कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
रवीन्द्रनाथ टैगोर
९ अक्टोवर, १९३०
मेरो पहिलेको पत्रको माध्यमबाट तिमीले सोभियत रुसले अवलम्वन गरेको बृहत् शिक्षाको प्रक्रियाको जानकारी पक्कै पनि पायौ होला । आज म तीमध्येको एक क्रियाकलापको बारेमा छोटो जानकारी दिंदै छु ।
केही समय पहिले मस्कोमा मनोरञ्जनका लागि एउटा पार्कको सुरुआत गरियो । त्यहाँको बुलेटिनले यसको नाम मस्को पार्क अफ एजुकेसन एन्ड रिक्रिएलन भनेको छ । यसको मुख्य उद्देश्य भनेको प्रदर्शनी हो । मानिसले त्यहाँ औषधोपचारको बारेमा जानकारी पाउन सक्छन् जसले अरू सबै क्षेत्रमा खुलेका यस्ता उपचार भवनहरूका साथै विद्यालयहरूको सङ्ख्या वृद्धि भएको बारेमा निर्माण भएका छन् र अरू कुन–कुन क्षेत्रमा नगरले प्रगति गरेको छ भनी जानकारी गराउँछ । त्यहाँ धेरै नमुनाहरू राखिएका छन् ः पुरानो बस्ती, नयाँ बस्ती, नमुना तरकारी बारी, फूलबारी । सोभियत सरकारले निर्माण गरेको नमुना कारखानाका यन्त्रहरू ब्रेड बनाउने बेकरीहरू जुन क्रान्तिको समयमा प्रयोग गरिएको थियो । ती सबै कुराको जानकारी एकै ठाउँमा छ । यीबाहेक यहाँ खेल मैदान मनोरञ्जनका लागि पार्क पनि छन् । लाग्छ, यो आफैँ एउटा बृहत् मेला हो ।
यो पार्कको एउटा भाग केटाकेटीका लागि संरक्षित छ । यहाँ वयस्कहरूलाई प्रवेश निषेध छ । यो भागको गेटमा ‘केटाकेटीहरूलाई बाधा नपु¥याउनुहोस्’ लेखिएको छ । उनीहरूका लागि नाट्यशाला छ जहाँ उनीहरूले नै नाटक मञ्चन र निर्देशन गर्दछन् ।
अलि पर शिशु स्याहार केन्द्र अवस्थित छ । जब आमा बुबाहरू पार्कमा जान्छन् उनीहरूले आफ्ना केटाकेटीहरू नर्स इन्चार्जको जिम्मामा छोड्छन् । एउटा दुईतले भवन क्लवको लागि प्रयोग गरिएको छ । यसको माथिल्लो तलामा पुस्तकालय छ । एउटा कोठा चेसको लागि हो र अर्को मानचित्र र पत्रपत्रिकाको लागि । सहकारी होटेलमा राम्रो खानाको व्यवस्था छ तर मदिराको बेचबिखन हुँदैन । द मस्को जुलोजिकल गार्डेनले एउटा पसल खोलेको छ जहाँ सबै किसिमका चरा र वनस्पतिहरू किन्न पाइन्छ । यस्तै किसिमका पार्कहरू क्षेत्रगत सहरहरूमा पनि खोल्ने योजना बनाइएको छ ।
जान्नै पर्ने एउटा महत्वपूर्ण कुरा के छ भने माथिल्लो वर्गका लागि भिन्नै बस्ने ठाउँको व्यवस्था छैन । सबैको लागि एउटै खालको सुविधा र फाइदाको समान व्यवस्था छ । कोही मानिसहरूलाई पनि पुस्तकको अन्तमा थपिएको अनुसूचीको जस्तो व्यवहार छैन ।
फेरि अर्को उदाहरण पनि दिऊँ कि मस्को सहरको केही पर पुरानो समयको एउटा दरबार छ । यो पूर्व कुलीन रुसी परिवार अपरास्किनको गद्दी हो । डाँडाको टुप्पोबाट वरिपरिको दृश्य मनमोहक देखिन्छ । खेतबारी, खोलानाला, वनजङ्गलले सिंगारेको पहाडझैँ सुन्दर छ । त्यहाँ दुईवटा ताल र अनगिन्ती झरनाहरू पनि छन् । दरबारमा विशाल चोक, अग्ला अग्ला वरण्डाहरू र प्राचीन फर्निचरले सजाइएको हल, मार्वलका मूर्तिहरू, सङ्गीत कोठा, खेल कोठा, पुस्तकालय अनि नाट्यशालासमेत छन् । केही स–साना घरहरूले यो दरबार अर्धचन्द्राकार पारी घेरिएको छ ।
यो विशाल दरबार सहकारी अस्पतालको रूपमा परिवर्तन गरिएको छ । यसलाई ओल्गभो नामकरण गरिएको छ । जुन कुनै समयमा कुनै सामन्तीको हुने गर्दथ्यो । सोभियत सङ्घमा सहकारी समाज छ । जसको मुख्य दायित्व कामदारहरूको लागि घरहरू बनाउनु हो । यसलाई ‘विश्राम घर’ भनिन्छ । ‘ओल्गभो’ यसको निगरानीमा छ ।
यसका अरू चारवटा अस्पतालहरू छन् । उनीहरूको समय अवधि समाप्त भएपछि ३०,००० बिरामी कामदारहरू उपचार र विश्रामका लागि यहाँ आउन सक्छन् । प्रत्येकले यहाँ १५ दिनसम्म बस्न सक्छ । खाना र सुविधा पर्याप्त छ साथै उपचार पनि प्रदान गरिन्छ । यस्ता घर र सहकारी विश्रामगृहहरूले प्रसिद्धि पाउने क्रम जारी छ ।
कसैले पनि यस्तो विश्रामको आवश्यकता महसुस गरेमा कामदारहरूले मौका पाउने अवस्था उच्च र धनी वर्गमा समेत पाउन कठिन हुन्छ ।
उनीहरूले कामदारहरूका लागि गरेको प्रबन्ध तिमीले सुनिसकेका छौ । अब म केटाकेटीहरूका लागि के प्रबन्ध छ भनेर व्याख्या गर्नेछु । उनीहरू विवाहित आमाबुबा वा अन्य तरिकाले जन्मिएका केटाकेटीमा भेदभाव गर्दैनन् । काननुअनुसार छोराछोरी १८ वर्ष हुर्काउने काम आमाबाबुको हो । तैपनि उनीहरूको पालनपोषण र शिक्षा दीक्षाका लागि पूरै बेवास्ता गर्ने चाहिँ होइन । अभिभावक सङ्घको उत्तरदायित्व भनेको आमाबाबुले केटाकेटीको पालनपोषण राम्रो गरेको छ–छैन निगरानी गर्ने हो । सङ्घका अधिकारीहरू समय–समयमा केटाकेटीको स्वास्थ्य र रेखदेखको गोप्य निरीक्षणसमेत गर्दछन् । कतै कसैले केटाकेटीलाई बेवास्ता गरेको पाइएमा उनीहरूलाई अलग गरेर सरकारले नै जिम्मा लिन्छ । तैपनि आमाबाबु पनि उनीहरूको संरक्षणमा केही हदसम्म उत्तरदायी नै हुन्छन् । ती केटाकेटीको पूरै उत्तरदायित्व अधिकारी अभिभावककै हुन्छ ।
यस्तो प्रयोगले के देखाउँछ भने बालबालिका अभिभावकका मात्र होइनन् उनीहरूको कल्याण भनेको समाजको कल्याण हो । मूल कुरा उनीहरू समाजका हुन् । उनीहरूको राम्रो पालनपोषणमा समाज नै जिम्मेवार हुन्छ किनभने यसको फल पनि पछि समाजले नै उपभोग गर्ने हो । वास्तवमा समाजको भूमिका परिवारको भन्दा कम नभएर बढी छ । यसले गर्दा बालबालिका पछि गएर समाजप्रति उत्तरदायी हुन्छन् । सबैलाई बराबर व्यवहार गर्छन् र व्यक्तिगत फाइदाका लागि मात्र केही गर्दैनन् । उनीहरू पूरा समाजका अंश हुन् न कि समाजको कुनै अमुख पक्षको ।
तैपनि उनीहरूको दायित्व समाज र व्यक्तिको बीचमा सीमारेखा (म्झबचअबतष्यल) राख्नु होइन । अर्को भाषामा भन्दा उनीहरू तानाशाह चाहिँ होइनन् । सामूहिकताको लाममा समाजले व्यक्तिलाई केही हदसम्म अधीनमा राख्दछ भने केही हदमा उनीहरू स्वतन्त्र पनि हुन्छन् । व्यक्तिलाई कमजोर पार्नु उनीहरूको उद्धेश्य होइन । यदि व्यक्तिलाई कमजोर पारी जकदियो भने समाज कहिल्यै स्वतन्त्र हुनसक्दैन । एउटाले धेरैलाई अधीनमा राख्ने व्यवस्था केही समयसम्म सम्भव होला, सदाका लागि कहिल्यै हुनसक्दैन । यसरी सक्षम नेतृत्वको विकास हुनसक्दैन ।
अर्कातिर असीमित शक्तिको लालचाले मानिसलाई भ्रष्ट बनाउँछ । निर्दयीताले दबाइएको व्यक्तिगत मुक्ति पाउन सजिलो नभए तापनि सोभियत रुसको आधारभूत सिद्धान्त मानिसमा भएको शक्तिलाई उजागर गर्न बृहत् शिक्षा र संस्कृतिको भरपुर उपयोग गरिन्छ । मानिसहरूलाई तानाशाहले जस्तो सधैँ अलिकति शक्ति प्रयोग गर्दा केही हदसम्म एकतर्फी त होला तर पनि आफ्नो समग्र वृद्धि विकासमा कहिल्यै निरुत्साहित गरिन्न । सोभियत तर्कलाई पूरै नकारेको छैन । उनीहरूले बुद्धिलाई अन्धविश्वास र कुरीतिपूर्ण परम्पराबाट मुक्ति दिलाउन हरतरह प्रयास गरेका छन् ।
एउटा मानिसको सोचलाई दिशा नै परिवर्तन गरी अर्कोतर्फ मोड्न बाध्य पार्ने त्यति सजिलो छैन । यसो गर्न केही समयसम्म मात्रका लागि डर प्रभावकारी त हुन्छ । तर, मानिसको शरीरलाई बाध्य पारे पनि मनलाई बाध्य पार्न सकिंदैन । यसलाई त स्वतस्फूर्तरूपमा प्रबृद्ध तरिकाले आफ्नो स्वतन्त्रता र न्यायको ज्ञान प्रदान गर्नुपर्दछ । जसले तानाशाहीकरण गर्दछ पहिले मानिसको मनलाई मार्छ पछि यसको विरुद्धमा झन् मन मजबुत बनाई अघि बढ्छ र वास्तवमै त्यहाँबाट भाग्ने बाटो बनाउँदछ ।
केही समयमा हामी आज न्युयोर्क पुग्ने नै छौँ र नयाँ घटनाहरू सुरु हुन्छ । यसरी अनन्त भौतारिंदै गर्दा थाकिसकेको छु ।
लैसडाउन, २८ अक्टोबर १९३०
यसैबीच म कहिलेकाहीँ अन्तद्वारको स्मरण गर्दथेँ । यो यौवनको द्वार नभई अर्को बाटो जहाँबाट धर्मशास्त्रअनुसार जिन्दगीको अन्तिम स्वास उम्कन्छ । मेरो चिकित्सक कहिलेकाहीँ भन्नुहुन्छ, “नाडी र मुटुको बेमेल अवस्थाको अन्त भएको छ ।” जसलाई अवैज्ञानिक भाषामा चमत्कार भनिन्छ । मैले मृत्युदेवबाट चेतावनी पनि पाएको थिएँ । चिकित्सकले अब उप्रान्त सजग रहनैपर्छ भनेर सुझाउनुभएको छ । छोटकरीमा भन्दा म हलचलमात्र गर्दा पनि मेरो हृदयमा तीरले हानेजस्तो हुनेछ तर म आराम गरेँ भने यो तीरको निसाना चुक्नेछ । त्यही भएर म आज्ञाकारी हुँदै आधा ढल्किएर आफ्ना दिनहरू बिताउँदै छु । चिकित्सक फेरि भन्नुहुन्छ, “यदि यसै दिनहरू बिताए भने अझै दस वर्ष केही खतरा छैन ।” म ढल्केर सुतेको बेला मेरा पत्रहरूले म सुतेको अवस्थालाई नक्कल गरिरहेको हुन्छ । एक क्षणमा अलिक उठेर बस्छु ।
मैले तिमीले पठाएको नराम्रो समाचारको जानकारी पाइसकेँ । यो अवस्थामा मलाई यस्तो समाचार पढ्न डर लाग्छ । छालहरूको भू–क्षय ल्याउन सक्छ । मैले उक्त समाचारको आभास पाइसकेको थिएँ । यसको पूर्ण व्याख्या सहन गर्न मलाई कठिन पर्छ । त्यसकारण पत्र आफै नपढेर मैले अभियालाई अनुरोध गरेँ ।

सोभियत युवाहरूसँग रवीन्द्रनाथ टैंगोर, तस्वीरः स्पुटनिक इमेज मिडिया लाइबे्ररी
Leave a Reply