क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
अनुराधा थापामगर
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वका श्रमजीवी महिलाको सङ्घर्षले स्थापित विशेष दिन हो । यस दिनको सम्झनामा संसारका अधिकांश देशमा विविध गतिविधिका साथ कामदारवर्गका महिलाले आफ्नो देशको पुँजीवादी सरकारको विरोध र आफ्नो हक–अधिकार प्राप्तिका साथै अन्य देशका कामगरी खाने महिलाका पक्षमा पनि आवाज उठाउँदै आएका छन् । नेपाल क्रान्तिकारी महिला सङ्घले पनि यसरी नै यस दिनलाई मनाउँदै आएको छ ।
तर, नेपाल सरकार र अन्य राजनीतिक दल अनि तिनका महिला सङ्गगठन र अन्य सङ्घ–संस्थाले नारी दिवस या महिला दिवसको रूपमा मात्र मनाउँदै छन् । मार्च ८ केवल महिला या नारी दिवस होइन † आर्थिक, सामाजिक र राजनीतिकरूपमा महिलाको अधिकारको लडाइँ हो । सम्पूर्ण श्रमजीवी जनताको अधिकारको लडाइँ हो । त्यसो त महिला दिवसमात्र प्रचार गरेर पुँजीवादी देशहरूले मार्च ८ को ऐतिहासिक महँव र यसको उद्देश्यलाई धमिल्याउने षड्यन्त्रमा लागेको बुझ्न कठिन छैन ।
शासक दलका महिला नेतृहरू महिला मुक्तिको नाममा महिलालाई पुरुषको विरुद्धमा उभ्याउने वा लैङ्गिक असमानताका विषयमा मात्र केन्द्रित गराउने गतिविधिमा केन्द्रित छन् । यसले साँचो अर्थमा महिलाका समस्या समाधान गर्ने छैन । वर्गसङ्घर्षको एउटा महँवपूर्ण पाटो महिला मुक्ति सङ्घर्ष हो भन्ने यथार्थ छोप्ने प्रयासले महिलाका समस्या अझ बढ्नेछ ।
८ मार्चको केही ऐतिहासिक तथ्यबारे
सन् १९०९ फेब्रुअरी २८ मा अमेरिकी समाजवादी श्रमिक महिलाहरूले राजनीतिक अधिकारको लागि विशाल प्रदर्शन र सभा गरेका थिए । जसमा मुख्यतयाः मतदानको अधिकार महिलाले पाउनुपर्ने माग थियो । सन् १९१० मा कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा क्लारा जेट्किन (जर्मन कम्युनिस्ट नेतृ) ले अमेरिकी श्रमिक महिलाको सङ्घर्षलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुपर्ने प्रस्ताव राख्नुभयो । यसबाट पनि कम्युनिस्टहरू अन्तर्राष्ट्रियवादी हुन्छन् भन्ने प्रमाणित हुन्छ । त्यही सम्मेलनले नै सबै मुलुकमा हरेक वर्ष एकै दिन श्रमिक महिला दिवस मनाउने निर्णयका साथ नारा पनि तय गरेको थियो– ‘महिलालाई मतदानको अधिकारले समाजवादी सङ्घर्ष थप बलियो हुनेछ ।’
पहिलो विश्व युद्धअघि धेरै पुँजीवादी देशमा महिलालाई मतदानको अधिकार थिएन । महिलालाई उद्योगधन्दा र कलकारखानामा, ज्यासलमा श्रमिक वा नोकरको रूपमा मात्र राखिन्थ्यो । देशको अर्थतन्त्र धान्न प्रयोग गरिन्थ्यो तर मतदानको अधिकार भने थिएन । युद्धसँगै आएको भोकमरी र महँगीले सारा श्रमिक महिला र गृहिणीलाई राजनीतिक अधिकारको निम्ति र पुँजीवादी अर्थतन्त्रको विरोधमा तयार ग¥यो ।
यो अवस्था विशेषतः जर्मनी, फ्रान्स, इङ्गल्यान्ड, अस्ट्रियालगायत देशमा देखियो । जुलुस र प्रदर्शनले मात्र राजनीतिक परिवर्तन वा महँगी कम नहुने देखिएपछि राजनीतिक अधिकार प्राप्त गर्न मताधिकार पनि चाहिने निस्कर्ष निकाल्दै श्रमिक महिलालाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमार्फत समाजवादको फन्डामुनि एकताबद्ध गर्ने बाटो अगाडि बढाइयो । फलस्वरूप पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय सन् १९११ मार्च १९ को बैठकले ग¥यो ।
श्रमिक महिलाका समस्या समाधान भएनन् । घरेलु महिला हिंसाका घटना, बलात्कार, बेचविखन, दाइजो प्रथाका कारण हत्या, बोक्सी, छाउपडीलगायत अन्धविश्वासको कारण हत्या तथा शारीरिक र मानसिक यातना झनै बढ्दो छ । २ वर्षअघि मार्च ८ कै दिन कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाकी १८ वर्षीया राधा चौधरी बोक्सी आरोपमा लगातार ६–७ घण्टा कुटिइन् । यस वर्ष मार्च ८ कै दिन कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ की बेगमतिदेवी गुप्ता तेजाब (एसिड) प्रहारबाट गम्भीर घाइते भइन् । यस अवधिमा देशले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशलगायत झन्डै ४१ प्रतिशत जनप्रतिनिधि महिला पायो । तर, महिलाका समस्या समाधानतर्फ कसैको ध्यान गएन ।
त्यो दिन जर्मनीको इतिहासमा सन् १८४८ को क्रान्तिमा पर्सियाका राजाले जनताको सशस्त्र विद्रोहको अगाडि महिलालाई मतदानको अधिकार स्वीकार गरेको थियो । तर, पछि उक्त अधिकार दिइएको थिएन । सन् १९१३ देखि मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेदेखि यसले समाजवादी आन्दोलनलाई थप गतिशील बनायो । साथै, बुर्जुवावर्ग समाजवादी आन्दोलनभन्दा श्रमिक महिला आन्दोलनका कारण थप अप्ठेरोमा पर्दै गएको पाइन्छ । श्रमिक महिला दिवसले धेरै गृहस्थ र अशिक्षित महिलालाई पनि राजनीतिकरूपमा सचेत ग¥यो र समाजवादी आन्दोलन अघि बढ्यो । त्यतिबेलाका अगुवा महिलाहरूले सङ्घर्षको निमित्त पत्रपत्रिका प्रकाशन र प्रचार प्रसारलाई पनि जोड दिएका थिए ।
समाजवादी आन्दोलनमा योगदान पु¥याउने महिला नेतृहरू क्लारा जेट्किन, रोजा लक्जेम्बर्ग, जेनी माक्र्स, क्रुप्सकायालगायतको नेतृत्वदायी भूमिकाले श्रमिक महिला आन्दोलनको इतिहास बोकेको पाइन्छ ।
रसियाली नेतृ अलेक्जान्द्रा कोलोन्ताइले रुसमा समाजवादी क्रान्तिको निम्ति महँवपूर्ण भूमिका निर्वाह गरिन् । पहिलो विश्वयुद्धले ल्याएको भोकमरी, अनिकाल र चिसोले धेरै सताएपछि पेट्रोग्राडमा रुसी श्रमिक महिलाहरू बहादुरीपूर्वक जारशाहीको विरोधमा सङ्घर्षमा उत्रे । श्रमिक महिला एवम् सेनाका श्रीमती तथा परिवारले आफ्ना बच्चाहरूको लागि रोटी र आफ्ना सैनिक श्रीमान्, छोरा, दाजुभाइहरू युद्ध भूमिबाट फिर्ताको माग राखी सङ्घर्ष थालेका थिए । जारशाहीविरुद्ध महिलाहरूको सङ्घर्षले आन्दोलनमा ऊर्जा प्रदान ग¥यो । अलेक्जान्द्रा कोलान्ताइको नेतृत्वमा रसियाली श्रमिक महिलाले सर्वहारा क्रान्तिको विगुल फुक्ने साहसिक काम गरे ।
मार्च ८ मजदुर–किसान तथा शारीरिक श्रम र बौद्धिक श्रम गर्ने सर्वहाराको लागि पनि सम्झन योग्य दिन हो । सन् १९१७ को फेब्रुअरी क्रान्ति मार्च ८ को दिन रुसको पिटर्सवर्गका श्रमिक महिलाहरूको अगुवाइबाट सुरु भएको थियो । जारशाहीको विरोधमा श्रमिक महिलाहरू लामबद्ध भएर उठेका थिए ।
महिलाको पनि समान अधिकारको निम्ति श्रमिकवर्गको राज्यसत्ता एकमात्र उपाय रहेको प्रमाणको रूपमा विश्वका सम्पूर्ण श्रमिक महिलाले सन् १९१७ को सोभियत सङ्घको अक्टोबर क्रान्तिलाई लिए । क्रान्तिअघि अधिकांश महिला दासको रूपमा रहन्थे, शरीर र परिवार पाल्न शरीर नै बेच्नुपर्ने अर्थात् देहव्यापारमा लाग्न विवश हुन्थे । तर, क्रान्तिपछि महिलाको जीवनमा पनि आमूल परिवर्तन भयो । सन् १९७१ सम्ममा प्राथमिक स्कूलका कक्षाको सङ्ख्या ५ लाखबाट ५० लाख पुग्यो । बालबालिका पढाउने बन्दोबस्त पूर्णतयाः राज्यको जिम्मामा गयो । महिला घरबाहिर काम गर्न थाले । जसमा महिलाको सहभागिता निम्नानुसार रह्यो–
विद्यालयको जनशक्तिमा महिला ७५ प्रतिशत, पुस्तकालयमा (लाइब्रेरियन) ९० प्रतिशत, स्वास्थ्य क्षेत्रमा ९८ प्रतिशत र चिकित्सकहरू ७५ प्रतिशत आदि । शिशु मृत्युदरसमेत १० प्रतिशतले घटेको थियो । सारा पुँजीवादी देशको दाँजोमा महिलाको स्थितिमा भएको उत्कृष्ट उपलब्धि थियो त्यो । तर, समाजवादको अस्थायी हारपछि ७० प्रतिशत महिला बेरोजगार भए । रोजगार महिलाले पुरूष कामदारको भन्दा ४० प्रतिशत कम तलब पाए । महिला पुनः देहव्यापारमा फर्किए । आज समाजवादी देश क्युवा, प्रजग कोरिया, चीनमा पनि महिला समानता व्यवहारमा देखिन्छ ।
त्यतिबेला समाजवादी नेतृ क्लाराले भन्नुभएको थियो, “श्रमिक महिलाको राजनीतिक सहभागिताविना कहिल्यै श्रमिकवर्गको जित हुन्न । जबसम्म सामाजिक संरचनामा परिवर्तन हुन्न तबसम्म महिलाको अवस्थामा सुधार आउँदैन । समाजवादको उदयविना कामदारवर्गका महिलाको मुक्ति सम्भव छैन ।”
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्तर्राष्ट्रिय श्रमिक महिलाहरूको सङ्घर्षको प्रतिफल हो । त्यसैले यो सम्पूर्ण श्रमिकवर्गको दिवस हो । हामीले पनि यही इतिहासको स्मरण गर्दै श्रमजीवी जनतालाई हक अधिकार दिलाउन समाजवादको रातो झन्डामुनि गोलबद्ध हुन आह्वान गर्दै मनाउन आवश्यक छ । किनभने, मार्च ८ समाजवादी आन्दोलनको एक हिस्सा हो । सर्वहारावर्गका महान् नेता लेनिनले भन्नुभएको छ, “श्रमिक महिलाहरू राजनीतिकरूपले सचेत नभइकन समाजवादी आन्दोलन कहिल्यै पूरा हुन्न ।”
नेपालको सन्दर्भमा
नेपालमा प्रजातन्त्र स्थापनाको झन्डै ७० वर्ष, बहुदल पुनः स्थापनको ३० वर्ष र गणतन्त्र प्राप्तिको झण्डै १४ वर्षपछि पनि श्रमिक महिलाका समस्या समाधान भएनन् । घरेलु महिला हिंसाका घटना, बलात्कार, बेचविखन, दाइजो प्रथाका कारण हत्या, बोक्सी, छाउपडीलगायत अन्धविश्वासको कारण हत्या तथा शारीरिक र मानसिक यातना झनै बढ्दो छ । २ वर्षअघि मार्च ८ कै दिन कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाकी १८ वर्षीया राधा चौधरी बोक्सी आरोपमा लगातार ६–७ घण्टा कुटिइन् । यस वर्ष मार्च ८ कै दिन कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ की बेगमतिदेवी गुप्ता तेजाब (एसिड) प्रहारबाट गम्भीर घाइते भइन् । यस अवधिमा देशले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशलगायत झन्डै ४१ प्रतिशत जनप्रतिनिधि महिला पायो । तर, महिलाका समस्या समाधानतर्फ कसैको ध्यान गएन । पुँजीवादी व्यवस्थामा महिलाका प्रतिनिधिहरूले पनि पुँजीपतिवर्गकै सेवाको लागि आवश्यक बन्दोवस्तमा ध्यान दिन्छन् भन्ने यसबाट पनि प्रमाणित हुन्छ । यही व्यवस्था टिकाउन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मर्मविपरीत सरकार, शासक दल र तिनका महिला सङ्गठनले नारी दिवस मात्र प्रचार गरी कामदारवर्गका महिलालाई झुक्याउने दुश्प्रयासमा छन् । कामदारवर्गका महिलाको हक अधिकार समाजवादी व्यवस्थामा मात्र सम्भव छ । त्यस उद्देश्य प्राप्तिको निम्ति सङ्घर्षको एउटा सिलसिलाको रूपमा मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई मनाउनु जरुरी छ ।

(लेखक नेपाल क्रान्तिकारी महिला सङ्घको अध्यक्ष हुनुहुन्छ ।)
Leave a Reply