भर्खरै :

कोभिड–१९ को प्राकृतिक उत्परिवर्तन भएको हुनसक्दैन–अमेरिकी पूर्व गुप्तचर अधिकारी

काठमाडौँ, २५ फागुन । संरा अमेरिकी गुप्तचर विभाग सीआईएका एकजना पूर्व सैनिक गुप्तचार एवं प्रतिआतङ्कवादका विशेषज्ञले संसारभर फैलिएको प्राणघातक कोभिड–१९ भाइरस ‘जैविक युद्धको हतियार’ को रूपमा कुनै प्रयोगशालामा बनेको हुनसक्ने बताएका छन् ।
‘स्ट्राटिजिक कल्चर फाउन्डेसन’ नामको एउटा अनलाइन समाचारमाध्यममा प्रकाशित आफ्नो एक लेखमा फिलिप गिराल्डीले “उत्परिवर्तन (म्युटेसन) बाट कोरोना भाइरसको उत्पत्ति भएको हुन नसक्ने’ दाबी गरेका छन् ।
“धेरै समाचारले कोभिड–१९ भाइरसमा एचआईभी भाइरसको चरित्र देखिएको बताएको छ । प्राकृतिक कारणले यस्तो हुन सक्दैन । यो भाइरस उहानको उहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट ‘चुहिएर’ पशु तथा मानिसमा दुर्घटनावश सरेको हुनसक्छ । यो क्षेत्रमा काम गर्ने प्राविधिकहरूसँग प्रयोगशालाहरूबाट बरोबर यसरी ‘चुहिने’ गरेको अनुभव हुन्छ”, गत बिहीबार प्रकाशित आफ्नो लेखमा गिराल्डीले लेखेका छन् ।
“अर्को एउटा पनि उपेक्षा गर्न नसकिने सिद्धान्त छ । ट्रम्प सरकारले विश्व प्रतिस्पर्धीको रूपमा चीनको उदयलाई अमेरिकी राष्ट्रिय सुरक्षा र आर्थिक प्रभुत्वमाथि चुनौतीमाथि प्रत्यक्ष खतराको रूपमा लगातार उठाउँदै आएको छ । त्यसकारण पेइचिङको अर्थतन्त्र पछाडि पार्न र सैनिक शक्ति क्षीण बनाउन वाशिङ्टनले नै यो भाइरस आविष्कार गरी फैलाएको हुने सम्भावना छ । ट्रम्प सरकारले यस्तो गैरजिम्मेवार काम गरेको होला भन्ने कुरा गा¥हो छ तर विगतमा अमेरिकी व्यवहारबाट यो कुरा होइन भन्न सकिन्न”, उनले लेखमा लेखेका छन् ।
“सन् २००५–००९ मा संरा अमेरिका र इजरायलका सरकार मिलेर गोप्य रूपमा स्टुटनेट नामको कम्प्युटर भाइरसको विकास गरे । इरानी आणविक अनुसन्धान कार्यक्रमको नियन्त्रण गरिरहेका कम्प्युटरहरूको प्रणालीमा क्षति पु¥याउने मनसायले त्यो भाइरसको विकास गरिएको थियो । स्टुटनेट कुनै मानवीय क्षति त गरेन । तर, त्यो भाइरसले इरानका कम्प्युटरका अतिरिक्त चीन, जर्मनी, कजाकिस्तान र इन्डोनेसियाका कम्प्युटर प्रणालीलाई समेत प्रभावित बनाएको थियो”, उनले लेखेका छन् ।
“संरा अमेरिकाले यो भाइरस विगतमा यस्तो काम गरिने फोर्ट डेन्ट्रिक मेरील्यान्डको जैविक हतियार अनुसन्धान सेन्टरमा विकास गरिएको भए यो परियोजनामा इजरायल उसको सहकर्मी भएको कुरा निश्चित छ । कोरोना भाइरसको खोप इजरायलले बनाएकोमा सफलता पाएको दाबीले पनि यसको विकासमा इजरायली सहयोगको व्याख्या गर्छ”, गिराल्डीले लेखेका छन् ।
इजरायली वैज्ञानिकहरूले कोरोना भाइरसको खोप आगामी ९० दिनभित्र उपलब्ध हुनसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *