउँदै छु । चिकित्सक फेरि भन्नुहुन्छ, “यदि यसै दिनहरू बिताए भने अझै दस वर्ष केही खतरा छैन ।” म ढल्केर सुतेको बेला मेरा पत्रहरूले म सुतेको अवस्थालाई नक्कल गरिरहेको हुन्छ । एक क्षणमा अलिक उठेर बस्छु ।
मैले तिमीले पठाएको नराम्रो समाचारको जानकारी पाइसकेँ । यो अवस्थामा मलाई यस्तो समाचार पढ्न डर लाग्छ । छालहरूको भू–क्षय ल्याउन सक्छ । मैले उक्त समाचारको आभास पाइसकेको थिएँ । यसको पूर्ण व्याख्या सहन गर्न मलाई कठिन पर्छ । त्यसकारण पत्र आफै नपढेर मैले अभियालाई अनुरोध गरेँ ।

सोभियत युवाहरूसँग रवीन्द्रनाथ टैंगोर, तस्वीरः स्पुटनिक इमेज मिडिया लाइबे्ररी


हाम्रो देशलाई जसरी नेल र हतकडी लगाएर बाँधिएको छ यसलाई बारम्बार आक्रमण गरी हटाउनुपर्नेछ । प्रत्येक सङ्घर्ष तनावपूर्ण छ । तर, यो बन्धनबाट मुक्त हुनुभन्दा अरू कुनै उपाय छैन । ‘अङ्ग्रेज राज’ आफ्नो अस्तित्वको अवसान हामीलाई पीडा दिएर आफैँ गर्दछ । तर, हाम्रो लागि उनीहरू यस्तो अवस्था फाइदाजनक छ । अङ्ग्रेज सरकारले आफ्नो इज्जत आफैँ जफत गर्दछ । हामी शक्तिशाली जङ्गलीबाट डराउँछौँ । तर, डरले सम्मानको उपाय तय गर्दछ । कायरताको जङ्गलीपन निन्दनीय छ । अङ्ग्रेज साम्राज्य हामीबाट घृणित र श्रापित पनि छ । उनीहरूको अन्याय नै हाम्रो लागि शक्ति हो । यसकारण हामी विजयी पनि हुन्छौँ ।
म भर्खरै रुसबाट फर्केको छु । केही हदसम्म मैले महसुस गरेको छु कि हाम्रो देशकै महिमा र पहिचानको सा¥है कठिन छ । प्रहरी दमनहरू फूलको वर्षाजस्तै हुन् । यसैकारण असहनीय पीडाका कारण रुसमा समर्पित र सङ्घर्षशील कामदारहरूको जन्म भयो ।
भारतको विजय पनि सङ्घारमा आइपुगेको छ । हामी पीडाको कहिल्यै गुनासो नगरौँ । अन्तमा “हामी डराएका छैनौं” भनेर भनिरहौँ । कहिलेकाहीँ बङ्गालले धैर्य गुमाउँछ । यो हाम्रो कमजोरी हो । जब जब हामी हाम्रो सङ्घर्ष अघि बढाउँछौँ तब तब हामी पशुका अघि लम्पसार पर्छौं । बेवास्ता गर । नक्कल नगर । आँसु कहिल्यै नबगाऊँ ।
मेरो ठूलो पश्चाताप भनेको मलाई युवाको सहायता छैन । म पछि परेँ । हिँड्न सक्दिनँ । मेरो समय बितिसक्यो र म अघि बढ्नेसँगै गति प्रदान गर्न सक्दिनँ ।
निष्कर्ष
मैले पहिले नै भनिसकेँ कि म सोभियत सरकारको पहिलो परिचयमै कति प्रभावित भएको थिएँ । यसका कारणहरू मूल्यवान र परीक्षण गर्ने खालका छन् ।
मेरो मनमा कोरिएको रुसको चित्रको पृष्ठभूमिले भारतको दुःख र तनाव बिर्साइदिन्छ । यदि पाठकहरूले उक्त कष्टलाई रोकेर विचार गर्ने हो भने मेरो वर्तमानको अर्थ बुझ््न अप्ठयारो हुँदैन ।
भारतीय इस्लाम राजतन्त्रवादी शासकहरूको सबभन्दा ठूलो उपलब्धि राजाको महिमा र शक्तिको उजागर गर्नु नै हो । त्यो समयका लागि राज्यको मुख्य ध्येय भनेको आफ्नो राज्यको इलाकाको दायरा फराकिलो बनाउनुहुन्थ्यो । युनान राज्यका राजा अलेक्जेन्डर महान विदेशी आकाश छिचोल्दै अति उष्ण ठाउँमा पनि पुच्छ्रेताराजस्तै सैनिक अघि बढाउनु भनेको आफ्नो शक्ति बढाउनका लागि मात्र हो । रोमनहरूको आवेग पनि उस्तै थियो । फुनिसनहरू एउटा किनारादेखि अर्को किनारासम्म व्यापार गर्थे तर साम्राज्य विस्तार गर्न हतारो कहिल्यै गरेनन् ।
जब युरोप आफ्ना व्यापारी समूहहरूसँग पूर्वी महादेशको किनारामा ठोकिन आइपुगे, मानव सभ्यताको नयाँ अध्याय सुरु भयो । शिल्भरी (मध्ययुगको नैतिक सामाजिक र धार्मिक प्रणाली) युग पार भयो । व्यापार युगको आगमन भयो । त्यो समयमा रोमको सेनाको सहारा विदेशी भूमिमा व्यापारका लागि छरिएका थिए । तर, व्यापारका लागि समाज फिजाउनु भन्दा पहिले नै साम्राज्य खडा गरे । उनीहरूको मुख्य आसय फाइदा बढाउनु थियो ।
त्यो समयमा भारत विशाल खजानाका लागि विश्व प्रख्यात थियो । यो एउटा यस्तो विषय हो जुन दिनका कुरा विदेशी इतिहासकारहरूले बारम्बार सन्दर्भको रूपमा प्रयोग गर्दछन् । किल्भ (अङ्ग्रेज जनरल, जसले भारतमा आफ्नो उपस्थिति बलियो बनायो) आफैँले घोषणा गर्नुभएको छ, “यो अवस्था विचार गर्नुहोस् जुन दिन प्लासीमा आधिपत्य मेरो नेतृत्वमा स्थापना भयो, महान राजकुमार मेरो हुकुममा चल्थे, महान र धनी सहर मेरो दयामा बाँच्थे, ठूला–ठूला साहुहरू मेरो खुसीको मोलतोल गर्थे, बहुमूल्य वस्तुहरूमात्र मेरा स्वागतका लागि फिजाइएका हुन्थे, सुन र गहनाका थुप्रो बनाइएको थियो । अध्यक्षज्यू, त्यो क्षणमा छक्क पर्दै आनन्दित भई उभिन्थे ।” यस्ता सम्पतिहरू सजिलै प्राप्त गरिएका हुँदैनन् । भारतले उत्पादन गरेको थियो । विगतमा जो हामीलाई अधीनमा राख्न आयो हाम्रो सम्पतिको भरपुर उपयोग ग¥यो तर भर्ने र बढाउने प्रयास कहिल्यै गरेनन् । उनीहरू संहार गर्नेमात्र हुन्, सिर्जना गर्ने होइनन् ।
व्यापारलाई सहज बनाउन विदेशी व्यापारीहरूले आफ्नो डस्कको छेउमा राजसिंहासन पनि स्थापना गर्दथे । समय अनुकूल थियो । मुलाल साम्राज्य पतन हुँदै थियो । सिखहरू मराठीहरू साम्राज्यको गोठो फुकाउन त्यस्त थिए । अङ्ग्रेजको हातमा उनीहरू धुजा धुजा भए र अन्तमा एकता भङ्ग भयो ।
अनुवाद ः भानु हुमागाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *