कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नीरज
केदारभक्त माथेमाको बैठक कक्षमा पस्दा चारै भित्तामा झुन्ड्याइएका चित्रकलाले जो कोहीलाई आकर्षित गर्छ । बैठक कोठा त्यत्ति ठूलो होइन । तर, झन्डै भित्ता ढाक्ने ती चित्रकलाले कोठालाई भव्य बनाएको छ । काठमाडौँको टुँडिखेल म्हासेर बसपार्क बनाउने महानगरपालिकाको योजनाका प्रखर विरोधी माथेमाको घरअगाडि सानो चौर छ । दुबोले हरियो चौरलाई स–साना विभिन्न आकृतिले अझ सुन्दर बनाएको छ ।“मेरो त घरअघि सानो ठाउँ छ । पछाडि पनि बगैंचा छ । घाम ताप्नु परे त्यहाँ बस्छु । काठमाडौँमा मानिसका त्यस्ता धेरै घर छन्, जुन घरमा मुस्किलले घाम छिर्छ । ती मानिसहरू टुँडिखेलमा आएर घाम ताप्छन् । टुँडिखेल नभएपछि उनीहरू कहाँ गएर घाम ताप्लान्”, सहर र घरमै पनि सानोतिनो खुला ठाउँको आवश्यकता दर्साउँदै माथेमाले भन्नुभयो ।
मङ्गलबार बिहान माथेमा सरको सानेपास्थित घरको दैलोमा पुग्दा बाहिर मानिसहरू होली खेल्ने सुरसार कस्दै थिए । चिटिक्क परेका कौचमा उहाँका अथक विचारको प्रवाह सुनेर बाहिर निस्कँदा तीन घण्टा बितिसकेको थियो । मानिसलाई समय बितेको हेक्का नै गुम हुनेगरी विचारको प्रवाहमा बगाउन सक्ने यो क्षमता पनि अद्भूत नै होइन !
“धुलिखेल अस्पताल बन्ने, वीर अस्पताल झन् झन् बिग्रने ! ख्वप कलेज बन्ने अनि सरकारका अन्य क्याम्पस बिग्रने, किन ? यसो विचार गर्छु । धुलिखेलसँग भएको वीरसँग नभएको कुरा के हो ? अपनत्व । अपनत्व लिने मान्छे र निकाय भएर नै त ती संस्था बने अनि सरकारी संस्थाहरू बिग्रे”, उहाँले भन्नुभयो ।
“पञ्चायतले सबै क्याम्पस र विद्यालयलाई सरकारकै मातहत ल्यायो । शिक्षकहरूलाई पनि सरकारले नै तलब दिने बन्दोबस्त मिलायो । त्यो एउटा लोककल्याणकारी राज्यले गर्ने काम थियो । तर, त्यसले एउटा नराम्रो कुरा पनि छोडेर गयो । ती विद्यालय र कलेजमा अपनत्व पनि क्रमशः हराउँदै गयो । बाटोमा एउटा कुर्सी उल्टाएर राखेको छ भने त्यसलाई त्यहाँबाट निकालेर सुरक्षित स्थानमा राख्ने मान्छे पनि भएन ।”, माथेमा सर भन्नुहुन्छ ।
तीन घण्टाको बसाईमा धेरै विषयमा कुराकानी भए । सर कहिले आफ्नो जीवनमा पुग्नुहुन्थ्यो, कहिले आफू संलग्न विभिन्न अभियानका कुरा गर्नुहुन्थ्यो, कहिले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुहुन्थ्यो । कहिले आक्रोश पोख्नुहुन्थ्यो । तर, कुराले जस्तोसुकै बान्की लिए पनि केन्द्र भने शिक्षा क्षेत्र नै बनिरह्यो । यो पटक माथेमा सरले जोड दिनुभएको विषय थियो–सार्वजनिक निकायमा अपनत्वको अभाव । “धुलिखेल अस्पताल बन्ने, वीर अस्पताल झन् झन् बिग्रने ! ख्वप कलेज बन्ने अनि सरकारका अन्य क्याम्पस बिग्रने, किन ? यसो विचार गर्छु । धुलिखेलसँग भएको वीरसँग नभएको कुरा के हो ? अपनत्व । अपनत्व लिने मान्छे र निकाय भएर नै त ती संस्था बने अनि सरकारी संस्थाहरू बिग्रे”, उहाँले भन्नुभयो ।
“पञ्चायतले सबै क्याम्पस र विद्यालयलाई सरकारकै मातहत ल्यायो । शिक्षकहरूलाई पनि सरकारले नै तलब दिने बन्दोबस्त मिलायो । त्यो एउटा लोककल्याणकारी राज्यले गर्ने काम थियो । तर, त्यसले एउटा नराम्रो कुरा पनि छोडेर गयो । ती विद्यालय र कलेजमा अपनत्व पनि क्रमशः हराउँदै गयो । बाटोमा एउटा कुर्सी उल्टाएर राखेको छ भने त्यसलाई त्यहाँबाट निकालेर सुरक्षित स्थानमा राख्ने मान्छे पनि भएन ।”, माथेमा सर भन्नुहुन्छ ।
यस्ता सामुदायिक संस्थालाई गुठी प्रणालीमा लान उपयुक्त हुने उहाँको भनाइ थियो । “कुनै निजी कलेज वा विद्यालय स्थापना गरे त्यसमा लगानीकर्ताको अपनत्व हुन्छ किनभने त्यसबाट पैसा कमाइन्छ । गुठी प्रणालीअन्तर्गत सार्वजनिक संस्थाहरूलाई लगे तिनलाई पनि पैसा कमाउन दिने । तर, त्यो पैसा कुनै व्यक्तिको गोजीमा होइन, संस्थाकै विकासको लागि लगाउन दिने । निजी क्षेत्रले नाफा आफ्नो खल्तीमा राख्छ, त्यस्ता संस्थाले संस्थाकै विकासको लागि लगानी गर्छ”, उहाँले भन्नुभयो ।
हवार्ड विश्वविद्यालयले पनि अफ्रिकाको सुन खानीमा लगानी गरेको थियो । पछि स्वतन्त्रता आन्दोलनहरू हुन थालेपछि बिस्तारै त्यहाँबाट हात झिक्यो । हवार्ड विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीले विश्वविद्यालयको पैसा यसरी विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ र त्यही पैसाले विश्वविद्यालयको अवस्था सुधार्ने गर्छ । बोर्ड अफ ट्रस्टी भनेको गुठी जस्तै त हो”, माथेमाले भन्नुभयो ।
माथेमाले नेपालको मेडिकल शिक्षाको विषयमा आफ्नो नेतृत्वको कार्यदलले गरेको अध्ययनको अनुभव सुनाउँदै नेपालका अब इन्जिनियरिङ, कानुन र व्यवस्थापन शिक्षासम्बन्धी पनि त्यस्तै अध्ययन हुनुुपर्ने बताउनुभयो । उहाँले त्यस विषयमा विश्वविद्यालय अनुदान आयोगको उपाध्यक्षलाई सल्लाह दिइसकेको तथापि कुनै काम भइनसकेको बताउनुभयो । मेडिकल शिक्षामा भएका विकृतिबारे माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदनमा सो क्षेत्रका धेरै लुकेका पाटा उजागर गर्नुका साथै सुधारको लागि चालिनुपर्ने कदमबारे पनि प्रकाश पारिएको छ । मेडिकल क्षेत्रजत्तिकै विकृतिपूर्ण छन् – नेपालका कानुन, व्यवस्थापन र इन्जिनियरिङ शिक्षा ।
“कानुन कलेजमा पढाउने शिक्षकहरूको लागि कलेजमा पढाउने काम त ‘पार्ट टाइम जब’ मात्र हो । मुख्य काम त सर्वोच्च अदालतमा वकालत गर्नु हो । अनि कलेजमा कसरी अनुसन्धान कार्य हुनसक्छ”, माथेमाले भन्नुभयो ।
उहाँले प्राज्ञिक तहमा गरिनुपर्ने काम समेत मन्त्रीमण्डलको बैठकबाट गर्ने परिपाटीको कडा विरोध गर्नुभयो । कुन विषयलाई कसरी व्यवस्थित र उत्तम बनाउन सकिने कुरा प्राज्ञिक क्षेत्रको काम हो । त्यसमा मन्त्रीमण्डलले हात हाल्नु कदापि उचित हुन सक्दैन ।
कार्यान्वयनमा नआएको प्रतिवेदन
विश्व बैङ्कको आम्दानीयुक्त जागिर छोडेर माथेमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति बन्नुभयो । विश्वविद्यालय कस्तो हुनुपर्छ भन्ने विषयमा उहाँसँग प्रस्ट सोचाइ थियो । त्रिविलाई पनि त्यस्तै वा त्यस्तो बन्दै गरेको विश्वविद्यालय बनाउने उहाँको ठूलो सपना । विश्वविद्यालयलाई त्यो उचाइमा लानु त्यत्ति सहज काम थिएन । तथापि बलियो इच्छाशक्तिका धनी माथेमा कसिनुभयो ।
विसं २०५२ सालमा त्रिभुवन विश्वविद्यालयलाई वास्तवमै एउटा उत्तम विश्वविद्यालय बनाउन एउटा अध्ययन गराउनुभयो र त्यसको प्रतिवेदन पनि सार्वजनिक भयो–२०५२ सालको साउनमा । अस्ट्रेलियाको इगनटन मेकडोनाल्ड प्रात्ेट लिमिटेड कार्लटन, भिक्टोरिया ३०५३ नामको कन्स्लटेन्सी र नेपालका आर्किटेक्ट कोलाबे्रट तथा मल्टी डिसिप्लिनेरी कन्सल्टेन्सीले सो अध्ययन गरेको थियो । त्यसको प्रोजेक्ट म्यानेजर थिए–स्वयम्भु डी तुलाधार । उनीसहित १८ जना इन्जिनियर र आर्किटेक्ट मिलेर त्यो प्रतिवेदन तयार गरिएको थियो ।

त्रिविको मास्टर प्लान
Leave a Reply