परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
काठमाडौँ, २६ फागुन । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
दूतावासले सोमबार एक सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बाहेक भेटघाट नगर्न आग्रह गरेको हो । कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ ।
दूतावासबाट प्रवाह हुने सेवाका बारेमा जानकारी दिन परेमा नियोगमा उपस्थिति हुनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । कोरोना सङ्क्रमणका विषयमा सम्बन्धित निकायबाट थप जानकारी प्राप्त हुनासाथ सबैलाई सूचित गराइने दूतावासले जनाएको छ । कतारमा करिब चार लाखको सङ्ख्यामा नेपाली कार्यरत रहेको सरकारको तथ्याङ्ग छ ।
कतार सरकारको जनस्वास्थ्य मन्त्रालयलद्वारा प्रकाशित पछिल्लो तथ्याङ्गअनुसार तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको दूतावासले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतारले नेपाललगायत विभिन्न १४ मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई आजदेखि अस्थायी रोक लगाएको छ ।
बङ्कलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, उत्तर कोरिया, श्रीलङ्गा र थाइल्याण्डका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाइएको कतारको सरकारी सञ्चार कार्यालयले जनाएको छ ।
Leave a Reply