भर्खरै :

साम्राज्यवादविरुद्ध निरन्तर लडिरहेको पुर्टोरिको

समा
संरा अमेरिकी औपनिवेशिक शासन कस्तो हुन्छ ? साम्राज्यवादी देश अमेरिकाले पाइला टेकेको देशले सार्वभौमिकता र स्वाधीनता कसरी गुमाउँछ ? अमेरिकी नीति कस्तो हुन्छ ? यी प्रश्नहरूको जवाफ १३ हजार ८ सय वर्ग किलोमिटरमा फैलिएको क्यारेबियाली टापु देश पुर्टोरिकोले दिन्छ । ‘एगभचतय च्ष्अय, क्ष्लमभउभलमभलअभ ष्क ल्भअभककष्तथ’ पुस्तकले पाठकलाई पुर्टोरिको र त्यहाँको स्वतन्त्रता सङ्ग्रामबारे सङ्क्षिप्त परिचय दिन्छ । विशेष गरी १९ औँ शताब्दीदेखि २१ औँ शताब्दीको पुर्टोरिकोबारे अवगत गराउँछ । पुस्तकले संरा अमेरिकी औपनिवेशिक शासनविरुद्ध उठेका स्वतन्त्रता आन्दोलनबारे जानकारी दिनुका साथै स्वतन्त्रता सेनानी एवम् पुर्टोरिकोका देशभक्तहरूसँग साक्षात्कार गराउँछ । तीमध्ये राफेल केन्सेल मिरान्डा एक हुन् । उनीसँग ‘मिलिटेन्ट’ पत्रिकाका निम्ति भेरोनिका र मार्टिन कोपेलले लिएको दुई अन्तर्वार्ता र उनको व्यक्तित्व–चर्चा पुस्तकमा दिइएको छ ।
नेपालमा संरा अमेरिकी साम्राज्यवादले चलखेल बढाइरहेको यो बेला पुर्टोरिकोले भोगेको साम्राज्यवादी अत्याचार तथा दमनको इतिहासका पृष्ठहरू पल्टाउनु सामयिक हुनेछ । यस पुस्तकले संरा अमेरिकाको प्रजातन्त्रवादी एवम् मानवतावादी मुकुन्डो उघारी विश्वसामु वास्तविकता राख्न मद्दत गर्छ । अहिलेको नेपाली राजनीतिक परिवेशमा यो पुस्तकको छलफल सान्दर्भिक तथा उपयोगी नै होला ।
अधिकांश ल्याटिन अमेरिकी र क्यारेबियाली देशमा संरा अमेरिकी अर्धऔपनिवेशिक शासन कायम छ । पुर्टोरिकोलगायत केही देशहरू परम्परादेखि पूर्ण उपनिवेशको दासतामा बाँच्न बाध्य छन् । संरा अमेरिकाले सामाजिक, राजनीतिक, आर्थिकरूपले पुर्टोरिकोलाई आफ्नो नियन्त्रणमा राखेको छ । पुर्टोरिकोमा अमेरिकी सेनाका अखडा छन्, त्यहाँका जनता सेनाको नियन्त्रणमा कठोर जीवन बाँच्छन् ।
पानामा नहर विश्वको अर्थराजनीतिक महँव बोकेको ठाउँ थियो । पानामा नहर कब्जा गर्ने स्वार्थका लागि अमेरिकाले पुर्टोरिको र त्यहाँका जनता प्रयोग गरेका थिए । आफ्नो अनुकूल ठाउँ र क्षेत्रहरूमा आक्रमणको नीति अमेरिकाले लिएको थियो । क्युवाको ग्वान्टानामोमाथिको कब्जा त्यसैको सिलसिला थियो ।
पुर्टोरिकोका सञ्चारमाध्यममा अमेरिकाको नियन्त्रण छ । विद्यालयमा तिनले नै पञ्जा गाडेका छन् । साना बालबालिकाहरूको हुर्काइमा पनि तिनकै नियन्त्रण छ । के गर्ने, के नगर्ने ? कसलाई घृणा गर्ने, कसलाई घृणा नगर्ने ? तिनले नै सिकाउँछन् । हुँदा – हँुदा पुर्टोरिकाली हुनुमा घृणा गर्न पनि तिनले नै बाध्य पार्छन् ।
पुर्टोरिकोका जनतालाई सानै उमेरदेखि संरा अमेरिकाको झन्डा बोक्न लगाइन्छ । युवालाई सबैखाले युद्धको मोहोडा बनाइन्छ । भियतनाम यद्धमा भियतनामी दाजुभाइविरुद्ध पुर्टोरिकाली जनतालाई उभ्याइयो । पुर्टोरिकाली जनता अमेरिकी सेनाभन्दा बढी थिए । कोरिया युद्धमा पनि त्यही दोहोरियो । सन् १९८९ को पानामा आक्रमणमा पानामेलीहरूसँग भिड्न पनि पुर्टोरिकाली जनतालाई नै पठाइयो ।
इराक युद्ध अगाडिसम्म सद्दाम हुसेन को हुन् पुर्टोरिकाली जनतालाई थाहा थिएन । एक हप्ताभित्रमा सद्दाम हुसेनलाई राक्षसको रूपमा उभ्याइयो र चरम घृणा गर्न लगाइयो । बोस्निया युद्धको कथा पनि उस्तै हो । यसरी संरा अमेरिकाले पुर्टोरिकोलाई साम्राज्यवादी युद्धको निम्ति सेना तयार गर्ने कारखाना बनायो । संरा अमेरिकी साम्राज्यवादले पुर्टोरिकी जनताको शरीर, मस्तिष्क र जीवन नै कब्जा गरिरहेको प्रस्ट छ ।
उपनिवेशवादविरुद्ध निरन्तर लडिरहने मिरान्डा भन्छन् — “उपनिवेशवादको वास्तविकताले सबैभन्दा बढी मेरो देशका युवा पुस्ता प्रताडित छन् । त्यसकारण देशको स्वतन्त्रता हाम्रो आदर्श र गौरवको मात्र विषय होइन । यो हाम्रो आवश्यकता हो ।”
पुर्टोरिकोको अर्थतन्त्र वालस्ट्रिटको कब्जामा छ । भन्सार, वित्तीय क्षेत्र, वैदेशिक र घरेलु व्यापारलगायत उत्पादनमा अमेरिकी नियन्त्रण छ । त्यतिमात्र होइन कारखानाका मजदुरमाथि पनि तिनकै नियन्त्रण कायम छ ।
पुर्टोरिकोमा अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफको कारण वैदेशिक ऋण र मुद्रास्फितिको समस्या निम्तियो । त्यसमाथि अस्पताल, विद्यालय, टेलिफोनलगायतका सामाजिक वस्तुहरूको निजीकरणले थप बेरोजगारी बढायो । अर्थतन्त्र पूर्णतः वालस्ट्रिट निर्भर बनाइयो ।
सबैभन्दा पीडाको विषय त पुर्टोरिकाली जनतासँग स्वतन्त्र देश छैन, आत्मस्वाभिमानसहितको जीवन के हो तिनलाई थाहा छैन । स्वतन्त्रता नभएको देशमा प्रजातन्त्र कसरी हुन्छ ? आश्चर्यको कुरा त के हो भने पुर्टोरिकोमा चुनाव हुन्छ । प्रजातन्त्रको नाटक मञ्चन गरिन्छ । स्वतन्त्र मतदानको अधिकार हनन भएको पुर्टोरिकोमा अमेरिकी डलर, सेना, प्रचारमाध्यम र नियन्त्रणमा चुनाव गराइन्छ । उम्मेदवारहरू संरा अमेरिकाकै खल्तिबाट उभ्याइन्छ । मिरान्डा भन्छन् — “उपनिवेश र दमनको अगाडि विचार र विवेकको कुनै अर्थ रहन्न ।” मानिसमा औपनिवेशिक मानसिकतालाई मिरान्डा मादकपदार्थको लतसँग तुलना गर्छन् । बरु त्यो लत छुटाउन सकिन्छ तर औपनिवेशिक मानसिकता हटाउन मुस्किल हुन्छ भन्छन् ।
अमेरिकी शासकहरू पुर्टोरिकाली जनतालाई दबिएर बस्ने जाति, शासित भएर बस्न मनपराउने कमजोर प्राणीका रूपमा हेला र अपमान गर्छन् । तर, आपूmलाई आवश्यक भए साहसी लडाकु भन्दै युद्ध मैदानमा पठाउँछन् । साँचो अर्थमा पुर्टोरिकाली जनतालाई मानिसको दर्जासमेत दिइन्न, त्यति निर्मम हुन्छन् साम्राज्यवादीहरू । आज संरा अमेरिकाको निमित्त लडिरहेका पुर्टोरिकाली जनताले एकदिन संरा अमेरिकी साम्राज्यवादविरुद्ध लड्ने विश्वास पुस्तकमा व्यक्त गरिएकोे छ ।
सानै उमेरदेखि देशको झन्डा र देशका मानिसलाई प्रेम गर्न सिकेका मिरान्डाले आफ्नो जीवनको ऊर्जाशील समय संरा अमेरिकाको जेलमा बिताए । पाँच देशभक्त पुर्टोरिकाली युवाले संरा अमेरिकी उपनिवेशविरुद्ध वासिङ्गटन डिसी र प्रतिनिधिसभा भवन अगाडि प्रदर्शन गर्दा सन् १९५४ मा उनीहरू समातिए । सन् १९७९ मा अर्थात् २५ वर्षपछि जेलबाट छुटे । जेलभित्र पनि सङ्घर्ष जारी राखे । संरा अमेरिकाविरुद्ध नउभिने सर्तमा जेलबाट रिहा गर्ने प्रस्ताव नआएको होइन तर देशभक्त मिरान्डाहरूलाई आत्मसमर्पण मञ्जुर थिएन ।
मिरान्डाले सानैदेखि संरा अमेरिकाको अत्याचार देखेभोगेका थिए । सन् १९३७ मार्च २१ मा पुर्टोरिको राष्ट्रिय पार्टीले आयोजना गरेको विशाल ¥यालीमा संरा अमेरिकी सेनाको निर्मम दमन र नरसंहार उनले भुलेका छैनन् । आफ्ना बुवा—आमासमेत सहभागी उक्त ¥यालीमाथिको अमानवीय आक्रमणमा २१ जनाको ज्यान गयो भने सयौँ घाइते बने । पुस्तकले घटनाको शब्दचित्र प्रस्तुत गर्छ । मिरान्डा विगत सम्झन्छन् — “मेरी आमा सेतो कपडामा गएकी थिइन् । रगतको रातो रङ्गमा लत्पतिएर रगताम्य भई फर्किन् ।”
मातृभूमिको स्वतन्त्रताको निम्ति समर्पित मिरान्डा सम्पूर्ण न्यायप्रेमी जनताको मनमा बस्न सफल भए । उनी भन्छन् — “संरा अमेरिकासँग डलर, हातहतियार र सेना छ भने हामीसँग जनताको साथ, समर्थन र भावनात्मक शक्ति छ । साम्राज्यवादको विरोधमा हामी अन्तिम दमसम्म लड्छौँ ।”
संरा अमेरिकाविरुद्ध लड््््््न पुर्टोरिकालीको निम्ति क्युवा ऊर्जाको स्रोत बन्दै छ । ल्याटिन अमेरिकामा क्युवा मात्रै त्यस्तो देश हो जसलाई संरा अमेरिकाले आफूखुशी छुन सक्दैन । क्युवा पुर्टोरिकाली जनताको लागि ठूलो भरोसा बन्दै छ । ५०÷६० वर्षको लामो आर्थिक नाकाबन्दी सामना गर्दै क्युवा र क्युवाली जनता गौरव र आत्मसम्मानको जीवन बाँच्दै छन् । क्युवाली जनता सबैभन्दा मानवीय र सहयोगी छन् । त्यसको ठिक उल्टो संरा अमेरिकी साम्राज्यवाद मानवताको हत्या गर्छ । मिरान्डा क्युवाको समाजवादी व्यवस्थाबाट ज्यादै प्रभावित नेता हुन् । समाजवादी व्यवस्था नै मानव जातिको निम्ति सर्वोत्कृष्ट व्यवस्था हो भन्नेमा उनी विश्वास गर्छन् । समाजवादी व्यवस्थासँग साम्राज्यवादलाई परास्त पार्ने सामथ्र्य हुन्छ ।
पुर्टोरिकाली जनताको लागि पहिलो आवश्यकता आप्mनो देश हो । आफ्नो घरमाथि पराईले कब्जा गरिरहेको बेला घर कसरी चलाउने भन्दा पनि घरको अस्तित्व जोगाउनुु महँवपूर्ण हुन्छ । त्यसरी नै पुर्टोरिकालीहरूको निम्ति पहिलो आवश्यकता देशको स्वतन्त्रता हो । त्यसपछि सदासदाको लागि साम्राज्यवादी पन्जाबाट मुक्ति पाउनु र पुर्टोरिकाली जनतालाई आफ्नै देशको मालिक बनाउन समाजवादी व्यवस्थाको स्थापना गर्नु दीर्घकालीन उद्देश्य हो ।
स्वतन्त्रताप्रेमी नेता मिरान्डा साम्राज्यवादविरुद्ध निरन्तर लड्नुको विकल्प नभएको बताउँछन् । स्वतन्त्रताको आवश्यकताबोध गराउँदै साम्राज्यवादविरुद्ध सङ्घर्षको निम्ति उत्प्रेरित गर्ने यस पुस्तक अत्यन्त पठनीय हुनुका साथै सङ्ग्रहणीयसमेत छ । पुर्टोरिकोको हकमा जसरी संरा अमेरिकाले दमन गर्दै छ त्यसरी नै नेपालमा भारत त्यो भूमिकामा रहेको जगजाहेर छ । त्यसैले पुर्टोरिकोको साम्राज्यवादविरोधी तथा उपनिवेशवादविरोधी सङ्घर्षको अनुभवबाट नेपाली जनताले समेत शिक्षा ग्रहण गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *