क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सु हैलिन
संसारभर प्राणघातक नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको बेला के तपाईँ मुखमा मास्क लगाउन जरुरी ठान्नुहुन्छ ? एसियाका अधिकांश देशका जनताबाट प्राप्त हुने यसको जवाफ स्वभावतः ‘लगाउनुपर्छ’ भन्ने हुनेछ । तर अधिकांश पश्चिमाहरू भने यसको ठीकविपरीत जवाफ आउने छ । अधिकांश पश्चिमा सरकार र संरा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मास्क लगाउन सल्लाह दिएको पाइँदैन ।
यस्तो विरोधाभास किन ?
सांस्कृतिक अन्तर नै यसको मूल कारण हुनसक्छ ।
धेरै पश्चिमाहरू पहिलेदेखि नै विरामी मानिसले मात्र मास्क लगाए पुग्छ भनी सोच्छन् । उनीहरू मास्कलाई बिरामीको पर्याय मान्छन् । तर, एसियाली देशमा मानिसहरू भने मास्कलाई दोहोरो सुरक्षाको प्रत्याभूति मान्छन् । एउटा कथा छः एकादेशमा एकजना नेत्रहीन थियो । उनी रातिको समयमा कतै हिँड्नुपर्दा लालटिन बोकेर जान्थे । एक दिन एक जना मानिसले सोध्यो, “बाजे ! तपार्इँ आँखा देख्नुहुन्न । राति लालटिन बोकेर पनि तपाईँले देख्ने केही होइन । तैपनि किन तपार्इँ लालटिन बोकेर हिँड्नुहुन्छ ?”
उसको प्रश्न सुनेर बुढो बाजे मुसुक्क हाँसे र भने, “बाबु ! मैले यो लालटिन मेरो आफ्नो लागि होइन, अरु कोही अँध्यारोमा मलाई नदेखेर मसँग नठोकियोस् भनेर बोक्ने गरेको हुँ ।” एसियालीहरू मास्कको सन्दर्भमा यस्तै धारणा राख्छन् । तर, पश्चिमाहरूको सोचाइ फरक छ । त्यसकारण उनीहरूले यस विषयमा आफ्नो धारणामा पुनःविचार गर्दै परिवर्तन गर्न जरुरी छ ।
केही पश्चिमा सरकार मानिसहरूले मास्क लगाएर हिँड्दा अनावश्यक भयको वातावरण बन्ने सोच्छन् । तर, उनीहरूले नोबल कोरोना भाइरसको गम्भीरतालाई बेवास्ता गरिरहेका छन् । उनीहरू स्वस्थ मानिसलाई मास्क लगाउन सिफारिस गर्दैनन् । तर, आज पश्चिमा देशमा पनि यो रोगको सङ्क्रमण उक्लिरहेको छ । त्यसकारण मानिसहरूलाई मास्क खरिद गर्नुपर्ने बनाएको छ ।
संरा अमेरिकाको सरुवा रोग नियन्त्रण र रोकथाम केन्द्रले कोभिड–१९ को नियन्त्रण रोकथामको लागि जारी गरेको सार्वजनिक सूचनामा ‘कोभिड–१९ लगायतका श्वासप्रश्वाससम्बन्धी रोगबाट जोगिन मुखमा मास्क लगाउन सिफारिस नगर्ने’ उल्लेख छ । सो केन्द्रको अनुसार मुखमा मास्क सङ्क्रमित मानिसले अरुलाई त्यो रोग नसरोस् भनेर लगाउने हो ।
तर, यो तर्क वास्तवमा अस्वाभाविक तर्क हो । यस्ता सल्लाहले कोभिड–१९ बाट सङ्क्रमित कति मानिसले कुनै पनि साना ठूला रोगको लक्षण नदेखाएको गम्भीर तथ्यलाई बेवास्ता गरेको छ । यसरी रोगको लक्षण नदेखिँदा सङ्क्रमितले आफू बिरामी हो भन्ने महसुस नै गर्दैन र त्यस्ता मानिसहरूबाट नै रोग व्यापक बन्ने सम्भावना छ । यस्ता सल्लाह मान्ने मानिसहरूलाई अदृश्य खतरामा पार्नसक्छ ।
आइतबारसम्ममा इटालीमा कोभिड–१९ भाइरसबाट ७ हजार ३७५ जना मानिस सङ्क्रमित भए । तर, अझै पनि मानिसहरूलाई मास्क लगाएर हिँड्न सूचना जारी गरिएको छैन । गत शनिबारसम्ममा संरा अमेरिकामा ४३४ जना सङ्क्रमित प्रमाणित भए । अर्को दिन अर्थात आइतबार यो सङ्ख्या कम्तीमा ५११ पुगेको छ । तथापि कोभिड–१९ विरुद्धको गम्भीर लडाइँमा पश्चिमा देशहरू बेवास्ता गरिरहेका छन् । त्यसकारण विश्व स्वास्थ्य सङ्गठन अहिले आत्तिएको छ ।
युरोप र संरा अमेरिकामा अहिले मास्कको अभाव भएको छ । त्यसकारण पनि पश्चिमा देशका सरकारहरूले ठूलो परिमाणमा मास्क किन्न रोक लगाएको छ । तर, सरकारको यस्तो रोकले बजारमा मास्कको अझ अभाव भएको छ ।
फ्रान्स सरकारले सबै मास्क बटुल्ने र त्यसरी जम्मा गरिएका मास्क भाइरसबाट सङ्क्रमित स्वास्थ्यकर्मी र बिरामीलाई मात्र वितरण गर्ने घोषणा गरेको छ ।
संरा अमेरिकामा अहिले झन्डै ३ करोड ‘एन–९५’ मास्क छन् । तर, त्यहाँका स्वास्थ्यकर्मीलाई पुग्दो मात्रामा वितरण गर्न उसलाई त्योभन्दा दस गुणा बढी मास्कको आवश्यकता पर्छ । नेशनल पब्लिक रेडियोको समाचारअनुसार कोभिड–१९ विरुद्ध लड्न संरा अमेरिकामा साधारण मास्कजस्ता अत्यावश्यक चिकित्सक साधनको पुग्दो उत्पादक छैन ।
स्वास्थ्यकर्मीको लागि भनी पश्चिमा सरकारले मास्क बटुल्ने कामले समाजमा अझ बढी भयको अवस्था सिर्जना गर्नेछ । संरा अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले सबै ‘एन–९५’ मास्क बटुल्ने घोषणा गरेको छ । मास्कको लागि उत्पादक कम्पनीमा पैसा बैना दिइसकेको भए पनि सरकारले सबै खारेज गरेर आफूले लिने भएको छ । ती मास्क स्वास्थ्यकर्मीलाई मार्च महिनादेखि वितरण थालिएको बताइएको छ ।
“मेरो विचारमा आपतकालमा मात्र कुनै वस्तु अभाव भए सरकारले त्यस्ता वस्तु कब्जामा लिनसक्छ”, फिनिक्सका निवासी डेभिड बेम्यानले भने ।
भाइरसको महामारी व्यापक बन्दै गएको अवस्थामा स्वस्थ मानिसले मात्र मास्क लगाउनुपर्ने कुरामा जोड दिनुले पश्चिमा सरकारलाई शीघ्रातिशीघ्र महामारी रोक्न गा¥हो बनाउनेछ ।
कोभिड–१९ विरुद्धको लडाइँमा पश्चिमा सरकार अझ बढी गम्भीर भएर लाग्नुपर्छ । यो महामारीविरुद्ध अग्रमोर्चामा बसेर लडेको चीनबाट उनीहरूले सिक्न जरुरी छ । जनताको जीवन रक्षाको लागि सम्भव सबै उपाय अवलम्बन गर्नुपर्छ ।
(लेखक ग्लोबल टाइम्सको संवाददाता हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply