निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २४ वैशाख । काठमाडौं उपत्यकाका विभिन्न नगरहरूमा शासक पार्टीका नेता–कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता मिच्दै चुनाव प्रचारप्रसार गरेको पाइएको छ ।
सरकारमा रहेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, राप्रपा र प्रमुख प्रतिपक्ष दल एमालेका उम्मेदवार र कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता मिच्दै चुनाव प्रचार गरिरहेका छन् । ती दलहरूले आचारसंहिता विपरीत प्रचारका लागि धेरै सङ्ख्यामा मोटरसाइकल ¥याली निकालिरहेका छन् ।
निर्वाचन आचारसंहिता, २०७२का परिच्छेद, २ दफा ५ को ‘क’ को १३ मा ‘निर्वाचन प्रचारप्रसारका क्रममा मोटर, मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने, साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने’ उल्लेख रहेको छ ।
ती दलहरूले आचारसंहिता विपरीत मोटरमा साउण्ड सिस्टम तथा लाउड स्पिकर राखेर निर्वाचन चिन्हमा छाप लगाइ विजयी गराऔं’ भनी प्रचारप्रसार गरिहेका छन् ।
निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को ‘क’ कै १२ मा आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने’ भन्ने उल्लेख छ ।
सोही दफाको ‘क’ १० नं. मा ‘जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने’ उल्लेख छ तर शासक दलका उम्मेदवार र नेता–कार्यकर्ताहरूले त्यसलाई वास्ता गरेको पाइएन ।
सोही दफाको ‘क’ को ४ नं. मा उल्लेखित ‘उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिट ह ५ फिटभन्दा ठूलो आकारको व्यानर वा झण्डा प्रयोग गर्न वा गराउन नहुने’ र ५ नंं मा ‘उम्मेदवारले अधिकारप्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ ह ३ फिटभन्दा ठूलो आकारको पोष्टर प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । तर, ठूला पार्टीका प्रचार सवारी र ठाउँ ठाउँमा आचारसंहिता विपरीतका ठूलठूला व्यानर र पोष्टरको प्रयोग भइरहेका छन् । त्यस्तै रुख, सूर्य, गोलाकारभित्र हँसिया हथौडा र गाई चुनाव चिन्हअङ्कित टी–शर्ट बजार र गाउँमा छ्याप््छ्याप्ती देखिन थालेका छन् । के यो आचारसंहिताको उल्लङ्घन होइन र ? आचारसंहित पालना गर्ने कर्तव्य उम्मेदवार र राजनीतिक दलहरूको हो भने त्यसलाई लागू गराउने र उल्लङ्घन गरेमा कारबाही गर्ने दायित्व निर्वाचन आयोग र त्यसका प्रतिनिधि अधिकारीहरूको हो । आचारसंहिता उल्लङ्घनका बारेमा प्रमाणसहित उजुरी गरेपछिमात्र कारबाहीको प्रक्रिया सुरु गर्ने भन्ने निर्वाचन आयोग र प्रमुख निर्वाचन अधिकृतहरूको भनाइले पनि आचारसंहिता उल्लङ्घन गर्नेहरूको मनोबल बढ्दै गएको हो ।
Leave a Reply