सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
रोम, २५ फागुन (एएफपी) । इटालीको उत्तरी क्षेत्रमा आइतबार १ करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।
इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तीमा एक महिनाका लागि आवागमनमा कडाइ गर्ने एक योजनामा हस्ताक्षर गरेको बताउनुभएको छ । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भीडभाड हुने सिनेमाघर, सङ्ग्रहालय, थिएटर सबै बन्द गर्न भनिएको छ ।
“कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततःअनुमोदन गरेको छु,” कोन्टेले भन्नुभएको छ । इटालीका अखबार कोरियर डेला सेरा र अन्य सञ्चारमाध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबर प्रकाशन गरेका छन् ।
इटालीमा कोविड–१९ कै कारण झन्डै २३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखापरेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ ।
विश्व बैङ्कका अनुसार जापानपछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ र नयाँ कोरोना भाइरसबाट वृद्ध गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।
स्थगित गर्नै नसकिने ‘गम्भीर’ कारण भएमा, अन्य जरुरी काम वा पारिवारिक मामिला भएमा बाहेक मानिसलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन, कोरियर डेला सेराले लेखेको छ ।
यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्र, पर्मा र रिमिनी सहर सामेल छन् । यसबाट इटालीको कुल ६ करोड जनसङ्ख्याको एकतिहाइलाई असर पार्नेछ ।
यी ठाउँमा सङ्ग्रहालय, रात्रिक्लव, जिमखाना र क्यासिनो बन्द गरिनेछन् । सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्ध आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ ।
यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आआफ्ना घर फर्कन दिइनेछ । बार र रेस्टुरेन्टमा ग्राहक एकअर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ ।
इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबे प्रान्तको झैँ छ । हुबेको राजधानी उहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै सहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ ।
विश्वव्यापीरूपमा, कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५०० जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।
Leave a Reply