भर्खरै :

सूर्यबिनायक नगरपालिकाका उपप्रमुख उम्मेदवार महेन्द्र बखुन्छेंः जनताका युवा उम्मेदवार

नेपाल मजदुर किसान पार्टीका एक युवा नेता कामरेड महेन्द्र बखुन्छे सूर्यविनायक नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार हुनुभएको छ ।
उहाँको जन्म भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे शुशिला भैरव मन्दिर स्थानमा पिता रणबहादुर बखुन्छे र माता तीर्थमाया बखुन्छेको कोखबाट माहिलो छोरा रूपमा २०३१ चैत्र १२ गते भएको हो ।
२०४६ सालको ऐतिहासिक प्रजातान्त्रिक जनआन्दोलनदेखि उहाँ राजनीतिमा लाग्नुभएको हो । विद्यार्थी जीवनदेखि नै नेपाल मजदुर किसान पार्टीको राजनीतिमा क्रियाशील कामरेड बखुन्छे नेपाल क्रान्तिकारी विद्यार्थी संघको तत्कालीन गाउँ एकाइ समितिको सदस्य, कोषाध्यक्ष, अध्यक्ष हुँदै भक्तपुर जिल्ला समितिको सदस्य भएर सक्रिय हुनुभयो ।
नेपाल क्रान्तिकारी युवा संघ र नेमकिपाको कटुञ्जे गाउँ समितिको सदस्य, कोषाध्यक्ष र अध्यक्ष पदमा रही देश र जनताको सेवामा सक्रिय हुनुभयो । नेमकिपा सूर्यविनायक नगर समितिको सचिव कामरेड बखुन्छे देश र जनताको हितमा भएका हरेक आन्दोलनमा सक्रिय हुनुहुन्छ । कामरेड बखुन्छे पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी युवा संघको भक्तपुर जिल्ला समिति अध्यक्ष, केन्द्रीय सदस्य हुँदै हाल केन्द्रीय कोषाध्यक्ष भई देशका विभिन्न जिल्लामा पुगेर कामदार वर्गको हितमा सङ्घर्ष गर्दै हुनुहुन्छ । नेक्रायुसंघ भक्तपुर जिल्ला समितिको नेतृत्वसमेत गर्नुभएका कामरेड बखुन्छे जनआन्दोलनमा सहभागी हुँदा उहाँ पटक–पटक प्रहरी हिरासतमा पर्नुभएको थियो ।
महेन्द्र बखुन्छे सामाजिक विकासमा पनि परिचित नाम हो । उहाँ विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व र विकास निर्माणमा समेत सक्रिय हुनुहुन्छ । समाजसेवामा निरन्तर लागिरहने जनताका कार्यकर्ता कामरेड बखुन्छे कटुञ्जे सामुदायिक अध्ययन केन्द्र (सीएलसी) को अध्यक्ष, श्री दर्शनढुङ्गा क्लबको कार्यवाहक अध्यक्ष, समाजसुधार ऋण तथा बचत सहकारी संस्था लि.को अध्यक्ष, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सञ्चालक सदस्य, अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिको सदस्य पनि हुनुहुन्छ ।
साविक कटुञ्जे गाविसलाई साक्षर बनाउन, महिला उत्थानको निम्ति स्वरोजगार तालिम सञ्चालन गर्न तथा खेलकुदको विकासको निम्ति विविध गतिविधि सञ्चालनमा उहाँले टोल सुधार समिति र विभिन्न संस्था र समुदायको नेतृत्व गर्नुभएको छ । उहाँले सामुदायिक भवन, बाटो तथा सडक आदिको निर्माणमा उपभोक्ता समितिको अध्यक्ष र सचिव भई विकास निर्माणमा ठूलो योगदान पु¥याउनुभएको छ । जनतालाई कुनै समस्या आइपर्दा समाधानको निम्ति तुरुन्तै लागिपर्ने कामरेड बखुन्छे खानेपानी आपूर्ति र सरसफाइ क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।
युवा उम्मेदवार कामरेड बखुन्छे नेमकिपाको अनुशासनमा हुर्कनुभएका सरल स्वभाव, स्पष्ट वक्ता, निर्भिक, योग्य र कर्मठ उम्मेदवार हुनुहुन्छ । देश र जनताको हितका निम्ति वैदेशिक हस्तक्षेपविरुद्ध जनचेतना व्यापक बनाउन सक्रिय युवा नेतामध्ये एक हुनुहुन्छ । विकास र परिवर्तनका संवाहक, इमानदार, कर्तव्यनिष्ठ उम्मेदवार कामरेड बखुन्छेलाई सूर्यविनायक नगरपालिकाको उपप्रमुख पदमा अत्यधिक बहुमतले विजयी गराउन मादल चिन्हमा छाप लगाउन हार्दिक अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *